Saturday 24th of February | २०७४ फाल्गुण १२ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चितवनमा फोर्स कम्पनीको ट्राभलर रोयल डिलक्स बस सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ ६ शनिबार |
newsabhiyan
newsabhiyan

चितवन , माघ ६ । चितवनको बजारमा पहिलो पटक फोर्स कम्पनीको ट्राभलर रोयल डिलक्स बस सार्वजनिक गरिएको छ । पर्यटकहरुलाई लक्षित गरेर निर्माण गरिएको बस आज एक समारोहका विच चितवनको पर्यटकीय नगरी सौराहामा रहेको होटलजंगल सफारीमा आयाम ईन्टर कन्टीनेटलका प्रबन्ध निर्देशक राजन लम्साल र रेयान मोर्टस् चितवनका अध्यक्ष यज्ञ प्रसाद पौडेलले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

आज देखी बिक्री शुभारम्भ भएको फोर्स ट्राभलर रोयल बस ” सार्वजनिक गरियो कन्टीनेटलका प्रबन्ध निर्देशक राजन लम्साल भने यो बस निकै राम्रो स्टाइल साथै अत्यन्त आरामदायी छ । एअर सस्पेन्सन युक्त यस गाडीमा शक्तिशाली विएसआईआईआई इन्जिन रहेको छ साथै जी बत्तिस फाएब स्पिड मर्सिडिज लाइसेन्स सिक्रोमेस गिएर बक्स सहित आर्कषण मोडलमा रहेका छ । रिक्लाइनिगं ब्याक रेस्ट सिट ,प्रत्येक सिटमा एयर कन्डिसनको भेन्ट ,सिट बेल्ट, मोबाइल ÷ल्यापटप चार्जर पोइन्ट ,प्लेनमा जस्तै छुट्टाछुट्टै रिडिङ्ग ल्याम्पका साथै एविएस तथा ईविडी जस्ता आधुनिक सुरक्षा प्रणालीहरुसमेत यसमा जडित भएको कुरा उनले बताए ।

उक्त कार्यक्रममा फोर्स मोटर्स लिमिटेडका अन्र्तराष्ट्रिय सेल्स म्यानेजरसुनिल सिहले गाडीको विशेषता तथा कम्पनीका बारेमा प्रस्ट्याएका थिए । फोर्स कम्पनीका गाडी हरु विश्व विख्यात जर्मनी ब्राण्ड मर्सिडिज इन्जिन लाइसेन्स प्राप्त तथा भारतमा निर्माण भएकाले यसको विस्वसनियता हेरेर यसलाई नेपालमा भित्राएको समेत जानकारी गराए ।

फोर्स कम्पनीका गाडी हरु विगत १५ बर्ष देखी नै नेपालमा आयात हुदै आएको तर विगतका आयात कर्ताले ग्राहकहरुलाइ बिक्री पछिको सेवा सुविधा राम्रो उपलब्ध नगरायकोले विगत ३ बर्ष देखी आफनो कम्पनीले आयात गर्न थालेको बताए । यस कम्पनीको ट्रयाक्स भनेर चिनीने जिप तथा पिक–अपहरु नेपालमा पहिले देखी नै लोकप्रिय रहेको समेत उहाले जानकारी गराए ।

नेपालका लागि आधिकारिक आयतकर्ता आयाम इन्टरकन्टिनेटल प्रा.लि रहेको छ । भने चितवनमा रेयान मोर्टस् आधिकारी विक्रेता रहेको छ । फोर्स गाडीको नयाँ तथा पुराना उपभोक्ता लाई विक्रि तथा विक्रि पछिको सेवा चुस्त दुरुस्त हुने प्रतिवद्धता रेयान मोर्टस्का अध्यक्ष सुवेदी व्यक्त गरेका थिए ।

पर्यटकीय नगरी चितवन सगैँ सौराहालाई आधुनिक मात्र हैन वातावरण मैत्री शहरको रुपमा विकास गर्नुपर्ने सबैको जिम्मेवारी रहेकोमा सोही अनुकुलका सवारीसाधन हरु यस शहरमा आयात भई विक्रीवितरण हुनु खुशीको कुरा भएको भन्दै अहिलेको युग सहाँउदो सुविधा सम्पन्न तथा आधुनिक सुरक्षा प्रणालीहरु जडित सार्वजनिक सवारीसाधनको विक्री वितरण को सुरुवात भएकोमा खुशी पनि व्यक्त गरे ।

५८ लाख रुपैयाँ पर्ने सो बस बिक्री शुभारम्भको अवसरमा एक हप्ता सम्म खरिद गर्न आएका ८ आठ लाख रुपैयाँ सम्म छुट दिन सक्ने कम्पनीले जनाएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan