Wednesday 19th of December | २०७५ पौष ४ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७४ साल पौष ६ गते बिहीवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ६ बिहिबार |
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७४ । नेपाल सं. ११३८ । योग सं. ३८ । पौष महिनाको ६ गते बिहीवार ।
अँग्रजी मितिः ई.सं. २०१७ डिसेम्बर महिनाको २१ तारिख ।
तिथीः दक्षिणायन,  हेमन्त ऋतु पौषशुक्लपक्षको तृतीया तिथी, १७ः३५ बजेपछि चतुर्थी तिथी । 
योगः व्यातिपात योग ।
नक्षत्रः उत्तराषाढा नक्षत्र, १४ः५४ बजेपछि श्रवण नक्षत्र ।
करणः गर करण १७ः३५ बजेसम्म उपरान्त वणिज करण ।
चन्द्रमाः  मकर राशिमा ।
काठमाडौंमा सूर्योदयः ०६ः५२ बजे ।
काठमाडौंमा सूर्यास्तः १७ः१२ बजे ।
राहुकालः १३ः१९ बजेपछि १४ः३६ बजेसम्म ।
यात्राः  अग्नि दिशाको लागि उपयुक्त ।


आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन पूर्ण सफलता मिल्न अल्लि कठिन पर्ने भएपनि बाहिरी तथा देखावटी रुपमा मानसान बढ्ने र केही लाभ एवम् सफल पनि हुनेछ । जनसंपर्क बढ्ने र तुलनात्मक रुपमा केही सहजवातावरण सृजना हुनेछ । केही महत्त्वाकांक्षी योजनाको बारेमा चिन्तन तथा सरसल्लाह एवम् विचारविमर्श हुनसक्नेछ भने भविष्यको लागि आश्वासन पनि मिल्नसक्ने छ । आशा गरेकै जति नभएपनि औकात अनुसारको पदप्रतिष्ठा र जिम्मेवारी मिल्नसक्ने छ । सफलताको भित्री अबरोध हटाउन आज तपाईँले भैरवदेवको भक्तिभाव गर्नु उपयुक्त हुनेछ ।


वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन अनुकूलोन्मुख एवं भाग्यप्रद छ । धार्मिक–आध्यात्मिक सत्चिन्तनको विकास हुने तथा सात्त्विक विचार र आस्थामा प्रगाढता आउनेछ । कामकार्यमा आएका अवरोध एवं अपजश हट्दै जाने तथा लाभ एवं सफलता हातपार्न सकिने देखिएको छ । उच्चवर्गसँग संपर्क विस्तार हुनेछ भने सोले महत्त्वाकांक्षा पनि बढ्नसक्ने । जिम्मेवारी एवं मनोबल उच्च हुनेछ । व्यवसायिक क्षेत्रबाट यथोचित लाभ हातपर्ने छ । कसैकसैलाई अल्लि बढी महत्त्वाकांक्षा बढ्नाले केही मानसिक तनाब नबढ्ला भन्न भने सकिँदैन । विशेष कार्यक्रममा सहभागिताको निमन्त्रणा मिल्न सक्छ भने किशोरकिशोरीहरुको लागि प्रेमसम्बन्ध सार्थक बन्नसक्ने छ ।


मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन त्यति धेरै सहज भने सोँचिहाल्न अल्लि नहुने छ । सोँचेजति प्रतिफल पाउनलाई अल्लि कठिन पर्नेछ । काममा बाधा अड्चन तथा अपयशजन्य केही संघर्षको परिस्थितिको सामना गर्नपर्न सक्नेछ । स्वास्थ्यले पनि त्यति साथ नदिनसक्ने छ भने व्यवहार तथा व्यवसायमा कमिकमजोरी देखिन सक्नेछ । कसैकसैलाई बुद्धिविवेकमा पनि संकिर्णता आउने र समय गुज्रेपछि पछुतो पर्ने हुनसक्ने छ । उपर्युक्त प्रतिकूलताको बाबजुत इष्टदेवको आर्शिवादको कारण आकस्मिक लाभ एवं उपायले कठिनाई टर्ने र केही उपलब्धि हात पार्न सकिनेछ । इष्टदेवको आराधना बढाउन नभुल्नु होला ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन भौतिक सुखकर रहनेछ । जीवन साथीको वा विपरित लिङ्गीको सहयोग मिल्ने र प्रेमसम्बन्धमा सुधार आउनेछ । उपलब्धिकर यात्रा हुनसक्ने तथा सहयोगी स्वजनहरुसँग भेट्घाट हुनपाइने छ । व्यापार व्यवसाय आदिबाट हैसियत अनुसारको लाभ मिल्ने देखिन्छ । सामाजिक प्रतिष्ठा बढ्ने एवं कार्यक्रम आदिमा सरिक हुन पाइनेछ । विवाहयोग्य युवायुवतीको लागि वैवाहिक कुरा चल्नसक्ने छ । सात अंक, सेतो रङ्गको प्रयोग आज तपाईँको लागि शुभ रहने छ भने विपरित लिङ्गीको सेवा गर्नु वा  सेतो रङ्गको वस्तु दान दिनु उचित हुनेछ । 

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन केही पराक्रम बढ्ने रहेको छ । तथापि मुख्य एवम् महत्त्वपूर्ण काममा संघर्ष देखिएको छ, बाँकी कामको लागि गोचर स्थिति अनुकूल नै देखिन्छ । शारीरिक बल बढ्ने, शत्रु मुकाविलामा वियजी भइने, आँटेताकेको काम अगाडि बढ्ने देखिन्छ । व्यापार व्यवसाय तथा पेशाकर्ममा केहीहद्सम्म सफलता र लाभ मिल्ने छ । समर्थक बढ्नेछन् । यात्रा योजनाको पनि सम्भावना देखिएको छ । घमण्ड नगर्ने र समयको सदुपयोगमा ध्यान दिने गर्नु आज यहाँको लागि बुद्धिमानी हुनेछ । विशेष काममा आउने अबरोध निवारणको लागि भैरवदेवलाई खुशि बनाउनु उपयुक्त हुनेछ ।


कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन गोचर विद्यार्जनमा सकारात्मक छ । विद्यार्थीको लागि दिन बढी उपयोगी रहनसक्ने छ । प्रवचन संभाषण क्षेत्रको पेशा हुनेहरुको लागि पनि उपलब्धि मूलक हुनेछ । यो राशि हुने अन्य सर्वसाधारणको लागि पनि बुद्धिविवेकमा बृद्धि हुने तथा त्यसको सदुयोग गर्न पाइने छ । प्रतिष्ठा र छविको बचस्व स्थापित हुने तथा प्रशंसा मिल्नेछ । सैद्धान्तिक पक्षमा खरो उत्रन सकिने छ । व्यवसायमा प्रगति र आर्थिक लाभको योग छ । नयाँ प्रेमसम्बन्धको साइत जुर्न सक्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । आज यहाँलाई पाँच अंक, रातो रङ्गको उपयोगिता शुभप्रद हुनेछ भने शिक्षाक्षेत्रलाई सहयोग गर्नु पूण्यकर हुनेछ ।


तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन मत बाझिने र असमझदारी गराउने भूमिकामा ग्रहगोचर उद्यत देखिन्छ । तसर्थ बैठक आदिमा सहकर्मी तथा मित्रवर्गसँग द्वन्द सृजना हुनसक्ने छ ख्याल पुर्याउनु पर्ला । चलिरहेको कार्यमा अबरोध आउनसक्ने एवम् वेचैनी बढ्नसक्ने साथै छरछिमेकी तथा हितैसीसँगको सम्बन्धमा तुषारो पर्नसक्ने भएकोले होसियार हुन जरुरी छ । मानसिक संकिर्णताको कारणले कार्यमा प्रतिकूलता आउनसक्ने भएकोल मानसिक धैर्यतालाई धारण गर्नु बुद्धिमानी हुनेछ । यी सामान्य प्रतिकूलताको बाबजुत पनि सावधानिपूर्वक स्वकर्ममा रत् रहनाले पेशा तथा व्यवसाय एवम् कर्मक्षेत्रबाट केही लाभ गर्न सकिनेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन हिम्मतिलो र सक्रियभूमिका हुँदाहुँदै पनि मुख्य काममा अपेक्षा गरेबमोजिम फल नपाइने हो कि भन्ने शङ्का देखिएको छ । तथापि ठूलो परिणाममा नभएपनि केही उपलब्धि भने हुनेछ । आज गर्नै खोजेको कार्यलाई मान्यजनको अनुमति नमिल्न पनिसक्ने कुरालाई नकार्न सकिन्न । बा“की पक्षमा उत्साह–उमङ्गिलो दिन मान्नसकिन्छ । स्वजनबाट सहयोग मिल्ने र प्रतिस्पर्धामा विजय भइने छ । सामान्यतया आकस्मिक लाभ एवं प्रख्याति मिल्नेछ । आज श्रमिक वर्गको हितमा काम गर्नु अथवा सहयोग गर्नु र भैरवदेवलाई खुशी बनाउनुले मुख्यकाममा आउने अबरोध निवारणको लागि मद्दत गर्नेछ । 


धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन अनुकूल देखिएको छ । बोलीवचनको सकारात्मक प्रभाव पर्नेछ । गायक गायिका, कविकवित्री, उद्घोषण एवं प्रवचक आदि वाकवृति हुनेहरुको लागि दिन उपलब्धि मूलक हुनेछ । नाता कुटुम्बिक सम्बन्ध प्रगाढ हुने तथा नयाँ सदस्य बढ्नसक्ने सम्भावना पनि छ । व्यवसायिक कार्यमा प्रगति हुने र धनसम्पत्ति आर्जन गर्न सकिनेछ । कसैकसैलाई धनोन्माद बढ्नसक्छ । परोपकार एवम् समाजिक सेवामा संलग्न हुने मौका मिल्नसक्ने छ । दुई अङ्क, सेतो रङ्गको प्रयोगको साथमा आज तपाईले माँ बगलामुखीको दर्शनभक्ति गर्नु शुभकर हुनेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन गोचर ग्रहले केही सुधारात्मक कोल्टे फेरेको छ । रमाइलो तथा मनोरञ्नयुक्त वातावरण तयार हुनसक्ने छ । ईज्जत तथा मानप्रतिष्ठामा विकास हुनेछ । मनोनुकूल वातावरण सृजना हुनाले मनोरञ्जन एवम् खुशीयाली बढ्ने छ । मनोवाञ्छित स्वादिष्ट भोजनद्वारा मेजमानी मिल्नसक्ने छ । इष्टमित्रको आगमन हुने र सौगात तथा उपाहार मिल्नसक्ने सम्भावना छ । नयाँ काममा लगानी वा शेयर आदि कारोबारको अवसर मिल्नसक्ने छ । पेशागत लाभ एवम् सफलता प्राप्त हुनेछ । दाम्पत्य एवं प्रेमसम्बन्ध प्रगाढ बन्ने छ । आज यहाँलाई एक अङ्क, रातो रङ्गको प्रयोग र माँ बगलामुखीको दर्शन भक्तिले अरु थप हित गर्ने छ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन अनपेक्षितरुपबाट खर्चको मात्रा बढ्नसक्ने, कामकार्यमा विघ्नबाधा आउने, चोटपटक–घाऊ खटिरादिको संभावना आदि संघर्षकर दिन देखिन्छ । बढ्दो खर्च र व्यवसायिक समस्याले मानसिक उद्दिग्नता बढ्नसक्ने छ । आज आफन्तबाटै विश्वासघात हुनसक्ने देखिएकाले गोपनीयता नखुस्काउनुहोला, धैर्यताको जरुरी देखिएको छ । सामान्य कार्यलाई पनि बढीनै कोसिस गरेरमात्रै सफलता मिल्नेछ । बहकावमा आएर लहैलहैमा कुनै पनि कार्य नगरेकै राम्रो हुनेछ । फजुलका विषयमा बुद्धिमततापूर्वक धैर्य र संयम धारण गर्नुहोला अन्थया पश्चाताप पर्ने सम्भावना देखिएको छ । अनर्थ यात्राको पनि योग देखिएको छ ख्याल पुर्याउनु होला । यहाँको लागि आज माँ सरस्वती एवं बगलामुखीको भक्ति गर्नु उपयुक्त हुनेछ ।

मीन राशिः
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन आयप्रद देखिएको छ । तथापि बढी ईच्छा गरेको कार्यमा अदृष्य रोकावट आउनसक्ने छ । सामान्यतया व्यवसायिक क्षेत्रबाट ठिकै अर्थोपार्जन गर्नसकिने छ । आफन्तीजनसँग भेट्घाट हुने र औपचारिकता निभाउन पर्नेछ । प्रशंसक बढ्ने र शुभसमाचार प्राप्त हुनेछ । महत्त्वाकांक्षी आश्वासन पनि मिल्न सक्नेछ । आज यहाँको लागि २ अंक, सेतो रङ्गको प्रयोग अनुकूल रहनेछ भने ग्रहको रोकावट निवारणको लागि विद्वान गुरुजनलाई खुशी बनाउने उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan