Monday 22nd of October | २०७५ कार्तिक ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७४ साल माघ ५ गते शुक्रवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ ५ शुक्रबार |
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७४ । नेपाल सं. ११३८ । योग सं. ३९ । माघ महिनाको ५ गते शुक्रवार ।
अँग्रजी मितिः ई.सं. २०१८ जनवरी महिनाको १९ तारिख ।
तिथीः उत्तरायण, शिशिर ऋतु माघशुक्लपक्षको द्वितीया तिथी, १०ः५६ बजेपछि तृतीया तिथी  । 
योगः सिद्धि योग, १०ः३९ बजेपछि व्यतिपात योग ।
नक्षत्रः धनिष्ठा नक्षत्र ।
करणः कौलव करण १०ः५६ बजेसम्म उपरान्त तैतिल करण ।
चन्द्रमाः  मकर राशिमा, १३ः२२ बजेपछि कुम्भ राशिमा ।
काठमाडौंमा सूर्योदयः ०६ः५७ बजे ।
काठमाडौंमा सूर्यास्तः १७ः३२ बजे ।
राहुकालः १०ः५५ बजेपछि १२ः१४ बजेसम्म ।
यात्राः  राहुकाल र अशुभबेला छाडी, शुभमुहूर्त पारी अग्नि एवं नैऋत्य दिशाको लागि उपयुक्त ।

आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन ईज्जत प्रतिष्ठा एवम् प्रख्याति बढ्ने देखिएको छ । पेशा एवम् व्यवसायिक क्षेत्रबाट राम्रो लाभ गर्नसकिने छ । तार्किक क्षमता बढ्ने र प्रतिस्पर्धामा सफलता मिल्नेछ । सन्तानको पक्षबाट पनि सन्तोष प्राप्त हुने र अधुरा रहेका कामहरुलाई पूरा गर्नसकिने छ । प्रेम वा विवाह प्रस्ताव आउनसक्ने पनि सम्भावना छ । व्यापारिकहरुको लागि दिन बढी उपलब्धिकर हुनसक्ने छ । आज तपाईले दुई अङ्क, सेतो रङ्गको प्रयोग र माँ इन्द्रायणीको भक्ति तथा दर्शन गर्नु उपयुक्त हुनेछ ।


वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन धर्मकर्म एवं सामाजिक सद्भावलाई विकास गर्ने गराउने  ग्रहगोचर परेको छ । औपचारिक आदि कार्यमा सहभागी हुनपर्ने सम्भावना छ । सहयोगीहरुसँग भेटघाट हुनपाइने, शुभसमाचार सुन्न मिल्ने तथा नयाँ साथी बनाउन पाइने ग्रहको भूमिका छ । पेशा एवम् व्यवसायिक क्षेत्रबाट राम्रो लाभ गर्नसकिने छ । प्रेम वा विवाह प्रस्ताव आउनसक्ने पनि सम्भावना छ । व्यापारिकहरुको लागि दिन बढी उपलब्धिकर हुनसक्ने छ । मानसम्मानमा वृद्धि हुनेछ । आज तपाईको लागि माँ इन्द्रायणीको भक्ति तथा दर्शन गर्नु उपयुक्त हुनेछ ।


मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन मध्याह्नसम्म गोचर प्रतिकूल नै छ । अपजश तथा दुःखकष्ट झेल्न पर्नसक्ने छ । जनव्यवहारमा सावधानीपूर्वक भूमिका निर्वाह गर्नु पर्नेछ । दीर्घरोगीहरुले खानपान अल्लि बढी ख्याल पुर्याउनु पर्ने छ । उपरान्तबाट केही सुधार आउने र स्वास्थ्यमा सुधार तथा रोकिएका कार्य अघि बढाउन सकिने छ । प्रतिष्ठामा आएको आ“च पूरा गर्नसकिनेछ । धर्मकर्मप्रति रुचि बढ्ने छ । अपजश दिने र कमजोरी खोज्नेहरु भने सक्रिय भएपनि स्वधर्ममा रहनाले अन्तमा यहाँकै वचस्व स्थापित हुनेछ । माँ इन्द्रायणीको सेवा श्रद्धा तथा उपाशना तपाईको लागि आज फापकर हुनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन विशेष कामकार्य सम्पादन गर्नु छ भने गरिहाल्नु बुद्धिमानी हुनेछ । मध्याह्न उपरान्त गोचरग्रह अल्लि प्रतिकूल हुने लक्षण देखिएको छ । त्यतिञ्जेलसम्म पेशा तथा व्यवसायिक क्षेत्रमा सफलता हातपार्न सकिने छ । दाम्पत्य एवं प्रेमजीवन पनि सहज बन्ने छ । मनोरम क्षेत्रको भ्रमण तथा घुमघाम हुनसक्ने छ । मध्याह्नबाट भने स्वास्थ्यमा प्रतिकूलता आउनसक्ने सम्भावना रहेको छ । आहारविहार र कामकार्यमा जुट्दा तथा यात्रा गर्दा ख्याल पुर्याउनुहोला । अबरोध आउनसक्ने र कमजोरी खोजेर बसेकाहरु सलबलाउन सक्नेछन् । माँ भुवनेश्वरीको श्रद्धाभक्ति एवं दर्शनले प्रतिकूलतालाई कम गर्न मद्दत हुनेछ । 


सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन पूर्वखण्डमा यद्यपि केही अड्चनको सामना गर्नुपर्ने देखिन्छ र पनि पुरुषार्थकर देखिएको छ । कामकार्य एवं व्यवहारिक क्षेत्रमा तपाईँको प्रस्तुति उमङ्गिलो रहनेछ । स्वजनबाट सहयोग मिल्नेछ भने प्रतिस्पर्धामा विजय भइने र व्यापार एवम् व्यवसायबाट आकस्मिक रुपमा धन लाभ गर्न सकिने छ । उत्तरखण्डमा प्रमोदी दिन एवं रात्रिचर्या बढ्ने गोचर छ । केही दोषको बाबजुत दाम्पत्य सुख एवम् प्रेमसम्बन्ध अघि बढ्नेछ । यात्रा एवम् मनोरञ्जनजन्य वातावरणको संयोग जुट्ने छ । आज तपाईँले काममा आउने अड्चनलाई हटाउन भगवान भैरवदेवको स्तुति आराधना गर्नु र कन्यालाई उपहार दिनु बुद्धिमानी हुनेछ ।  


कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन अनुकूल मान्न सकिन्छ । बिहानी समयमा ज्ञानविज्ञानको क्षेत्रमा सफलता मिल्ने छ, सैद्धान्तिक पक्ष पनि बलियो रहनेछ । मध्याह्नबाट क्रमशः स्वास्थ्यमा आरोग्यता बढ्ने तथा कान्तिमा बृद्धि हुनेछ साथै शत्रुपक्षलाई झुकाउन सकिनेछ । अवसर तथा समयको सदुपयोग गर्न खोजेमा प्रतिस्पर्धामा सफलता हात लाग्नेछ । जागिर आदि कार्य क्षेत्रमा स्याबासी एवं प्रशंसा मिल्ने छ भने अन्य पेशा तथा व्यवसायबाट आर्थिक लाभ गर्न सकिने छ । आज यहाँको लागि हरियो रङ्ग, छ अङ्कको उपयोग अनुकूल रहने छ भने माँ सन्तोषीको पूजा आजा एवम् भक्तिभाव शुभप्रद हुनेछ ।


तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन मध्यान्हसम्म बोली व्यवहारमा सावधानी अप्नाउनु पर्ने जरुरी देखिन्छ । अत्यावश्यक विषयमा मात्रै जोड गर्ने तथा सावधानीपूर्वक कामकार्य सम्पादन गर्नेगर्नु बुद्धिमनी हुनेछ । धैर्यतापूर्वक स्वकर्ममा तल्लिन रहनाले अप्रत्यासित उपलब्धि हुनसक्ने पनि देखिएको छ । मध्यान्हपछि भने ग्रहगोचरमा केही सुधार आउने छ । रपनि ज्ञानाभिमान बढाउन सक्ने सम्भावना छ ख्याल गर्नुपर्ला । आफ्नो कोसिसले विद्याबुद्धिमा सुधार ल्याउन सकिनेछ । विद्यार्थीवर्गले दिनको फाइदा लिनसकिने छ । छोराछोरीको बाटोबाट पनि सहयोग र सन्तुष्टि लिनसकिने छ । पाँच अंक, रातो रङ्गको प्रयोग यहाँको लागि उपयुक्त हुनेछ भने भैरवदेवको दर्शनभक्ति तथा श्रद्धाउपाशना गर्नु फलप्रद हुनेछ ।


वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन मध्यान्हसम्मको समय सामान्यतया ठिकै रहेपनि उपरान्त त्यति अनुकूल मान्न अल्लि नसिकने ग्रहगोचर छ । मुख्य तथा अपरिहार्य कार्यलाई पूर्णता दिनुपर्ला । क्रमशः जनव्यवहारमा तपाईको भूमिकाको तालमेल नमिल्न पनि सक्नेछ तसर्थ सावधानी अप्नाउनु जरुरी हुनेछ । केही संघर्षको अनुभूति हुनसक्ने भएकोले हतारमा भन्दा धैर्य र बुद्धिमानीपूर्वक व्यवहार गर्नुपर्ला । सम्भावित वादविवादबाट बच्नको लागि अत्यावश्यक सरोकार मात्रै राख्नु उचित हुनेछ । संघर्षबाट विचलित नभई स्वकर्ममा तल्लिन रहनाले केही उपलब्धि गर्नसकिने छ ।चार अंक, सेतो तथा उज्यालो रङ्ग शुभ हुनेछ भने आज यहाँको लागि मातृसेवा फापसिद्ध हुनेछ ।  


धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन सामान्यतया ठिकै मान्न सकिन्छ । शारीरिक एवम् मानसिक शक्ति बढ्ने र कामप्रति ईच्छा पनि बढ्नेछ । केही बढी ईच्छा गरिएको काम बनाउन सकिने छ । शारीरिक एवम् मानसिक जाँगर बढेर आउने र रोकिएर रहेको काम पूरा गर्ने मौका मिल्नेछ । सहयोगीहरु जुट्ने र इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पाइनेछ । बन्धुबान्धवबीचको सम्बन्धमा सुधार आउनेछ भने सहकार्यको लागि प्रस्ताव पनि आउनसक्नेछ । पेशागत क्षेत्रबाट आर्थिक उपार्जन गर्न सकिनेछ । आज तपाईको लागि भगवान श्री भैरवदेव र माँ भुवनेश्वरीको सेवा श्रद्धा तथा स्तुति गर्नु हितप्रद हुनेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन सामान्य अनुकूल देखिएको छ । बोलीवचनको भूमिकामा ख्याल पुर्याउन जरुरी देखिन्छ । सन्चित धनको अपव्ययको पनि सम्भावना देखिएको छ । तथापि व्यवसायिक कार्यमा प्रगति र खर्चको बाबजुत पनि आर्थिक सङ्कलन हुने पनि योग छ । परोपकार एवम् समाजिक सेवामा संलग्न हुने मौका मिल्नसक्ने छ । नाता–कुटुम्बिक सम्बन्ध विस्तार हुनेछ । आज यहाँको लागि दुई क्रमसँख्या र सेतो रङ्गको उपयोग उपयुक्त रहने छ भने माँ सन्तोषीको श्रद्धाभक्ति हितप्रद हुनेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन पूर्वार्धको समय सामान्यतया संघर्षकर महसूस हुनेछ । सम्पादन गर्न खोजिएको कामकार्यमा अल्लि बढी दिग्दारी हुने तथा झमेला व्यहोर्नपर्ने हुनसक्ने छ । मध्याह्नबाट भने क्रमशः सुधार आउने र कामकार्यमा सफलता मिल्ने छ । मनोनुकूल वातावरण बन्ने र मनोकामना पूर्ण हुनेछ । प्रशंसा मिल्ने हुनाले कामकार्यमा उत्साह बढ्ने एवम् खुशी र उमंगको वातावरण छाउनेछ । निमन्त्रणा तथा स्वागत सत्कारको अवसर एवम् कोसेली अािद पनि मिल्नसक्ने सम्भावना देखिएको छ । सहयोगी भेटिने र व्यापार एवम् व्यवसायिक कार्यबाटराम्रो फाइदा उठाउन सक्नुहुनेछ । माँ इन्द्रायणीको स्तुति तथा साधना आज यहाँको लागि विशेष फलप्रद हुनेछ ।

मीन राशिः
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन पूर्वखण्डमा काम होला होला हुने तर भइहाल्न कठिन पर्ने हुनसक्ने देखिएको छ । दैनिकी पेशा एवं व्यवसायिक कार्यमा पनि साविकको उपलब्धि हुन गाह्रो देखिएको छ । मध्याह्नपछि भने भएन भनेर छाडेको काम पनि बन्नसक्ने सम्भावना छ । नसोँचेको काम बनेर आश्चर्य पनि पर्नसक्ने छ । आकस्मिक आयको बाबजुत खर्चको पनि उतिकै सम्भावना रहेको कुरालाई नकार्न सकिन्न । आज तपाईको लागि विद्वान गुरुजनबाट आर्शिवाद लिने र माँ भुवनेश्वरीको स्तुति गर्ने गर्नु शुभकर हुनेछ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan