Thursday 18th of October | २०७५ कार्तिक १ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नयाँ नियुक्तिप्रति आपत्ति

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २९ शुक्रबार |
newsabhiyan

काठमाडौँ, २९ मंसिर (रासस) ः निर्वाचनको परिणाम आइसकेपछि सरकारले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्यमा नियुक्त गरेको भन्दै वाम गठबन्धनमा आबद्ध दुई विद्यार्थी संगठनले विरोध जनाएको छ ।

काम चलाउ अवस्थामा रहेको वर्तमान सरकारले मुलुकका विभिन्न स्थानमा एकपछि अर्को नियुक्ति गर्न राजनीतिकरुपमा उचित नभएको जनाउँदै अनेरास्ववियु र अखिल (क्रान्तिकारी) ले आज प्रेस विज्ञप्ति जारी गरी त्यसप्रकारको नियुक्ति खारेजी गर्न माग गरेको हो ।

अनेरास्ववियुका महासचिव ऐन महर र अखिल (क्रान्तिकारी) महासचिव उत्तम अधिकारीले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा आयोगलगायत अन्य स्थानमा गरिएका सबै नियुक्ति अविलम्ब बदर गर्न आग्रह गरिएको छ । उक्त आयोगको सदस्यमा मन्त्रिपरिषद्को पछिल्लो बैठकले प्रा डा चिन्तामणि पोखरेललाई नियुक्ति गरेको थियो ।

राष्ट्रियसभा गठन र त्यससँग सम्बन्धित अध्यादेशका विषयमा विवाद निकालेर नयाँ सरकार निर्माणमा अवरोध नगर्न उक्त विज्ञप्तिमा भनिएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan