Wednesday 19th of September | २०७५ असोज ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सडक दुर्घटनामा एकको मुत्यु, आठ घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १२ शनिबार | (रासस)
newsabhiyan

पाँचथर, १२ फागुन : मेची राजमार्गअन्तर्गत पाँचथरको फाल्गुनन्द–३ मा रहेको तीनपांग्रे भन्ने ठाउँमा जीप र ट्र्याक्टर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

आज बिहान झापाको विर्तामोडबाट फिदिम आउँदै गरेको मे १ज २७९३ नम्बरको जीप र फिदिमबाट राँके जाँदै गरेको मे १ त ३५५३ नम्बरको ट्र्याक्टर ठोक्किँंदा फाल्गुनन्द–२ कि ५८ वर्षीय लिलामाया चेम्जोङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा आठजना घाइते भएका छन् । उनीहरुको इलाम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप र ट्र्याक्टर एकापसमा ठोक्किएर सडकदेखि १० मिटर तल खसेका थिए । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan