Sunday 27th of May | २०७५ जेठ १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

परीक्षा पास भएका डेढ लाख सेवाग्राहीले पाएनन् ‘स्मार्ट कार्ड’

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ ६ शनिबार |
newsabhiyan

ललितपुर, ६ माघ (रासस) ः यातायात विभागअन्तर्गतको वाग्मती अञ्चल कार्यालयबाट सवारी अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा पास भएर राजस्व बुझाएका डेढ लाख सेवाग्राहीले स्मार्ट सवारी चालक प्रमाणपत्र कार्ड पाएका छैनन् ।

पहिले वाग्मती अञ्चल कार्यायलयबाट मात्रै स्मार्ट कार्ड वितरण हुने गरेकामा अरु अञ्चल कार्यालयबाट समेत सेवा शुरु भएपछि मेसिनको क्षमता पर्याप्त नभएको कार्यालयका प्रमुख तेजनारायण यादवले बताउनुभयो । विभागको अहिलेको क्षमताअनुसार सेवाग्राहीले परीक्षा पास गरेको छ महिना पछि कार्ड पाउन सक्छन् ।

विभागले छापेको कार्ड अञ्चल कार्यालयले वितरण गर्दै आएका छन् । अरु अञ्चल कार्यालयमा गत असारबाट सेवा शुरु भएको थियो । पहिले वाग्मती अञ्चल कार्यालयमा मात्रै स्मार्ट कार्डको वितरण हुँदा सेवाग्राहीले राजस्व तिरेको एक÷डेढ महिनामा चालक अनुमतिपत्र पाउने गर्दथे । १४ वटै अञ्चल कार्यालयले स्मार्ट अनुमतिपत्र शुरु भएपछि सेवाग्राहीले कार्ड हातमा लिन लामो समय कुर्नु परेको हो । उहाँले भन्नुभयो, “सेवा अन्यत्रबाट पनि शुरु भयो तर मेशिन थप नभएकाले समय लागेको हो ।”

परीक्षा पास भएको लामो समयसम्म पनि कार्ड नपाएका दैनिकजसो कार्यालयमा गुनासो गर्न आइपुग्ने प्रमुख यादव बताउनुहुन्छ । उहाँले भन्नुभयो, “कार्ड प्रक्रियामा रहेका झण्डै डेढ लाखमध्ये ४÷५ सय जना दैनिक मेरो कार्ड बन्यो कि बनेन भनेर सोध्न आइपुग्नुहुन्छ ।”

परीक्षामा उत्तीर्ण झण्डै ६०० र नवीकरणका लागि झण्डै ३०० गरेर झण्डै ९०० जना सेवाग्राही दैनिक आउने गरेका छन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan