Monday 22nd of October | २०७५ कार्तिक ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

महेन्द्र राईको संगीतमा ‘तिमीले छाडी गएपछि, हाम्रो नाता टुटेपछि भन्दै निराश गायिका मेलिना

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ ५ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । नेपाली संगीत क्षेत्रकी चर्चित गायिका मेलिना राईले धेरै वटा रमाईला र स्रोतालाई नचाउने गीत गाएकी छिन् । तर शुक्रबार उनको नयाँ सेन्टिमेन्टल गीतको भिडियो सार्वजनिक भएको छ ।

मिठो स्वरकी धनी गायिका मेलिना निराश भावमा गाउँछिन्

‘तिमीले छाडी गएपछि, हाम्रो नाता टुटेपछि….।’

मेलिनालाई यस्तो सेन्टिमेन्टल भावको गीत गाउन लगाएका हुन् संगीतकार महेन्द्र राईले । गायन र संगीतमा सक्रिय राईले सिमन बान्तवा राईको शब्दमा संगीत भरेका छन् ।

बिनय केटुको संयोजन गरेको गीतको भिडियो भने अमेरिकाको मिचिगन सिटीमा छायाँकन भएको हो ।

सुरेश घोन्डे गुरुङको निर्देशन रहेको भिडियोमा निर्देशक गुरुङसहित बेदी क्षेत्री र विज्ञ गुरुङको अभिनय छ ।

सुमन घोन्डे गुरुङ र सुकराज माओको छायाँकन रहेको भिडियोको सम्पादन निर्देशक गुरुङले नै गरेका हुन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan