Sunday 23rd of September | २०७५ असोज ७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एनसीसी बैंकमा संकट सुरु, एक अर्ब ४७ करोड रुपैयाँको सेयर बेचेर एनबी समुह बाहिरिने

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण ८ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ८ फागुुन । नेपाल क्रेडिट एण्ड कर्मस बैंक (एनसीसी) मा नयाँ संकट सुरु भएको छ ।

यसअघि तत्कालीन मर्जर पार्टनर एपेक्स डेभलपमेन्ट बैंकका कारण बित्तीय अवस्था निकै खराव भएको एनसीसी बैंकमा ठुला सेयरधनी मध्येको एनबी समुहको आफनो झण्डै एक अर्ब ४७ करोड रुपैयाँ मुल्य बराबरको सेयर बेचेर बाहिरिने भएपछि बैंकमा नयाँ संकट सुरु भएको हो ।

एनबी समुहले एनसीसी बैंकका रहेको आफ्नो ७० लाख कित्ता संस्थापक सेयर प्रतिकित्ता न्युुनतम मुल्य दुुई सय १० रुपैयाँ तोकेर बिक्री प्रकृया अगाडि बढाई सकेको छ ।

संस्थापक सेयर खरिदका लागि बिक्री प्रवन्धक सीबीआईएल क्यापिटल लिमिटेडले बिहीबार शिलबन्दी बोलपत्र आब्हान गरिसकेको छ ।

इच्छुक व्यक्ति र कम्पनीले फागुन तीन गतेसम्म बोलपत्र पेश गर्न सीबीआईएलले भनेको थियो । सोही अनुुरुप थुुपैं व्यक्ति तथा संस्थाहरुले उक्त सेयर किनिसकेको भएपनि बैंकले हालसम्म उक्त बिवरण गोप्य राखेको छ ।

एनसीसीको साधारण सेयरको मुल्य प्रतिकित्ता तीन सय २५ रुपैयाँ छ । एनसीसीले चुक्तापुँजी बढाउन ५० प्रतिशत हकप्रद सेयर निष्काशनको तयारी गरेको छ ।

तर एकै पटक एनबी समुहले ठुुलो परिमाणमा सेयर बेच्न लागेपछि बैंकको बित्तीय अवस्था झन कमजोर बनेको छ । बित्तीय रुपमा कमजोर बन्दै गएको एनसीसीको पछिल्लो समय नाफा पनि घटेको छ ।

बैंकले चालुु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा ३५ करोड ४५ लाख २० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले ४१ करोड सात लाख ५२ हजार रुपैयाँ खुुद मुनाफा आर्जन गरेको थियो ।

चुक्ता पुंजी चार अर्ब ६७ करोड ९० लाख ५८ हजार रुपैयाँ रहेको बैंकले चालुु आवको दोस्रो त्रैमासिक अवधिमा ५८ अर्ब ९१ करोड ३५ लाख २० हजार रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब ४१ करोड ८५ लाख ५२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

घरजग्गा क्षेत्रमा एक अर्ब ४९ करोड ५० लाख ४८ हजार  रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले सो अवधिमा ५८ करोड २४ लाख २८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

प्रोभिजन रकम १४ करोड ८२ लाख रुपैयाँ रहेको बैंकको राईट व्याक रकम ३४ करोड ६९ लाख ६२ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात बढेर चार दसमलव चार प्रतिसत पुुगेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan