Saturday 24th of February | २०७४ फाल्गुण १२ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हिन्दु जागरण नेपालको नेतृत्वमा पुन: - पं. रामकृष्ण उपाध्याय (हिन्दू जागरण नेपाल र रामकृष्ण उपाध्याय)

हिन्दूत्व संरक्षण तथा धर्मपरिवर्तन बिरुद्ध महाअभियान

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ३० आइतबार |
newsabhiyan
newsabhiyan

दाङ,३० पुस । हिन्दु जागरण नेपालको राष्ट्रिय भेला सम्पन्न भएको छ ।  दाङमा सम्पन्न भएको भेलाले  पुन रामकृष्ण उपाध्यायको नेतृत्वमा निर्बिरोध नयाँ कार्य समिति चयन गरेको छ । दाङको लमहिमा सम्पन्न भएको  सो भेलाले  राष्ट्रियरुपमै चर्चा पाएको थियो ।

नयाँ कार्य समितिमा अध्यक्ष रामकृष्ण उपाध्याय,वरिष्ठ उपाध्यक्ष रामेश्वर धिताल,उपाध्यक्षहरु उमा ढकाल, यम भण्डारी र चेतन संग्रौला ,महासचिव प्रविण रिजाल, कोषाध्यक्ष मुकुन्द नेपाल, सह-सचिव राघव उपाध्याय रहनुभएको छ । त्यसैगरि, केन्द्रिय सदस्यहरु अर्जुन राना, तारा रायमाझी बस्नेत, नारायण विश्वकर्मा, पुष्पराज बोलखे, सपना पौडेल रिजाल, सुनिता गैरे, दिपेन्द्र श्रेष्ठ, योगेन्द्र संगौला, पूर्ण गुरुङ,जगन्नाथ सुवेदी, चित्रकुमार कार्की, सपना रिजाल, महनराज जोशी, घनश्याम प्रेमी, नेत्रसिंह ठकुरी, हेमराज गिरी, मंगल चौधरी, अन्जु बस्याल, रुपा वलीलगायत २३ जना चुनिनुभएको छ । 

हिन्दू जागरण नेपाल र रामकृष्ण उपाध्याय
जसरी पण्डित रामकृष्ण उपाध्यायहरू नेपाली हिन्दूहरूको मान, सम्मान तथा आदर्शहरूलाई राज्यको तहमा पुन:स्थापना गर्न लागि पर्नु भएको छ, नेपालीहरूका लागि राम्रो अवसर हो।

हिन्दू सस्थाहरूको अन्तरकलह र पदीय महत्वकांक्षाले धेरै संस्थाहरू जन्मने र असामयमै मर्ने गरेका छन् | संस्थाहरू जन्मने वित्तिकै विभाजन हुने रोगले वामपन्थीहरूलाई गाँजेको छ, त्यो भन्दा कम हिन्दूहरूका संघसंस्थाहरू छैनन् ।
अहंभावले हिन्दूहरूको आन्दोलन कमजोर भएका हुन् । हिन्दूजागरणले बहुआयामिक क्षेत्रमा काम गर्दै २०७१ मा नेपालका समस्त हिन्दू सनातन धर्मका अनुयायी संस्थाहरूलाई एकठाउँमा ल्याउने प्रयत्न स्वरूप द्विदिवसीय सम्मेलन गर्दा निकै आशा पलाएको थियो | यो काम पनि रामकृष्ण उपाध्यायको सक्रियतामा सम्पादन भएको थियो।

यो महासम्मेलनबाट हिन्दूहरूविच एकताको आशा जागेको थियो तर राजनैतिकदलमा विभाजित हिन्दूवादीहरू पुन: एकठाउँमा रहेर काम गर्न सकेनन् । अझैभन्नु पर्दा पर्दाका पछाडि यो महासम्मेलनलाई समेत अमुक राजनैतिक पार्टीको झन्डामा राख्ने प्रयत्न भयो । फलत: महासम्मेलनको अस्तित्व नै संकटमा छ। महासमिति (सनातन धर्म मोर्चा)लाई पण्डित रामकृष्ण उपाध्यायले राजनैतिक प्रभावबाट मुक्त राख्न किने प्रयत्न गर्नुभयो तर सक्नु भएन ।

हिन्दू जागरणको नाम आज नेपाली समाजमा सबैभन्दा परिचित गैर-राजनीतिक छवि भएको रूपमा छ। यो पहिचानले हिन्दूहरूमा एकताको लागि सजिलो भनाएको छ। विश्वभरिका हिन्दूहरू नेपालमा कसैले हिन्दूहरूका सवालमा बलियो प्रतिनिधित्व गर्छ भने त्यो हिन्दू जागरण र प. रामकृष्ण उपाध्याय नै हुन् भने विश्वास गर्न थालेका छन् ।

भित्रितहमा हिन्दूजागरण नेपालका लागि अझै पूर्णकालीन कार्यक्रताको खाँचो छ। दीगो आर्थिक स्रोत. समर्पित कार्यक्रता तथा स्पस्ट अवधारणा हिन्दू जागरणका लागि अझैं पनि आवश्यकता छ। उद्देश्य स्पस्ट छन् तर समर्पित कार्यक्रताहरूको अझै आवश्यकता छ।

गौहत्या होस् अथवा हिन्दूत्वका सवालमा सरकारले वा गैरसरकारीस्तरबाट गरिएका उपेक्षाले हिन्दूहरूको चित्त दुखेको छ । समयसमयमा पण्डित रामकृष्ण उपाध्यायको दृढसंकल्पले विभिन्न कार्यक्रमहरू सम्पादित हुँदै आएका छन्। अन्य हिन्दूवादी संस्थाहरू त्यति सक्रिय देखिन्नन्।

मलाई लाग्छ, हिन्दू जागरण नेपालको नेतृत्व असल व्यक्तिको हातमा छ। केन्द्रीय समितिमा युवाहरूको खाँचो छ, जसले श्रीउपाध्यायको संकल्पलाई क्रियामा रुपान्तरित गर्न सकोस् ।

नेपाल र नेपालीहरूका लागि अहिलेको सबैभन्दा ठूलो समस्या गरिवी र धर्मपरिवर्तन । विदेशीहरूले पैसाको बलमा नेपालीहरूलाई धर्मपरिवर्तन गर्न र पुन: धर्मपरिवर्तनको पेशा गर्न वाध्य परिरहेका छन्। धर्मपरिवर्तनले नेपालको अस्तित्व नै न रहने खतरा बढिरहेको छ । पं.रामकृष्ण उपाध्यायले आफ्नो क्रान्तिकारी प्रचनमा धर्मपरिवर्तनकारी शक्तिहरू विरुद्ध गरेको प्रहार धेरैले मन पराएका छन् |

श्रीउपाध्यायका भाषणहरू कहिलेकाहीं उग्र सुनिए पनि वर्तमान नेपाली समाजले धर्मपरिवर्तनका कारण भोगिरहेका समस्याहरूको विषयमा राम्रो उठान गर्छ | हिन्दूहरूलाई आफ्नो धर्म, संस्कृति तथा सभ्यताको लागि सजग रहन प्रेरित गर्छन् । नेपालीहरूका लागि यो असल अवसर हो ।

मान्छेमा कमिकमजोरी हुन्छन् । मान्छेका रूपमा पं. उपाध्यायमा पनि कमी होलान् तर असल मान्छेहरू असल कार्यमा ध्यान दिन्छन् । हिन्दूजागरण नेपालका माध्यमबाट उहाँले गरेको हिन्दू जागरणको प्रयास उहाका कमजोरीहरू भन्दा बढी महत्वपूर्ण छन् ।

दोषी चस्मा भएकाहरू दोष खोज्दछन् भने गुणी चस्मा भएकाहरू एकान्तमा दोषहरूको जानकारी दिएर असलकार्य गर्ने उत्प्रेरित गर्छन् । तर शरीरमा देखिएको एउटा सानो सेतो दागले "कोढ़ी"का रूपमा मान्छे निदिंत भएझैं नेतृत्वले आफुलाई सधैं सजग भएर निर्दोष राख्ने प्रयत्नशील हुनुनैपर्छ ।

हिन्दूत्व संरक्षण तथा धर्मपरिवर्तन बिरुद्धको महाअभियानमा एकजुट हौं: केन्द्रिय सदस्य अर्जुन राना

नेपालको साझा संस्कृतिक पहिचान र राष्ट्र निर्माण र एकताकोलागी आवश्यक सामाजिक संरचनाहरुमध्य एउटा बलियो पिल्लर हिन्दूत्वको संरक्षणकोलागी जुनसुकै दलमा आबद्ध भएपनी हिन्दू जागरण नेपालमा सदस्यभै विशुद्ध गैर(राजनितिक हिन्दू आन्दोलन फेरी शुन्यबाट शुरु गरी निष्कर्षमा पुर्‍याउन एकजुट हुन रानाले आवहान गर्नु भएको छ ।
 
धर्म, संरक्षण गर्ने विषय हो, राजनिती गर्ने हैन। हामिहरुले भोगी सक्यौं कि धर्मलाई राजनिती मार्फत मागिखाने भाँडो बनाउनेहरुले धर्म संरक्षणको लागी सिंको पनि भाँचेनन्, त्यसैले अब नेताहरुलाई विश्वास नगरौं। हिन्दू जागरण नेपालको पहलमा मोर्चाहरुपनी गठन भए, धेरै गुरुहरुलाईपनी अगाडी सारियो तर ूहिमालय देखी ईन्दु सरोवर सम्म घमण्ड, अहंकार, रिसराग, लोभ, ईर्ष्या जस्ता हिन भावनाबाट दुर हिन्दूू भन्ने तर गुरुहरुले आफ्नो व्यक्तित्वमा त्यो प्रदर्शन गर्न नसकेको कारण र मुसा प्रवृत्तिको कारण असफल भए,रानाको ठम्याइ रहेको छ ।
 
मार्क्सले दिएका ूधर्म अफिम होू भन्ने संज्ञा र युरोपमा पन्थनिरपेक्षता दुईटैको कारण ईसाईहरु नै हुन र त्यो सनातन हिन्दू धर्ममा लागु पनि हुँदैन र हिन्दूत्वले सह(अस्तित्व स्विकार्दै कहिल्यै राज्यको निती र बिकास निर्माणको कार्यमा अवरोध गरेकोपनी छैन, कुनै धर्म मान्न अवरोध गरेको पनि थिएनरछैन र अतिवाद प्रदर्शन गरी कसैमाथी आक्रमण गरेको पनि छैन।
 
खराब व्यक्ती र प्रवृत्तिको हालिमुहालिको लागी केहि गर्नु पर्दैन, असल मान्छेहरु चुप लागेर बसे पुग्छ। उदाहरण हाम्रै अगाडी छ डा। केसी प्रकरणको रुपमा। र असल कार्यको दमन गर्दा टिकापुर काण्ड गराउनेहरुको मनोबल बढेकोपनी हामिले प्रत्यक्ष देखिसकेका छौं।
 
अब धर्मद्वारा समाजिक रुपान्तरण गर्दै, असल समाज र समृद्ध राष्ट्र्, स्वच्छ र उदाहरणिय न्यायपालिका, जनताप्रती उत्तरदायी र जवाफदेही कार्यपालिका र सुशासनप्रती समर्पित व्यवस्थापिकाको लागी गैर-राजनितिक हिन्दू जागरण नेपाललाई सहयोग गर्न न्यूज अभियान डट कम मार्फत पुन आग्रह गर्न चाहान्छु । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan