Friday 17th of August | २०७५ भदौ १ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्टान्र्डड चार्टड बैंक खस्कँदै: 'प्रतिकित्ता सेयर मुल्य पछिल्लो नौ बर्षमा नौ हजारबाट एक हजार'

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ ३ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३ माघ । बहुुराष्ट्रिय कम्पनी स्टान्र्डड चार्टड समुहको प्रमुुख लगानी रहेको स्टान्र्डड चार्टड बैैंक नेपालको बित्तीय अवस्था निरन्तर खस्कंदै गएको छ । बैंकको कर्जा तथा निक्षेपमा खासै सुधार आउन सकेको छैन भने सेयर मुल्य निरन्तर घट्दै गएको छ ।

अहिले स्टान्र्डड चार्टड बैंकको प्रतिकित्ता सेयर मुल्य एक हजार १३ रुपैयाँ रहेको छ । आज भन्दा नौ बर्षअघि चार्टड बैंकको प्रतिकित्ता सेयर मुल्य नौ हजार दुुई सय रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुंजी चार अर्ब ५७ लाख १५ हजार रुपैयाँ रहेको चार्टड बैंकले सत् प्रतिसत बोनस सेयर बितरण गरेर नेपाल राष्ट्र बैंकले तोकेको न्युुनतम चुक्ता पुंजी आठ अर्ब रुपैयाँ पुर्याउने तयारी गरेको छ ।

तर चुक्ता पुंजी आठ अर्ब रुपैयाँ पुर्याएपनि बैंकको बित्तीय अवस्था भने बिगतको तुुलनामा क्रमश खस्किंदै गएको छ । बिसं २०६५ साल साउन सात गते स्टान्र्डड चार्टड बैंक नेपालको सात हजार रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको थियो ।

सोही  बर्षका असोज १९ गते बैंकको प्रतिकित्ता नौ हजार दुुई सय रुपैयाँमा सेयर किनबेच भएको थियो । यसैगरी बिसं २०६६ साल साउन ३२ गते बैंकको प्रतिकित्ता सेयर छ हजार एक सय ८६ रुपैयाँमा किनबेच भएको थियो भने सोही बर्ष असोज १९ गते  पाँच हजार चार सय रुपैयाँमा सेयर किनबेच भएको थियो ।

यसैगरी बिसं २०६६ साल पुस १२ गते बैंकको तीन हजार पाँच सय ५० रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको थियो ।

२०६७ साल जेठ १६ गते बैंकको ३४०० रुपैंयामा प्रतिकित्ता सेयर किनबेच भएको थियो भने २०६८ साल भदौ २८ गते १३ सय २५ रुपैंयामा प्रतिकित्ता सेयर किनबेच भएको थियो । यो अवस्थालाई हेर्दा स्टान्र्डड चार्टड बैंकको बित्तीय अवस्था निरन्तर खस्कंदै गएको छ ।

बैंकको बित्तीय अवस्था कमजोर हुुँदै गएकाकारण चार्टड बैंकका पुराना सेयरधनीहरुले सेयर बेच्दै अन्य राम्रा संस्थाहरुको सेयर खरिद गर्न थालेका छन् भने राम्रा निक्षेपकर्ता ग्राहकहरु पनि चार्टड बैंकमा राखेको निक्षेप निकाल्दै अन्यत्र स्थानान्तरण गर्न थालेकाछन ।

त्यहीकारण पनि पछिल्लो समय स्टान्र्डड चार्टड बैंकमा निक्षेप बढ्न नसकेको हो । बैंकको व्यवस्थापन खर्च उच्च रहेको भएपनि निक्षेप र कर्जामा सुधार नआउँदा बैंकको व्याज आम्दानी घट्दै गएको छ । सोही आधारमा बैंकको खर्च बढ्दा खुुद नाफा बढ्न सकेको छैन । यसले गर्दा बैैंकले बितरण गर्ने लाभांस पनि कम हुुदै गएपछि स्टान्र्डड चार्टडका सेयरधनीहरु निरास बन्दै गएका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan