Saturday 24th of February | २०७४ फाल्गुण १२ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुतेकै अवस्थामा एक युवक मृत फेला

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ ६ शनिबार |
newsabhiyan

प्रनिश थापा , चितवन , ६ माघ  । चितवनको भरतपुर महानगरपालिका–१३ स्थित उजेलीनगरमा सुतेकै अवस्था मा एक व्यक्ति मृत फेला परेका छन् ।

बिहीबार राती आफ्नै घरको कोठामा सुतिरहेका बेला ३३ बर्षीय किरण महतो राती ८ बजे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । खाटमा सुतिरहेका उनलाई बोलाउन खोज्दा नबोलेपछि प्रहरीलाई खबर गरिएको परिवारको भनाइ उद्धृत गर्दै चितवन प्रहरीले जनाएको छ ।

राती घटना भएकाले रातभर प्रहरी घटनास्थल मै बसेको र बिहान मात्रै मुचुल्का उठाएको प्रहरीले जानकारी दिएको छ । मृतकको घाँटीमा डामजस्तो देखिएको पनि मृत्युको यकिन कारण भने खुलेको छैन । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan