Thursday 18th of October | २०७५ कार्तिक १ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७४ साल पौष १६ गते आइतवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष १६ आइतबार |
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७४ । नेपाल सं. ११३८ । योग सं. ३८ । पौष महिनाको १६ गते आइतवार ।
अँग्रजी मितिः ई.सं. २०१७ डिसेम्बर महिनाको ३१ तारिख ।
तिथीः दक्षिणायन, हेमन्त ऋतु पौषशुक्लपक्षको त्रयोदशी तिथी, १३ः३० बजेपछि चर्तुदशी तिथी । 
योगः शुभ योग, १६ः१२ बजेपछि शुक्ल योग ।
नक्षत्रः रोहिणी नक्षत्र, १६ः४४ बजेपछि मृगशिरा नक्षत्र ।
करणः तैतिल करण १३ः३० बजेसम्म उपरान्त गर करण ।
चन्द्रमाः  वृष राशिमा ।
काठमाडौंमा सूर्योदयः ०६ः५६ बजे ।
काठमाडौंमा सूर्यास्तः १७ः१८ बजे ।
राहुकालः १५ः५९ बजेपछि १७ः१७ बजेसम्म ।
यात्राः  दक्षिण दिशाको लागि उपयुक्त ।

आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आज दिन आर्थिक पक्षमा सुधार ल्याउने गोचर परेको छ । व्यवसाय तथा व्यापार आदि कार्यक्षेत्रमा तदनुसारको कार्यतर्जुमा गर्नु बुद्धिमानी हुनेछ । पेशा आदिबाट लाभ एवम् सफलता मिल्नाले हर्षोल्लास एवम् उत्साह बढ्ने छ । नयाँ नाता कुटुम्बिक सम्बन्ध विस्तार हुने एवम् साविकको सम्बन्धमा प्रगाढता आउने छ । सभासम्मेलन, गोष्ठी, बैठक आदिमा आज यहाँको बोलीले मान्छेहरु प्रभावित हुने योग परेको छ । वाणीको सदुपयोग गर्नुहोला । परोपकार आदि कार्यमा पनि उत्साह बढ्नेछ । आज यो राशि हुने कसैकसैलाई गुप्त धन मिल्नपनि सक्नेछ ।


वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन ईज्जत तथा मानप्रतिष्ठामा विकास हुनेछ । मनोरञ्जन एवम् खुशियालीप्रद रहने छ । मनपर्ने स्वादिष्ट भोजनद्वारा मेजमानी मिल्नसक्ने छ । इष्टमित्रको आगमन हुने र कसैबाट उपाहार पनि मिल्नसक्ने गोचर रहेको छ । पारिवारिक सौहार्द वातावरण निर्माण हुनेछ । नयाँकाम वा शेयर आदिको लगानीको प्रस्ताव आउनसक्ने छ । दैनिकी कामकार्यबाट लाभ प्राप्त हुनेछ । आज यहाँको लागि एक अङ्क, रातो रङ्गको उपयोग र भगवान श्री सूर्यनारायण एवं माँ भुवनेश्वरीको स्तुति तथा उपाशना गर्नु लाभप्रद हुनेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन दैनिक एवं पारिवारिक आवश्यकताहरु थपिने र खर्चको मात्रा बढ्नसक्ने छ । कामकार्यमा पनि प्रत्यक्ष वा अप्रत्यक्ष बाधा विघ्नता आउने, समर्थन जुटाउन अल्लि गार्हो पर्नेछ, तथापि नसोँचिएको तर्फबाट राम्रो टेवा मिल्नेछ र केही उपलब्धि पनि हुनेछ । चोटपटक तथा दुःखविमारको सम्भावना छ, यात्रा एवं चलखेलमा र खानपानमा ख्याल पुर्याउन जरुरी छ । केही संघर्ष पर्यो भन्दैमा मानसिक विचलन गरी हाल्न भने पर्दैन, सामान्यतया प्रतिष्ठामा आ“च आउने र केही प्रतिकूल जस्तो देखिएपनि अन्तिम घडीमा केही सफलता पनि मिल्नेछ । तीन अङ्क एवं पहेंलो रङ्गको प्रयोग र सूर्यदेवको भक्ति आज तपाईँको लागि फाइदाकर हुनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन अर्थकर छ । शरीरमा स्फुर्ति र काममा रुचि बढ्ने, स्वजनबाट मद्दत मिल्ने, समस्याको निकास निस्कने र दैनिकी व्यवसायबाट केही लाभ गर्नसकिने छ । आज ठूलो उपलब्धि खोज्नु भन्दा पनि भौतिक कर्म सम्पादनलाई प्रार्थमिकता दिनु बुद्धिमानी हुनेछ । जसबाट पछि लाभ उठाउन सकिनेछ । आँट साहासपूर्वक कुनै कार्यको लागि पूर्वतयारी पूरा गर्ने जस्ता कार्यमा मन दिनु उचित हुनेछ । दुई अङ्क, सेतो तथा ध्वाँसे रङ्गको प्रयोग र सूर्यनमस्कार योग तथा आराधना गर्नु उपयुक्त हुनेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आज दिन अनुकूल ग्रहगोचर परेको छ । तथापि अपेक्षित उपलब्धि भइहाल्न केही कठिनाई देखिएको छ । कठिनाई हटाउन यहाँले कर्मक्षेत्रका इष्टदेवको शक्ति जागरण गर्नुपर्ला । बाँकी पक्षमा दिन सामान्य अर्थकर नै छ, राजनीति एवं समाजसेवामा शर्तमा सहमति गरेर पदप्रतिष्ठा र जिम्मेवारी मिल्नसक्ने देखिएको छ । पारिवारिक सुखसमृद्धि बढ्नेछ । बरिष्ट व्यक्तित्त्वहरुसँग पनि भेटघाट तथा सम्बन्ध सुधारको सम्भावना देखिन्छ । आज यहाँलाई एक अंक, रातो रङ्गको प्रयोग गर्नुको साथै अपेक्षित कार्यमा सफलताको लागि भगवान सूर्यनारायणको श्रद्धाभक्ति गर्नु र मान्यजनको सेवा गर्नु तथा मार्गदर्शन लिनु फापकर हुनेछ ।


कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन मनमा अध्यात्मिक तथा आस्तिक भावना बढ्ने तथा धार्मिक कार्यप्रति उत्प्रेरणा जागृत हुने दिन रहेको छ । समाजसेवा तथा परोपकार आदि कार्यमा पनि संलग्न हुन र प्रतिष्ठा कमाउन सकिने छ । व्यवसायमा पनि लक्ष्मी कृपा हुने ग्रहगोचरको प्रभाव परेको छ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको बारेमा विचार विमर्श हुनेछ । रोकिएर रहेका केही कार्यमा सफलता मिल्नेछ भने जागिरबाट पनि सन्तोष भइनेछ । आज यहाँहरुलाई नौ अंक पहेलो रंग र धार्मिक आश्रम आदिलाई सहयोग शुभ हुनेछ ।

तुला राशिः
तुला राशिहुने हरुको लागि आजको दिन संघर्षजन्य परिस्थितिको सामना गर्नपर्ने खालको देखिएको छ । स्वास्थ्यमा प्रतिकूलता पर्नसक्ने सम्भावना रहेको छ भने कार्यक्षेत्रमा पनि केही अबरोध सृजना हुनसक्ने तथा काम बिग्रनसक्ने छ । जन्मकालमा सम्बन्धित ग्रह प्रतिकूल हुनेहरुको लागि चोटपटक वा विमारको सम्भावना पनि देखिन्छ ख्याल पुर्याउनु पर्ला । धैर्यता र संयमले प्रतिकूल समय टर्न दिनु उचित हुनेछ । अप्रत्यासित रुपमा केही उपलब्धि हुने कुरालाई भने नकार्न सकिन्न । आठ अंक, रातो रङ्गको प्रयोग गर्नु आज यहाँको लागि शुभ रहनेछ भने रोगीको सेवा गर्नुले पनि कष्ट निवारण गर्न मद्दत पुग्नेछ । 
 
वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि रङ्गराग एवं आमोद–प्रमोदको ईच्छा बढाउने गोचर छ । कसैकसैलाई गलतनियत भएको विपरितलिङ्गीको झमेला पर्नसक्ने छ, होस पुर्याउनु जरुरी देखिन्छ । सोँचेजति नभएपनि केहीहद्सम्म व्यवसाय तर्फ उन्नति हुनाले आर्थिक सङ्कलन हुनेछ । औपचारिक कार्यक्रम आदिमा सामेल  हुनपाइने सम्भावना छ । यात्राको पनि योग देखिएको छ तर, सावधानी अप्नाउनु उचित हुनेछ । प्रेमप्रसङ्गमा असमझदारी आउनसक्ने छ । आज यहाँको लागि सात अंक, सेतो रङ्गको प्रयोग गर्नु फापकर हुनेछ भने भगवान हनुमानको स्तुति आराधना गर्नु शुभप्रद हुनेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन मुख्य ठानिएको कार्य पूरा हुन बाधाअड्चन आउने देखिएको छ । रपनि केहीहदेसम्म कार्यक्षेत्रमा सफलता मिल्नेछ । सर्त गरेर विपक्षिलाई सम्झौतामा ल्याउन सकिएला ।  जागिर आदि पेशाको क्षेत्रमा सामान्य अनुकूल रहनेछ । स्वास्थ्यमा आरोग्यता बढ्न गई कान्तिमा बृद्धि हुनेछ भने शारीरिक स्फुर्ति बढ्नाले कामकार्यमा रुचि लाग्नेछ । उद्यम व्यवसायबाट आर्थिक लाभ हुनगई सन्तुष्टि मिल्नेछ । तपाईले भगवान श्री रामको स्तुति गर्नु सुखद हुनेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन ज्ञानक्षमताको प्रयोग गर्ने अवसरले युक्त भएकोले विद्यार्थीहरुको लागि दिन बढी अनुकूल सावित हुनसक्ने छ । आज तपाईको विद्याबुद्धिको मान्छेहरुले प्रशंसा पनि गर्ने छन् । शिक्षण, अध्ययन एवम् लेखनमा राम्रो प्रगति गर्नसकिने छ । सन्तानपक्षबाट पनि आज सकारकात्मक भूमिका निर्वाह हुनेछ ।  व्यवसायिक पक्षपनि मज्बुत बनेर आउनेछ । पाँच अंक, रातो रङ्ग आज यहाँलाई फाप सिद्ध हुनेछ । साथै भगवान सूर्यदेवको श्रद्धाभक्ति गर्नु हितकर हुनेछ । 


कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन पारिवारभित्र तथा स्वजन र छिमेकीसँग असमझदारी बढ्नसक्ने छ । कामकार्यमा अबरोध आइलाग्न सक्ने हुनाले संयम र होसियारी अप्नाउनु बुद्धिमानी हुनेछ । विद्याको घमण्ड गर्दा तथा वाकचतुर्याई गर्न खोज्दा आफैलाई हानी हुने सम्भावना छ ख्याल पुर्याउनु होला । समझदारी हुन गार्हो देखिएकोले बैठक, छलफल तथा वार्ता निस्कर्षहीन हुनसक्ने सम्भावना रहेको छ । दिन विपरित रहेकोले हतारमा होस गुमाउने र फुर्सदमा पछुताउने सम्भावना देखिन्छ, तसर्थ समयमै सावधनी अप्नाएमा सम्भावित पश्चातापबाट बच्नसकिने छ । शङ्काले लङ्का जलाउने जस्तो पर्नसक्छ निकै विचार पुर्याएर व्यवहार गर्नुहोला । धैर्यगर्नाले थोरै भएपनि उपलब्धि हात पार्नसकिने छ ।


मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन पराक्रम बढ्ने ग्रहयोग परेकको छ । अस्वभाविक फुर्तिको सम्भावनालाई पनि नकार्न सकिन्न । महत्त्वपूर्ण काममा आवश्यक तयारी पुग्दा पनि अदृष्य कार्यावरोध हुनसक्ने छ जसको लागि भगवान सूर्यदेवको स्तुती लाभप्रद हुनेछ । उद्यम तथा व्यवसायिक पेशा आदिमा सामान्य लाभ र सन्तोष हुने नै छ । दाजुभाईबीचको सम्बन्धमा सुधार आउने र केही प्रशंसा पनि मिल्ने छ । आज यहाँलाई तीन अंक र निलो तथा हरियो रङ्गको प्रयोग शुभ रहने छ भने दिदीबहिनीलाई उपहार दिनुले पनि विशेष अर्थ राख्नेछ ।
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan