Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चर्चित टेलिभिजन प्रस्तोता नारायण अब गायक

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १० बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । चर्चित टेलिभिजन प्रस्तोता भिजे नारायण कडरिया अब गायक बनेका छन् । नारायण आफैले रचना गरेको गीत जाम पारी पारी बाट उनी गायक बनेका हुन्।

लामो समय टेलिभिजनमा नेपाली गीत संगीत सम्बन्धि कार्यक्रम प्रस्तुत गरेका नारायण टेलिभिजन पर्दाका लोकप्रिय प्रस्तोता हुन्।

गत सोमबार उनले आफ्नो पहिलो गीतको म्युजिक भिडियो समेत छायांकन गरेका छन्। फोटोपत्रकारिता संगै म्युजिक भिडियो निर्माणमा ब्यस्त बनेका नबिन बाबु गुरुङको निर्देशनमा उनले नायिका केकी अधिकारीसंग उनले अभिनय गरेका छन्।

मकवानपुरको कुलेखानी वरपर छायांकन गरिएको नारायणको म्युजिक भिडियोलाई अर्जुन तिवारी एण्ड टीमले छायांकन गरेका छन् भने निशान घिमिरेले सम्पादन गर्ने भएको छ।

गीत संगीत अनि गायन संगै म्युजिक भिडियोको मोडेलको रुपमा समेत अभिनय गरेका नारायणले यस गीतबाट आफुलाई सांगीतिक क्षेत्रमा स्थापित गराउने आशा राखेको बताए।

म्युजिक भिडियोलाई छिट्टै सार्वजनिक गरिने भन्दै आफ्नो पहिलो प्रस्तुतिलाई नेपाली संगीतका दर्शक-श्रोताले मनपराइदिने गायक नारायणले अपेक्षा गरेका छन्।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan