Thursday 26th of April | २०७५ बैशाख १३ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एनसीसीसहित यी पाँच संस्थाको झण्डै चार अर्बको हकप्रद पाइपलाइनमा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २९ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २९ मंसिर  । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) सहित पाँच संस्थाको झण्डै चार अर्ब रुपैयाँबराबरको हकप्रद सेयर पाइपलाइनमा रहेको छ । एनसीसी बैैंकले यही मंंसिर २० गते दुुई अर्ब ३३ करोड ९५ लाख २९ हजार एक सय रुपैयाँबराबरको हकप्रद सेयर निष्काशनको लागि आवेदन दिएको छ ।


बैंकले हाल कायम रहेको चुक्ता पुँजीको दुुईबराबर एकको अनुुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको दुुई करोड ३३ लाख ९५ हजार दुुई सय ९१ कित्ता हकप्रद सेयर निष्काशनका लागि आवेदन दिएको हो । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।


यसैगरी मञ्जुुश्री फाइनान्सले पनि हाल कायम रहेको चुक्ता पुँजीको एक सयबराबर पाँचको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी तीन करोड ६२ लाख १९ हजार रुपैयाँबराबरको तीन लाख ६२ हजार एक सय ९० कित्ता हकप्रद सेयरको लागि आवेदन दिएको छ । फाइनान्सको सेयर बिक्री प्रबन्धकमा एस क्यापिटल लिमिटेड रहेको छ ।

देव विकास बैंकले पनि १० बराबर चारको अनुुपातमा ६५ करोड ३३ लाख १० हजार आठ सय ५९ रुपैयाँबराबरको हकप्रद सेयरको लागि आवेदन दिएको छ । बैंकले हाल कायम रहेको चुक्ता पुँजीको १० बराबर चारको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ६५ लाख ३३ हजार एक सय आठ दशमलव ५९ कित्ता हकप्रदको लागि आवेदन दिएको हो । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल लिमिटेड रहेको छ ।


फष्र्ट माइक्रोफाइनान्सले पनि २२ करोड ८१ लाख ३१ हजार तीन सय रुपैयाँबराबरको हकप्रद सेयरको लागि आवेदन दिएको छ । बैंकले हाल कायम रहेको चुक्ता पुँजीको दुुईबराबर एकको अनुुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी २२ लाख ८१ हजार तीन सय १३ कित्ता साधारण सेयरको लागि आवेदन दिएको हो ।

बैंकको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । यसबाहेक नेको इन्स्योरेन्स कम्पनीले पनि ३९ करोड २० लाख ९२ हजार आठ सय ११ रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशनको लागि आवेदन दिएको छ ,आर्थिक दैनिकमा खबर छ ।

कम्पनीले बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहने गरी एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी दुुईबराबरको एकको अनुुपातमा ३९ लाख २० हजार नौ सय २८ कित्ता हकप्रद सेयर निष्काशन गर्न आवेदन दिएको हो ।  


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan