Saturday 20th of October | २०७५ कार्तिक ३ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७४ साल पौष २० गते बिहीवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष २० बिहिबार |
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७४ । नेपाल सं. ११३८ । योग सं. ३८ । पौष महिनाको २० गते बिहीवार ।
अँग्रजी मितिः ई.सं. २०१८ जनवरी महिनाको ०४ तारिख ।
तिथीः दक्षिणायन, हेमन्त ऋतु माघकृष्णपक्षको तृतीया तिथी । 
योगः विष्कुम्भ योग, २१ः४८ बजेपछि प्रिती योग ।
नक्षत्रः तिष्य नक्षत्र, १०ः१६ बजेपछि अश्लेषा नक्षत्र ।
करणः बणिज करण १५ः१२ बजेसम्म उपरान्त भद्रा करण ।
चन्द्रमाः  कर्कट राशिमा ।
काठमाडौंमा सूर्योदयः ०६ः५७ बजे ।
काठमाडौंमा सूर्यास्तः १७ः२० बजे ।
राहुकालः १३ः२६ बजेपछि १४ः४५ बजेसम्म ।
यात्राः  पश्चिम एवं उत्तर दिशाको लागि उपयुक्त ।

आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन बोली व्यवहारमा सावधानी अप्नाउनु पर्ने देखिएको छ । वादविवाद तथा मनमुटाव जन्य अवस्थाको सामना गर्न पर्ने सम्भावना देखिएकोले होसियारी रहनुजरुरी हुनेछ । मानसिक संकिर्णता बढ्नसक्ने र स्वास्थ्यमा पनि केही ह्रास आउनसक्ने छ । थप पारिवारिक समस्यासँग मुकाविला गर्नपर्ने र आँटेताकेको काममा विलम्ब हुने तथा अल्लि बढी प्रयन्त गर्नपर्ने ग्रहगोचरले संकेत गरेको छ । साँझबाट भने केही सुधार आउनेछ । आज यहाँको लागि चार अंक, सेतो रङ्गको उपयोग शुभ हुनेछ भने माँ बगलामुखीको आराधना गर्नु बुद्धिमानी हुनेछ ।

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आज उद्यमकार्य सम्पादन गर्ने दिन छ । पुरुषार्थ बढ्ने र कामकार्यमा निकै मनलाग्ने छ भने विशेष कार्यकोयोजना पनि बन्नसक्ने छ । अभिष्ट सिद्धि तथा स्फुर्तिकर ग्रहयोग परेको देखिन्छ, समयको सदुपयोग गरेर अर्थात उन्मादि फुर्तिलाई संयम गरेर अगाडि बढेमा बा“की रहेको कार्य पूर्ण गर्नसकिने छ भने महत्त्वपूर्ण कार्ययोजना तथा विचारविमर्श हुने र व्यवसायिक लाभ प्राप्त गर्नसकिने छ । आज तपाईँले भैरवदेवको सेवा आराधना गर्नु थप सफलता कारक हुनेछ भने हरियो रंग र तेस्रो क्रमसँख्यालाई ग्रहण गर्नु उपयुक्त हुनेछ ।


मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आज सामान्य अनुकूल देखिएको छ । वाणीमा दोषलाग्न सक्छ, बोलीवचनको व्यवहारमा ख्याल पुर्याउनु होला । व्यवसायिक कार्यमा भने प्रगति नै हुने देखिएको छ तथापि सन्चित धनको अपव्ययलाई भने नकार्न सकिन्न । समाजिक कार्यमा संलग्न हुने मौका मिल्नसक्ने छ । नाता–कुटुम्बिक सम्बन्धमा पनि केही सजग हुन जरुरी छ । परोपकार तथा कसैको काममा जुट्न पर्ने र आफ्नो कार्य थाति रहनसक्ने कुरालाई पनि नकार्न सकिन्न । अनपेक्षित तर्फबाट केही उपलब्धि भने हुनेछ । आज यहाँको लागि दुई अंक, सेतो रंगको प्रयोग शुभ रहने छ भने माँ बगलामुखीको सेवाआराधना गर्नुले अनिष्टदोषलाई हटाउन मद्दत हुनेछ ।


कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन गोचर ग्रहमा केही अबरोध देखिएको छ, त्यसको बाबजुतपनि शारीरिक आकर्षण एवम् मानप्रतिष्ठा बढ्नेछ । व्यवसायबाट आंशिक धनलाभ हुने एवं भौतिक सुख र आफन्तजनबाट प्रशंसा पनि प्राप्ति हुनसक्ने छ । ईच्छित विशेष कार्य पूर्ण होस भन्ने कामना गरी ग्रह अबरोध निवृतिको लागि हनुमानको भक्ति गर्नु उपयुक्त हुनेछ । सामाजिक सेवा सहयोग गर्नु पर्ने तथा जिम्मेवारी थपिनसक्ने छ । मनोरञ्जनात्मक कार्यक्रम आदिमा पनि सरिक हुन पाइनसक्ने छ । नयाँ लगानीको प्रस्ताव आउनसक्ने सम्भावना पनि देखिन्छ । आज यहाँले पितृको नाममा गरीब दीनदुःखीहरुलाई भोजन खुवाउनु वा दान दिनु विशेष शुभकर हुनेछ ।


सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन संघर्षकर प्रतित हुनेछ । हतारि“दा अपव्यय–नोक्सानी नै बढ्ने भएकाले व्यवहारिक कामकार्यमा धैर्यधारण र संयम एवं साबधानी अप्नाउनु बुद्धिमानी हुनेछ । आकस्मिकरुपमा खर्च बढ्ने, काममा दिग्दारी हुनसक्ने, शत्रुहरुले कमजोरी खोज्ने, हतार गर्दा झन खति बढ्नसक्ने छ, संयमित रहनाले र आफ्नो कार्यक्षेत्रमा रत् रहनाले आकस्मिक लाभ हुनसक्ने छ । चुनौति बढ्नसक्ने सम्भावना रहेपनि आत्मबल नगिराई दृढ रहनाले साँझबाट केही सफलता मिल्नेछ । आज तीन अङ्क, पहेंलो रङ्गको प्रयोग र माँ सरस्वतीको श्रद्धाभक्ति एवं पितृको नाममा दानदातव्य गर्नु तपाईँको लागि शुभप्रद हुनेछ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन पेशा तथा व्यवसायको प्रचारप्रसार र प्रख्याति एवं प्रताप बढाउने गोचर योग छ । भूमिका अनुसार आर्थिक सङ्कलन हुनाले मानसिक क्षमता तथा आत्मबल बढ्नेछ । आफन्तहरुसँग भेटघाट हुने र आतिथिहरुको सेवागर्न पाइने छ । दिन सुख एवं आमोदप्रद रहनेछ । सहयोग प्राप्त हुने र शारीरिक उमङ्ग तथा मानसिक उत्साहमा बृद्धि हुनेछ । नयाँ स्थानको यात्रा योजना बन्ने गोचरको संकेत रहेको छ । साँझपखबाट भने गोचर अल्लि प्रतिकूल बन्दै गएकोले खर्च बढ्ने र समस्या थपिनसक्ने छ । आज तपाईले पितृको नाममा दीनदुःखीहरुलाई खुवाउने तथा दान दिनु हितकर हुनेछ ।

तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन अनुकूल गोचरको प्रभावले केही महत्त्वकांक्षा बढ्नसक्ने छ । तथापि दिनलाई अनुकूल नै मान्न सकिन्छ । हैसियत अुनसारको काममा सफलता मिल्नेछ भने व्यापार व्यवसायबाट आर्थिक लाभ गर्न सकिनेछ । केही महत्त्वपूर्ण काम सिद्धि हुनेछ । जन्मदशा अनुसार प्रतिकूल ग्रहको फल भोगिरहेका तथा संघर्ष–अप्ठ्यारोको सामना गरिरहेकाहरुलाई क्षणिक रुपमा भएपनि समस्या टर्नेछ । राजनीति–समाजसेवामा हैसियत अनुसारको पदप्रतिष्ठा प्राप्त हुनसक्ने छ । सामान्यतया सांसारिक मानमर्यादा कायम हुने र प्रख्याति बढ्ने छ । उद्योगधन्दामा देखिएको अड्चन पनि हट्ने छ । आज यहाँले एक अङ्क, रातोरङ्गको प्रयोग र पितृदेवहरुलाई खुशी बनाउने काम गर्नु फापकर हुनेछ ।


वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन कमजोरी खोज्नेहरु सक्रिय देखिने छन् । आफूभन्दा माथिल्लो निकायलाई सिकाय पुग्ने हुनाले कामक्षेत्रमा केही अपयश पनि व्यहोर्न पर्नसक्ने छ । केही असफल चक्रब्यूहको शिकार भइनसक्ने छ तरपनि आत्मबल नगिराइ दृढताको साथमा आफ्नो कर्तव्यबाट विचलन नभएमा अन्ततोगत्त्वा परिणाम आफ्नो पक्षमा ल्याउनसकिने छ । धार्मिक चिन्तन र सदाचरणको अभ्यासले जयतर्फ लैजाने छ । व्यापार व्यवसायको क्षेत्रमा पनि आकस्मिक लाभ हुनसक्ने छ । नौं अङ्क, पहेंलो रातो तथा सेतो रङ्गका वस्तुहरुको उपयोग आज यहाँको लागि फापसिद्ध हुनेछ भने गुरुजनको आर्शिवाद लिनु थप सफलताकर हुनेछ ।


धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन त्यति अनुकूल मान्न नसकिने देखिएको छ । ग्रहको प्रतिकूल अवस्थाले यहाँको स्वास्थ्यमा प्रभाव गर्नसक्ने छ । कार्यक्षेत्रमा पनि संघर्ष बढ्ने तथा अबरोध सृजना हुनसक्ने सम्भावना रहेकोले होसियारी अप्नाउन जरुरी देखिन्छ । संयम नगुमाई धैर्य गर्नाले सम्भावित खतरा टार्नसकिने छ । आहारविहारमा सजगता अप्नाउनु होला । साँझबाट भने केही सुधार आउने छ । आठ अंक, रातो रङ्गको प्रयोग आज यहाँको लागि उपयुक्त रहनेछ भने आफ्नो इष्टदेवको श्रद्धाभक्तिलाई बढाउनु विशेष हितकर हुनेछ ।


मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन दिनभरी विभिन्न सांसारिक एवं रोमान्सको वातावरण आदिले एकखालको रजगुणको दिनचर्या व्यतित हुनेछ । जीवनसाथी वा प्रेमीको सहयोग मिल्ने र व्यवसायिक तथा पेशागत कार्यको उन्नति हुनेछ । पारिवारिक सामाञ्जस्यता बढ्ने र आमोद–प्रमोदपूर्ण दिन चर्या व्यतित हुने देखिन्छ । ससुराली आदिबाट मानसम्मान मिल्ने तथा लौकिक उन्नति गर्नसकिने छ । विशेष स्थानको यात्रा हुनसक्ने पनि गोचरयोगले लक्षित गरिरहेको छ । साँझबाट भने स्वास्थ्यमा मौसमी विमारको सिकायत हुनसक्ने छ । दीर्घरोगीले खानपिन एवम् रहनसहनमा ख्याल पुर्याउनु उचित हुनेछ ।


कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन समय तथा अवसरको सदुपयोग गर्नसकेको खण्डमा अनुकूल एवम् सफल रहनेछ । प्रतिस्पर्धामा सफल भइने छ भने स्वकार्यबाट पनि राम्रो उपलब्धि गर्न सकिने छ । जागिर आदि पेशाको क्षेत्रमा पनि स्याबासी तथा प्रशंसा मिल्नेछ । स्वास्थ्यमा आरोग्यता प्राप्त हुने तथा कान्तिमा बृद्धि हुनेछ । खेलकुद आदि शारीरिक प्रतिस्पर्धात्मक कार्यमा  सफलता मिल्नेछ । विरोधीपक्षसँग आफ्नोपक्षमा सम्झौता गर्न सकिने छ । आज यहाँलाई हरियो रंग, छ अंकको प्रयोग अनुकूल रहने छ भने विपक्षिको सम्मान गर्न जानेको खण्डमा रणनीतिक रुपमा फाइदा लिन सकिने छ ।


मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन केही बाधाब्याबधानको बाबजुत केही उपलब्धिमूलक रहनेछ । प्रयत्न बमोजिमको परिणाम भने नआउनसक्ने गोचर छ । तथापि ज्ञानार्जनको क्षेत्रमा सफलता मिल्नेछ । कसैकसैलाई उन्माद शैलीको विकास हुने सम्भावनालाई गोचरले संकेत गरिरहेको देखिन्छ । आत्मप्रशंसा आसक्तिको मानसिकता बढ्ने र गोपनीयता खुस्कनसक्ने सम्भावना पनि देखिएको छ । विद्याविलास तथा तर्कबलले बढी प्रसय पाउने र वाककलाबाट सर्वसाधारणलाई आकर्षण गर्न सकिए पनि आफ्नै कारणले आफ्नो भौतिककर्ममा अबरोध हुनसक्ने कुरालाई नकार्न सकिन्न । आज तपाईँले शिक्षा क्षेत्र वा विद्यार्थीलाई सहयोग गर्नु शुभकर हुनेछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan