Wednesday 19th of December | २०७५ पौष ४ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७४ साल पौष ८ गते शनिवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ८ शनिबार |
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७४ । नेपाल सं. ११३८ । योग सं. ३८ । पौष महिनाको ८ गते शनिवार ।
अँग्रजी मितिः ई.सं. २०१७ डिसेम्बर महिनाको २३ तारिख ।
तिथीः दक्षिणायन,  हेमन्त ऋतु पौषशुक्लपक्षको पञ्चमी तिथी, २०ः२७ बजेपछि षष्ठी तिथी । 
योगः बज्र योग ।
नक्षत्रः धनिष्ठा नक्षत्र, १८ः४९ बजेपछि शतभिषा नक्षत्र ।
करणः बव करण ०७ः५४ बजेसम्म उपरान्त बालव करण ।
चन्द्रमाः  कुम्भ राशिमा ।
काठमाडौंमा सूर्योदयः ०६ः५३ बजे ।
काठमाडौंमा सूर्यास्तः १७ः१३ बजे ।
राहुकालः ०९ः२७ बजेपछि १०ः४५ बजेसम्म ।
यात्राः  पश्चिम दिशाको लागि उपयुक्त ।


आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन प्रतिस्पर्धामा विजय र प्रख्याति मिल्ने छ । पेशा तथा व्यवसायिक कार्यबाट आर्थिक लाभ गर्न सकिने छ । अध्यनअध्यापन एवं सन्तानको पक्षबाट पनि सन्तोष लिनसकिने छ । दिनको सदुपयोग गर्ने र अधुरा रहेका कामहरुलाई पूर्णता दिने गरी स्वकार्यलाई समय दिनु बुद्धिमानी हुनेछ । विवाह योग्य युवायुवतीको विवाह प्रसङ्ग चल्नसक्ने सम्भावना पनि छ । आज यहाँलाई दुई अंक, सेतो रङ्ग फापकर हुनेछ भने भगवान हनुमानदेवको श्रद्धाभक्ति गर्नु शुभप्रद हुनेछ ।

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन केही अवसर प्राप्त हुने भएकोले त्यसको सदुपयोग लागि आत्मबल बढाउन पर्ने देखिएको छ । मानसम्मान बढ्ने तथा पदप्रतिष्ठा प्राप्ति हुनसक्ने ग्रहगोचर परेकोले राजनीति, समाजसेवा वा नोकरी आदिमा जिम्मेवारी बढ्नसक्ने छ । व्यापार व्यवसायबाट लाभ गर्नसकिने छ भने उच्चपदस्थ व्यक्तित्त्वसँग संपर्क विस्तार हुन जाने सम्भावना पनि छ । यहाँलाई आज एक अंक, रातो रङ्ग शुभ रहने छ भने आत्मबल बढाउन महावीर हनुमानको श्रद्धाभक्ति अनुसरण गर्नु बुद्धिमानी हुनेछ ।


मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन अपेक्षा गरिएकै कार्यमा सफलता पाउन अल्लि गार्हो पर्ने देखिएको छ । तथापि धार्मिक–आध्यात्मिक एवं सत्चिन्तन हुनगइ मानसिक शान्ति मिल्नसक्ने छ । सामान्यतया दैनिक एवं व्यवहारिक कामकार्यमा केही लाभ हातपार्न सकिने छ । उच्चवर्गसँग संपर्क जोडिने र भावनात्मक महत्त्वाकांक्षा बढ्नसक्ने छ । जिम्मेवारी एवं मनोबल उच्च हुनेछ । प्रेमसम्बन्धले उचाइ लिनेछ भने विवाह प्रस्तावले प्रसय पाउने छ । आज यहाँको लागि नौ अङ्क, पहेंलो रङ्गको प्रयोग र बढी चाहना गरिएको कार्यमा सफलताको लागि भगवान भैरवदेवको श्रद्धाभक्ति एवं दर्शन फलप्रद हुनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन केही संघर्ष गर्न पर्ने खालको देखिएको छ । स्वास्थ्यमा समस्या आउनसक्ने ग्रहगोचर रहेकोले आहारविहारमा ख्याल पुर्याउनु पर्ला । शत्रुपक्ष सक्रिय हुनसक्ने र कार्यक्षेत्रमा पनि केही अबरोधको सामना गर्नुपर्ने हुनसक्छ जसको लागि सकारात्मक सोँचको विकास गर्नु तथा धैर्य र संयमको अभ्यास गर्नाले अन्तिममा केही सहज हुने देखिन्छ । आज फजुलको सरोकार नराखी स्वकार्यमा लगनशील रहिरहनाले नियमित तथा स्वाभाविक लाभ भने गर्न सकिनेछ । बाधाबिघ्न निवारणको लागि दीनदुःखी तथा रोगीको सेवा गर्नु उपयुक्त हुनेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन भौतिक एवं मनोरञ्जनपूर्ण कार्यमा सफलता मिल्ने खालको छ । जीवनसाथी वा प्रेमीको सहयोगले व्यवसायिक तथा पेशागत कार्य अघि बढ्न सक्नेछ भने अन्य क्षेत्रमा पनि मद्दत मिल्नेछ । पारिवारिक सामाञ्जस्यता बढ्ने र आमोद–प्रमोदपूर्ण दिन चर्या व्यतित हुने देखिन्छ । मानसम्मान मिल्ने तथा लौकिक उन्नति गर्नसकिने छ । गोचरले विशेष स्थानको यात्राको संयोगलाई पनि जुराइरहेको देखिएको छ । पेशा एवम् व्यवसायिक क्षेत्रबाट राम्रो लाभ हातपार्न सकिनेछ । राजनीति तथा समाजसेवा आदि क्षेत्रमा पनि अनुकूलता देखिएको छ । यहाँले आज विपरित लिङ्गीलाई उपहार दिनाले विशेष अर्थ राख्नेछ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन रमाइलो र अनुकूल रहनेछ । अवसर तथा समयको सदुपयोग गर्नसके प्रतिस्पर्धामा सफलता हात लाग्नेछ भने स्वकार्यबाट पनि राम्रो उपलब्धि गर्न सकिने छ । व्यवसायिक क्षेत्रबाट राम्रो आर्थिक लाभ हुनेछ । शरीरमा आरोग्यता र अनुहारमा कान्तिमा बृद्धि हुनेछ भने शत्रुपक्षलाई झुकाउन सफल भइने छ । थाति रहेका कार्य पूरा गर्न सकिने छ । आज तपाईँलाई हरियो रंग, छ अंकको उपयोगिता फापकर हुनेछ भने विपक्षिको सम्मान गर्नाले ईज्जत बढ्नेछ । भगवान पवनपुत्र हनुमानको आराधना विशेष शुभप्रद हुनेछ ।


तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन शक्ति तथा विद्याको अहंको योजना बनाएपनि गोचरले त्यति साथ दिएको देखिँदैन । फुर्ति गरी पासो पर्नसक्ने छ, काम फत्ते नभई व्यक्त नगरेकै राम्रो हुनेछ । मान्छेहरुको झ्यास्सै विश्वास गर्नाले पश्चाताप पर्नसक्ने सम्भावना पनि छ होसियारी अप्नाउनु बुद्धिमानी हुनेछ । भाका तथा आश्वासन पूरा हुन गार्हो परेपनि संयमपूर्वक स्वाध्याय तथा स्वकार्यरत रहनाले लगनशीलता तथा धैर्यताको फलस्वरुप केही उपलब्धि मिल्नसक्ने छ । आज तपाईँलाई पाँच अङ्क, रातो एवं सेतो रङ्गको प्रयोग र गोचरबाधालाई न्यनताको लागि भैरवदेवको प्रार्थना तथा उपाशना गर्नाले राहत मिल्नसक्नेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन बोली व्यवहारमा सावधानी अप्नाउनु पर्ने देखिएको छ । वादविवाद तथा मनमुटाव जन्य अवस्थाको सामना गर्न पर्ने सम्भावना देखिएकोले होसियारी रहनुजरुरी हुनेछ । मानसिक संकिर्णता बढ्नसक्ने र स्वास्थ्यमा पनि केही ह्रास आउनसक्ने छ । थप पारिवारिक समस्यासँग मुकाविला गर्नपर्ने र आँटेताकेको काममा विलम्ब हुने तथा अल्लि बढी प्रयन्त गर्नपर्ने ग्रहगोचरले संकेत गरेको छ । आज यहाँको लागि चार अंक, सेतो रङ्गको उपयोग शुभ हुनेछ भने भगवान हनुमानवीरको आराधना गर्नु शुभकर हुनेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन बहुआयामिक दिन रहेको छ । शक्तिको भरपुर सदुयोग गर्नु बुद्धिमानी हुनेछ । शारीरिक एवम् मानसिक जाँगर बढेर आउने हुनाले रोकिएर रहेको काम पूरा गर्ने मौका मिल्नेछ । सहयोगीहरु जुट्ने र इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पाइनेछ । बन्धुबान्धवबीचको सम्बन्धमा सुधार आउनेछ भने विशेष कामको लागि सहकार्यको प्रस्ताव पनि आउनसक्नेछ । पेशागत क्षेत्रबाट यथाशक्ति आर्थिक उपार्जन गर्न सकिनेछ । आज यहाँलाई तीन अंक, हरियो रङ्गको प्रयोग फाप्नेछ भने साढेसाती शनिको दुस्प्रभावलाई न्यून गर्न शनिदेवलाई खुशी बनाउने उपाय अवलम्बन गर्नु हितकर हुनेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन आर्थिक पक्षमा सुधार ल्याउने गोचर परेको छ । व्यवसाय तथा व्यापार आदि कार्यक्षेत्रमा तदनुसारको कार्यतर्जुमा गर्नु बुद्धिमानी हुनेछ ।पेशा आदिबाट लाभ एवम् सफलता मिल्नाले हर्षोल्लास एवम् उत्साह बढ्ने छ । नयाँ नाता कुटुम्बिक सम्बन्ध विस्तार हुने एवम् साविकको सम्बन्धमा प्रगाढता आउने छ । सभासम्मेलन, गोष्ठी, बैठक आदिमा आज यहाँको बोलीले मान्छेहरु प्रभावित हुने योग परेको छ । वाणीको सदुपयोग गर्नुहोला । परोपकार आदि कार्यमा पनि उत्साह बढ्नेछ । आज यो राशि हुने कसैकसैलाई गुप्त धन मिल्नपनि सक्नेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन शारीरिक आकर्षण एवम् मानप्रतिष्ठा बढ्नेछ भने मिठो खानेकुरा प्राप्ति हुनसक्ने छ । व्यवसायबाट धनलाभ हुने एवं भौतिक सुख र आफन्तजनबाट प्रशंसा पनि प्राप्ति हुनसक्ने देखिन्छ । अभिष्टकार्यमा सफलता मिल्नसक्ने गोचर रहेको छ, ईच्छित कार्य पूर्णताको लागि दृढताको साथमा अगाडि बढ्नसकिने छ । कार्यक्षेत्रमा तथा सामाजिक जिम्मेवारी थपिनसक्ने छ । मनोरञ्जनात्मक कार्यक्रम आदिमा पनि सरिक हुन पाइनसक्ने छ । नयाँ लगानीको प्रस्ताव आउनसक्ने सम्भावना पनि देखिन्छ । आज तपाईले गरीब दीनदुःखीहरुलाई भोजन खुवाउनु वा दान दिनु विशेष शुभकर हुनेछ ।

मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन संघर्षकर प्रतित हुनेछ । हतारि“दा अपव्यय–नोक्सानी नै बढ्ने भएकाले व्यवहारिक कामकार्यमा धैर्यधारण र संयम एवं साबधानी अप्नाउनु बुद्धिमानी हुनेछ । आकस्मिकरुपमा खर्च बढ्ने, काममा दिग्दारी हुनसक्ने, शत्रुहरुले कमजोरी खोज्ने, हतार गर्दा झन खति बढ्नसक्ने छ, संयमित रहनाले र आफ्नो कार्यक्षेत्रमा रत् रहनाले आकस्मिक लाभ हुनसक्ने छ । चुनौति बढ्नसक्ने सम्भावना रहेपनि आत्मबल नगिराई दृढ रहनाले केही सफलता दिनेछ । आज तीन अङ्क, पहेंलो रङ्गको प्रयोग र भगवान हनुमानजीको श्रद्धाभक्ति गर्नु तपाईँको लागि शुभप्रद हुनेछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan