Thursday 24th of May | २०७५ जेठ १० बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गैँडाको आक्रमणबाट एकको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ २३ मंगलबार |
newsabhiyan

रत्ननगर, चितवन, २३ माघ, चितवनको माडीमा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

वस्तु चराउन गएका बेला गैँडाले आक्रमण गर्दा माडी नगरपालिका–२ का २७ वर्षीय प्रेमराज ढुंगेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

आइतबार साँझ गाईबस्तु फर्किंदा पनि ढुंगेल नफर्किएपछि खोजी शुरु गरिएको थियो । खोजी गर्ने क्रममा सोही राति उनको शव फेला पारिएको थियो । चितवन निकुञ्जबाट निस्किएको गैँडाले हानेको अवस्थामा सोही मध्यराति माडी अमिलियाको काँसघारीमा शव फेला परेको जनाइएको छ ।

सोमबार शव परीक्षण पछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट वर्षेनी धनजनको क्षति हुँदै आएको छ । rss


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan