Thursday 19th of July | २०७५ श्रावण ३ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तीन राप्रपाले तीन चित खाए !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २७ बुधबार |
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, २७ मंसिर । २०४७ साल जेठ १५ गते जुम्ल्याह जन्मेको राप्रपा समय क्रममा टुक्रिदै, जोडिदै र टुक्रिदै यतिबेला तीन चिरा परेको छ । तिनै चिरा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा होमिए, तीनै राप्रपा तीन चित हुनपुगे ।

राप्रपा नेपाल, राप्रपा प्रजातान्त्रिक र राप्रपा राष्ट्रवादी अथवा कमल थापा, पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनीको जुँगोका लडाईमा तीनै पार्टी धुलिसात हुनपुगेका छन् ।

एमालेका केपी ओलीले कृष्णप्रसाद सिटौलाको धतुरो झार्न झापामा राप्रपा नेपालका उमेदवार राजेन्द्र लिङ्देनलाई समर्थन गरिदिए, कार्यकर्ताको भोट हालिदिएर जिताइ दिँदा राजेन्द्रलाई राप्रपा भनिए पनि एमालेकै गुण तिर्दैमा उनको ५ वर्ष जाने पक्का छ ।

२६ वर्षको राप्रपाको बहुदलीय अभ्यासमा फूटस्टप लाग्यो भन्दा हुन्छ । यिनीहरु मिलेको भए, राजतन्त्र र हिन्दुराष्ट्रका लागि खुलेर पूरा दमखमका साथ अग्रसर भएको भए राप्रपाको यस्तो कन्तविजोग देख्नुपर्ने थिएन ।

देशको नसनाडी छामेर ३० वर्ष शासन गरेका पञ्चहरुको साख समाप्त भयो, हिन्दुवादलाई समेत संकटमा धकेलिदिए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan