Friday 19th of January | २०७४ माघ ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मेयरले बचाउनुपर्ने लोकतन्त्र कस्तो होला ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ मङ्सिर २९ शुक्रबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान ,काठमाडौं,२९ मंसिर । मंसिर २९ गते २३औं महानगर दिवसका दिन मेयर विद्या सुन्दर शाक्यले हदै नाघेर भनिदिए– प्राप्त उपलव्धिको रक्षा गर्छु । मेयरको काम लोकतन्त्र बचाउने हो कि महानगरको व्यवस्थापन गर्ने ?

सय दिनमा सय काम गर्छु भनेर महानगरका जनताको आँखामा छारो हालेर चुनाव जितेका मेयर विद्या सुन्दर शाक्यले एउटा पनि सुन्दर काम गर्न सकेका छैनन् । महानगरकै बजेटबाट चल्ने एफ एम र टीभी कार्यक्रममा के के न कामको थालनी गरेको भनेर कूप्रचार गरिरहेका छन् ।

महानगरकै कार्यालय सामुको फोहर सफा भएको छैन, फुटपाथ व्यापार झन बढेको छ, सडकका खाल्डाखुल्डी झन बढेका छन्, ट्राफिक जाममा सुधार आएको छैन, महानगरभित्र भ्रष्टाचार बढेर गएको छ ।

केही लछारपाटो लगाउनै नसकेका मेयरले अव दिगो विकास, सुविधा वितरण र महानगरको समृद्धिका साथै प्राप्त उपलव्धिको रक्षा गर्न आफू प्रतिवद्ध रहेको फूर्ति लगाए । उनकै पिछलग्गु बनेर उपप्रमुख हरिप्रभा खड्गीले पनि साझा समस्या मिलेर समाधान गर्नपर्छ भन्दै नगरवासीको सहयोग मागिन् ।

यसरी तमासा देखाएर महानगर दिवस १० लाखको भोजभत्तेरमा समाप्त भएको छ । महानगरवासीका लागि महानगर दिवस चटकजस्तो अनुभूति हुनपुग्यो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan