Thursday 18th of October | २०७५ कार्तिक १ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७४ साल पौष ९ गते आइतवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ९ आइतबार |
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –

नेपाली मितिः वि.सं. २०७४ । नेपाल सं. ११३८ । योग सं. ३८ । पौष महिनाको ९ गते आइतवार ।

अँग्रजी मितिः ई.सं. २०१७ डिसेम्बर महिनाको २४ तारिख ।

तिथीः दक्षिणायन,  हेमन्त ऋतु पौषशुक्लपक्षको षष्ठी तिथी, २१ः११ बजेपछि सप्तमी तिथी । 

योगः सिद्धि योग ।

नक्षत्रः शतभिषा नक्षत्र, २०ः०६ बजेपछि पूर्वभाद्रपदा नक्षत्र ।

करणः कौलव करण ०८५३ बजेसम्म उपरान्त तैतिल करण । 

चन्द्रमाः  कुम्भ राशिमा ।

काठमाडौंमा सूर्योदयः ०६ः५३ बजे ।

काठमाडौंमा सूर्यास्तः १७ः१३ बजे ।

राहुकालः १५ः५५ बजेपछि १७ः१३ बजेसम्म ।

यात्राः  नैऋत्य दिशाको लागि उपयुक्त ।

आजको राशिफल

मेष राशिः

मेष राशि हुनेहरुको लागि आजको दिन अनुकूल रहेको देखिन्छ । आयआम्दानी बढ्ने तथा उद्यमव्यवसायको विकास हुनेछ । कसैकसैलाई कैफियत युक्त आम्दानीतर्फ पनि मन आकर्षित नहोला भन्नसकिन्न । मनलाई संयम गर्न नसकेमा त्यसको परिणाम पछुतोजन्य हुनसक्ने सम्भावना छ । सामान्यतया आफ्नो कामकार्य तथा पेशामा सकारात्मक विचारपूर्वक अघि बढ्नेको लागि दिन उपलब्धिमूलक रहनेछ । आफन्तीहरुसँग भेट्घाट हुन र व्यवहारिकता निर्वाह गर्न पर्नेछ । स्वजनको शुभसमाचार सुन्न पाइने छ । आज यहाँको लागि २ अङ्क, सेतो रङ्गको प्रयोग अनुकूल रहनेछ भने भगवान सूर्यनारायणको श्रद्धाभक्ति गर्नु कल्याणप्रद हुनेछ ।

 

 

वृष राशिः

वृष राशिका व्यक्तिहरुको लागि आजको दिन समयलाई उत्तम मान्नसकिन्छ, पदप्रतिष्ठा तथा जिम्मेवारी मिल्नसक्ने दिन परेको छ । बरिष्ट तह तथा व्यक्तित्त्वसँग संपक जोडिनसक्ने छ । लौकिक प्रख्याती र विशेष महत्त्वपूर्ण कामकार्यको अवसर प्राप्त हुनसक्ने सम्भावना छ, सदुपयोग गर्नु होला ।  राज्यबाट लाभ उठाउनसकिने, व्यवसाय तथा उद्यमको राम्रो प्रचार–प्रसार हुने तथा राजनीति–समाजसेवामा प्रसिद्धि बढ्ने देखिन्छ । कसैकसैलाई पदप्रतिष्ठा तथा जिम्मेवारी मिल्नसक्ने पनि छ । आज यहाँलाई एक अङ्क, रातो रङ्गको उपयोग र पुरुषोत्तम भगवान रामको भक्ति आराधना गर्नु सुखप्रद हुनेछ ।

 

 

मिथुन राशिः

मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन केही अबरोधको बाबजुत सात्त्विक विचार र आस्था बढ्नाले धार्मिक कार्य सम्पादन गर्न सहज हुनेछ । स्वजनसँगको भेटघाट र योजनाआदिको बारेमा संवाद हुनसक्ने छ । केही अबरोधको बाबजुत व्यापार व्यवसाय एवं उद्यमजन्य पेशागत कार्यमा सफलता मिल्ने छ । अनुकूलतापूर्ण वातावरण सृजना हुनाले साहस उमङ्ग र कार्यमा रुचि पनि बढेर आउने छ । सम्मानित रुपको  निमन्त्रणा मिल्ने तथा औपचारिक कार्यक्रम आदिमा सरिक हुनपाइने छ । ईज्जत प्रतिष्ठा एवम् कान्ति बढ्नेछ । बढी ईच्छ्याएको काममा आउने बाधाब्याबधान हटाउन भैरवदेवको दर्शनभक्ति गर्नु उपयुक्त हुनेछ ।

 

कर्कट राशिः

कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन साविकभन्दा केही बढी संघर्ष गर्नपर्ने छ । स्वास्थ्यमा समस्या आउनसक्ने ग्रहगोचर रहेकोले आहारविहारमा बढी ध्यान दिनु उचित हुनेछ । शत्रुपक्ष सक्रिय हुनसक्ने र कार्यक्षेत्रमा पनि केही अबरोधको सामना गर्नुपर्ने हुनसक्छ, जसको लागि सकारात्मक सोँचको विकास गर्नु तथा धैर्य र संयमको अभ्यास गर्नु बुद्धिमानी हुनेछ । उपर्युक्त केही प्रतिकूलताको बाबजुत आकस्मिक लाभ हुने र गर्जो टर्नेछ । सावधानि पूर्वक गरिने कार्यबाट सन्तोष मिल्नेछ । आज तपाईँलाई आठ अंक, रातो रङ्गको प्रयोग शुभ रहनेछ भने बाधाबिघ्न निवारणको लागि दीनदुःखी तथा रोगीको सेवा गर्नु उपयुक्त हुनेछ ।

 

सिंह राशिः

सिंह राशि हुनेहरुको लागि आजको दिन आमोद–प्रमोद तथा विलासवृतिको चाहना बढ्ने ग्रहगोचर परेको छ । तथापि कपटी विपरितलिङ्गीसँग सावधान रहनुपर्ने छ । लहैलहैमा अस्वस्थकर आहार विहारको परिस्थितिमा पर्नसकिने सम्भावनालाई पनि नकार्न सकिन्न, ख्याल पुर्याउनु पर्ला । केही अबरोधको बाबजुत पनि व्यवसाय तर्फ उन्नति हुनाले आर्थिक सङ्कलन हुनेछ । यात्राको पनि योग देखिएको छ । विवाहयोग्य युवायुवतीको लागि विवाहको प्रस्ताव आउनसक्ने सम्भावना पनि देखिन्छ । आज यहाँलाई सात अंक, सेतो रङ्गको प्रयोग शुभ हुनेछ भने भगवान श्री सूर्यनारायणको स्तुति गर्नाले प्रतिकूल ग्रहको अबरोधलाई हटाउन मद्दत गर्नेछ ।

 

 

कन्या राशिः

कन्या राशि हुनेहरुको लागि आजको दिन अनुकूल नै मान्न सकिन्छ । अवसर तथा समयको सदुपयोग गर्नाले प्रतिस्पर्धामा सफलता हासिल गर्न सकिनेछ । भने स्वकार्यबाट पनि राम्रो आयआर्जन तथा उपलब्धि गर्न सकिने सम्भावना छ । लक्ष्मीकृपा रहने गोचर परेकोले आर्थिक आर्जनको दिशामा यथोचित चेष्टा बढाउनु उचित हुनेछ । शत्रुहन्ता योग परेकोले शत्रुका विरुद्ध सफल हुनसकिने छ सही तरिकाले दिनको सदुपयोग गर्नुहालो । आज यहाँलाई हरियो रंग, छ अंक अनुकूल रहने छ भने रणनीतिक रुपमा विरोधीको सम्मान गर्नाले विशेष फाइदा हुनेछ । आज यहाँले हृदयदेखि विशेष मन दिएर भगवान सूर्यनारायणको श्रद्धाभक्ति एवं पूजापाठ गर्नु शुभप्रद हुनेछ । 

 

 

तुला राशिः

तुला राशिहुनेहरुको लागि आजको दिन सामान्यतया दैनिक कामकार्य साविकै रुपमा अगाडि बढ्ने नै छन् त्यसको बाबजुत पनि मुख्य ठानिएका केही काम तथा विषयको बारेमा विद्वदताको फुर्ति र मनोयोजनाको तर्जुमा वेकामि हुनसक्ने देखिन्छ । टुङ्गिन नसक्ने अथवा नभ्याउने विषयको वहसको थालनी हुनसक्ने सम्भावना छ । आत्मप्रशंसाको आसक्ति बढेर जाने र मानसिक पछुतो पर्नसक्ने सम्भावना देखिएको भएता पनि वस्तुपरिस्थितिलाई मनन् गरी गाम्भीर्यताको साथमा स्वकर्ममा लगनशील रहनेले समयको उपलब्धि निकाल्न सकिने छ । गोचरको अस्पष्ट भूमिकालाई न्यूनिकरण गर्न भैरवदेवको आराधना गर्नु उपयुक्त हुनेछ ।   

 

वृश्चिक राशिः

वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन त्यति अनुकूल मान्न अल्लि नसकिने खालको रहेको छ । महत्त्वपूर्ण कार्यमा बाधाब्यावधान आइलाग्ने सम्भावना देखिएको छ । विचारमा संकिर्णताले प्रसय पाउनसक्ने र सहकर्मी, मित्रवर्ग, छिमेकी कसैसँग ख्यालख्यालमै पनि मनमुटाव पर्नसक्ने छ विचार पुर्याउनु होला । ग्रहको प्रतिकूलतालाई बुझेर धैर्य गर्नसक्नु भएमा क्रमशः सम्भावित अनिष्ट टरेर जानेछ भने केही संघर्षबाट अत्याबश्यक काम बनाउन सकिनेछ । आज यहाँको लागि सेतो रङ्ग र चार अंकको प्रयोग गर्नु एवं मातृशक्तिको आर्शिवाद लिनु उपयुक्त हुनेछ । 

 

 

धनु राशिः

धनु राशि हुनेहरुको लागि आजको दिन हिम्मतिलो रहनेछ । शरीरमा शक्ति तथा स्फुर्ति र जोशजाँगर बढेर आउने एवम् काममा रुचि बढ्ने हुनाले रोकिएर रहेको महत्त्वपूर्ण काम पूरा गर्न सकिनेछ । मान्छेहरुबाट प्रशंसा पाइने र मुख्य कार्य सम्पादन गर्न सहयोग पनि जुट्ने एवम्उत्साह तथा उमङ्ग बढ्नेछ । दाजुभाईबीचको सहकार्य अघि बढ्नेछ । व्यवसाय तथा पेशागत कर्मक्षेत्रबाट आफ्नो हैसियत अनुसारको आर्थिक लाभ गर्न सकिनेछ । प्रतिस्पर्धामा विजय भइने तथा पुरस्कार आदि आकस्मिक लाभ हातपार्न र सामाजिक प्रख्याति कमाउन सकिनेछ । 

 

मकर राशिः

मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन सकारात्मक लिनसकिन्छ । तथापि मुख्य भनिएको काम प्रभावित हुनसक्ने गोचर स्थिति छ तसर्थ काम हुनुपूर्व फुर्ति नगरेकै उचित हुनेछ । अतिथि सत्कार गर्न पाइने सम्भावना छ । घरपरिवारमा माङ्गलिक शुभकार्य सम्पादन हुने वा प्रसङ्ग चल्नसक्ने छ तथा नयाँ कुटुम्बिक सम्बन्ध विस्तार हुनसक्ने सम्भावना देखिएको छ । व्यवसाय तथा कार्यक्षेत्रमा प्रगति हुनगई केही आर्थिक लाभ हुने तथा बैंकब्यालेन्स बढ्ने छ । समाजसेवाबाट सन्तुष्टि मिल्ने छ । प्रशंसकहरु बढ्नेछन् । वाणीमा मिठास आउने छ र मान्छेहरुलाई बोलीवचनले प्रभाव पार्न सकिनेछ । शारीरिक पौरख पनि बढ्ने तथा प्रतिस्पर्धा आदिमा सफलता मिल्ने तथा उत्साह बढ्ने दिन छ । ग्रह अबरोधलाई न्यूनिकरण गर्न भगवान श्री हनुमानवीरको स्तुति गर्नु उपयुक्त हुनेछ ।

 

कुम्भ राशिः

कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन शारीरिक आकर्षण एवम् मानप्रतिष्ठा बढ्नेछ भने मिठो खानेकुरा प्राप्ति हुनसक्ने छ । व्यवसायबाट धनलाभ एवं भौतिक सुख र आफन्तजनबाट प्रशंसा प्राप्ति हुनेछ । अभिष्टकार्यमा सफलता मिल्नसक्ने गोचर रहेको छ, ईच्छित कार्य पूर्णताको लागि दृढताको साथमा अगाडि बढ्नसक्नु हुनेछ । सामाजिक जिम्मेवारी थपिनसक्ने छ । मनोरञ्जनात्मक कार्यक्रम आदिमा पनि सरिक हुन पाइनसक्ने छ । नयाँ लगानीको प्रस्ताव आउनसक्ने सम्भावना पनि देखिन्छ । विवाह योग्य युवायुवतीको लागि वैवाहिक सम्बन्ध जोड्ने प्रसङ्ग चल्नसक्ने छ । समयको सदुपयोग गर्नुहोला । 

 

मीन राशिः

मीन राशिका व्यक्तिहरुको लागि आजको दिन अनपेक्षित रुपमा विभिन्न खालका अपजशको सामना गर्नपर्नसक्छ । एकाएक खर्चमा बृद्धि हुने र गर्जोटार्न धौधौपर्ने तथा नहुनेकाममा मनजाने सम्भावना छ । अगाडि सारिएको काममा बाधाबिघ्नता आयो भन्दैमा हतास भइहाल्न भने परिहाल्दैन, संघर्ष एवम् अधिक परिश्रमले अपेक्षा गरिएको क्षेत्रमा थोरैलाभ हुनसक्ने छ । बरु नसोँचिएको काम बन्ने र आकस्मिक रुपमा केही अर्थोपार्जन हुने तथा साथ सहयोग पनि मिल्नेछ । मठमन्दिरको दर्शन, तीर्थको यात्रा एवम् मान्यजन भेट्घाट आदिमा खर्चको सदुपयोग गर्नु उपयुक्त हुनेछ । भक्ति गर्न सकेमा आज तपाईलाई भैरवदेवको आर्शिवाद प्राप्त हुनेछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan