Friday 17th of August | २०७५ भदौ १ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भारतद्वारा अग्नी–पाँचौँ ब्यालिस्टक क्षेप्यास्त्रको सफल परीक्षण

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ ४ बिहिबार |
newsabhiyan

नयाँ दिल्ली, भारत, ४ माघ (रासस÷सिन्ह्वा) : भारतले बिहीबार अग्नी–पाँचौँ नामक अन्तर्महादेशीय ब्यालिस्टक क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ ।

उक्त क्षेप्यास्त्रको प्रहार क्षमता पाँच हजार किलोमिटर भन्दा बढी रहेको बताइएको छ । “भारतको पूर्वी राज्य उडिसास्थित सामुद्रिक क्षेत्रबाट अग्नी–पाँचौँको सफल परीक्षण भएको छ, ” भारतीय रक्षा मन्त्री निर्मला सितारमणलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

अग्नी पाँचौँको परीक्षणसँगै भारतले रणनीतिक प्रतिरक्षा कमाण्डमा अर्को कोशेढुङ्गा थपिएको बताइएको छ ।
छोटो दुरीका क्षेप्यास्त्र ‘पृथ्वी’, ‘ धनुष’ बाहेक भारतले लामो दुरी प्रहार गर्नसक्ने ‘अग्नी–प्रथम’, ‘अग्नी –द्वित्तीय,’ र ‘अग्नी–तृत्तीय’ को सफल परीक्षण गरिसकेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan