Saturday 21st of July | २०७५ श्रावण ५ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

काँग्रेसले कुशल प्रतिपक्षको भूमिका निर्वाह गर्ने - महामन्त्री कोइराला

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २९ शुक्रबार |
newsabhiyan
newsabhiyan

नवलपरासी, २९ मंसिर (रासस) ः नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले अब नेपाली काँग्रेसले कुशल प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

बर्दघाट सुस्ता पूर्व नवलपरासी निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी डा कोइरालाले आज आफ्नो निर्वाचन क्षेत्रमा मतदातालाई धन्यवाद व्यक्त गर्दै यस्तो विचार राख्नुभएको हो ।

नेपाली काँग्रेस समृद्ध राष्ट्रको पक्षमा रहेको र काँग्रेसले प्रतिपक्षमा बसेर सकारात्मक भूमिका खेल्ने कोइरालाले उल्लेख गर्नुभयो ।

सिटमा तलमाथि भए पनि विचार र सिद्धान्तमा नेपाली काँग्रेस नम्बर वान पार्टी भएको उहाँले दाबी गर्नुभयो । देशभर काँग्रेसका शुभेच्छुक बढिरहेको समानुपातिक मतगणनाले पुष्टि गरेको कोइरालाको भनाइ रहेको छ ।

प्रतिनिधिसभा सदस्य डा शशांक कोइरालाले विगतमा नवलपुर क्षेत्रमा आफ्नो उपस्थिति कम भएको स्वीकार गर्दै अब समयसमयमा जनताका माझ आइरहने प्रबिद्धता व्यक्त गर्नुभयो ।

यस्तै नवलपरासी (बर्दघाट सुस्ता) पूर्व १ (क) का प्रदेशसभा सदस्य कृष्णचन्द्र नेपाली पोखरेलले समृद्ध नवलपुरका लागि जनताले गरेको मतदान खेर जान नदिने भन्दै आम मतदाताई धन्यवाद ज्ञापन गर्नुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan