Sunday 24th of June | २०७५ असार १० आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कान्छी फिल्म हेर्न सेलिब्रेटी देखी नेतासम्म हलमा, दर्शक प्रतिक्रिया यस्तो... (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण ८ मंगलबार |
newsabhiyan
newsabhiyan

सागर श्रेष्ठ, न्यूज अभियान, काठमाडौ । फागुन ४ गते देखी उपत्यका लगायत उपत्यका बाहिर पनि एकै साथ रिलिजमा आएको ‘कान्छी’ सफलताका साथ रिलिज भईरहेको छ ।

स्वेता खड्काको निर्माणमा बनेको ‘कान्छी’ को शुक्रबार सेलिव्रेटी रेड कार्पेट शो सम्पन्न गरिएको छ । उक्त शोमा ‘कान्छी’  टिमसंगै  माओवादी केन्द्रका नेता तथा पूर्वसञ्चारमन्त्री अग्नि सापकोटादेखि लिएर सिनेक्षेत्रका चर्चित कलाकारहरु , व्यापारी, पत्रकार आदीको उल्लेख्य उपस्थिती रहेको थियो ।

शो हेरेपछि माओवादी केन्द्रका नेता अग्नी सापकोटाले ‘कान्छी’ को कथाबस्तु राम्रो भएको र चलचित्र हेर्दा समय बितेको पत्तो नपाएको बताए ।  युवाहरुलाई विदेश नजान प्रमुख सन्देश दिएको उहाँले बताउनु भयो ।

समग्रमा सेलिब्रेटी शोमा कान्छी रुचाईएको छ । प्रेम , पारिवारिक कथा र समाजमा देखिएका बिभेदलाई उठान गरिएको चलचित्र मा स्वेतासंगै दयाहाङ राई ,नीर शाह, अनु शाह, कामेश्वर चौरसिया ,भुमिका श्रेष्ठ , प्रज्जवल सुवल गिरी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

चलचित्रमा यम थापाको लेखन तथा आकास अधिकारीको निर्देशन रहेको छ ।

For more photoes click here

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan