Sunday 16th of December | २०७५ पौष १ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

“स्वर्ग जाने बाटो खोज्दै छु ” भिडियो सहित

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण ११ शुक्रबार |
newsabhiyan
newsabhiyan

विराटनगर , ११ फागुन । नेपाली लोक तथा दोहोरी गीत संगीतमा  एक पछी अर्को निकै उत्कृष्ट गीतहरु बजारमा आइरहेका छन । आफनै गाउँघर मेला पात र ग्वाला जादाँको भोगाईलाई समेटेर बजारमा विभिन्न गितसंगितहरु आइरहेका छन ।

मानिसका भावना भित्रका पिरलाई शब्दचित्रको माध्यमबाट ब्यक्त गर्नको लागी गायक गायिकाहरुले आफना श्रोताहरुलाई आफनो आवाजमा कालजयी गितहरु तयार पार्ने गर्दछन । 

प्रियसी म्युजिकं प्रालीले बजारमा ल्याएको   “स्वर्ग जाने बाटो खोज्दै छु ” बोलको गीतलाई आम दर्शक तथा श्रोताले अधिक मात्रामा मन पराएको गायक कमल ज्योतिले बताएका छन  ।

जिवनका पिडालाई गायिका देवि धर्ति र कमल ज्योतिले सुमधुर आवाजमा सजाएका छन । गीतको म्युजिक भिडियोलाई निकै मार्मिक रुपमा अत्यन्त आकर्षक तरिकाले बनाइएको छ ।

सुसन श्रेष्ठ र तिर्थ गोरखालीको उत्कृष्ट शब्द सिर्जनामा सजिएको छ । कमल ज्योतिको संगित गितमा रहेको छ  ।

भिडियोमा आशा खड्का , बसन्त र विरेन्द्रको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन मिलन कार्किले गरेका हुन् भने छायांकन मुकेश हुमागार्इँ र सम्पादन मिलन कार्किले गरेका छन् ।          


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan