Tuesday 16th of October | २०७५ असोज ३० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रेलको ठक्करबाट चार महिलाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ १९ शुक्रबार |
newsabhiyan

नयाँ दिल्ली, १९ माघ (रासस/सिन्ह्वा), भारतको पश्चिमी राज्य बिहारमा गुडिरहेको एक रेलले ठक्कर दिँदा चार महिलाको मृत्यु भएको समाचार छ ।

सडकमा सँगसँगै हिँडिरहेका पाँचजनामध्ये एकजना घाइते भएको समाचारमा जनाइएको छ ।

पटनाबाट १३४ किलोमिटर उत्तरपश्चिममा रहेको सिवान जिल्लाको कचारी रेल स्टेसननजिकै सो दुर्घटना भएको छ ।

रेलको पटरीबाट बाटो पार गर्न लागेका पाँच महिला सो दुर्घटनामा परेका र ती मध्ये चारको भने दुर्घटनास्थलमा मृत्यु भएको बताइएको छ ।

ती महिला गोपालगञ्ज क्षेत्रका स्थानीय वासिन्दा हुन् । यस घटनामा घाइते भएकी एक महिलालाई तत्कालै बिशेष उपचारको लागि पटना अस्पतालमा पठाइएको छ ।

भारत सरकारले सन् २०१५ मा पाँच वर्षको समयावधिमा नयाँ रेल मार्गको निर्माण गरी दु्रतगति र आधुनिक रेलसेवाको लागि १३७ अर्व अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ ।

भारत विश्वको तुलनामा रेलसेवा सञ्जालमा तेस्रो देशमा पर्दछ । भारतमा दुई करोड ३० लाख व्यक्तिले दैनिकरुपमा रेलमा यात्रा गर्ने गर्दछन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan