Sunday 23rd of September | २०७५ असोज ७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कुुमारी बैंक र बुुम रेमिटको प्रस्तुुतीमा कुमारी बुम सुपर स्टार नाइट्स हुुने

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १२ शनिबार |
newsabhiyan

काठमाडौं, १२ फागुुन । कुुमारी बैंक र बुुम रेमिटको प्रस्तुुतीमा कुमारी बुम सुपर स्टार नाइट्स हुुने भएको छ । संगिक्षा फिल्मस् इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा यहि मार्च ९ तारिखमा कतारमा ‘कुमारी बैंक र बुम रेमिट’को प्रस्तुतीमा ‘कुमारी बुम सुपर स्टार नाइट्स’को आयोजना गर्न लागिएको बैंकले जानकारी दिएको छ ।

देशका चर्चित गायक–गायिका, हाँस्य कलाकार र नायक–नायिकाको साथमा यो कार्यक्रम आयोजना हुँदैछ । ‘कुमारी बुम सुपर स्टार नाइट्स’मा  चर्चित हाँस्य कलाकार जीतु नेपाल, नायिकाहरु निरुता सिंह, अनु शाह, सारिका घिमिरे, गायकहरु अनिल सिंह, युवराज चौलागाईँ, सन्तोष राज, रित कुमार श्रेष्ठ, गायक तथा संगीतकार राजनराज सिवाकोटी, गायिकाहरु राधिका हमाल, एन्जिला रेग्मी, सेलिना कँुवर, नृत्य निर्देशक तथा मोडल शंकर बीसी सहभागी हुँदैहुनुहुन्छ । उक्त कार्यक्रमको संचालन चर्चित कार्यक्रम संचालक नरेश भट्टराइले गर्दैछन ।

करिब पाँच लाख नेपालीहरुको बसोबास रहँदै आएको कतारमा यो कार्यक्रम भव्य र सव्य रुपमा आयोजना हुने कुरामा यहाँहरुलाई विश्वस्त तुलाउन चाहन्छौ । मार्च ९ मा ग्रान्ड मलमा कार्यक्रम आयोजना हुनेछ जुन कतारको राजधानी दोहामा पर्दछ ज‘हा करिब १ लाख ५० हजारको हाराहारीमा नेपालीहरु रहँदै आएका छन् ।

मार्च ९ मा आयोजना हुने कार्यक्रममा करिब १० हजार नेपालीले यो कार्यक्रम प्रत्यक्ष अवलोकन गर्ने विश्वास हामीले लिएका छौ । कतारका स्थानिय बासिन्दाहरुले समेत यो कार्यक्रम हेरेर मनोरञ्जन लिने विश्वास हाम्रो छ । 

यो कार्यक्रमको आयोजनाले नेपाली गीत संगीत, हाँस्य ब्यङ्ग्यको विकास र प्रवद्र्धनमा ठूलो सहयोग र साथ मिल्नेछ भन्ने हाम्रो अपेक्षा छ । कुमारी बैंक र बुम रेमिटको मुख्य प्रायोजनमा हुने उत्त कार्यक्रममा नेपाल टेलिकम पार्वड बाई रहेको छ भने पर्यटन बोर्ड, एस आर स्टििल्स, नेपाल वायुसेवा निगम, अर्घाखॉची सिमेन्ट, अल जमान एक्सेञ्ज, रामदा एन्कोर होटल र कान्तिपुर मेडिकल सेन्टरको प्रायोजन रहेको छ ।

कुमारी बुमको ग्राहकहरुलाई एस आर स्टििल्सले स्टििल्स खरिदमा छुटको व्यवस्था दिएको छ भने कान्तिपुर मेडिकल सेन्टरले ५०% सम्मको छुटको व्यवस्था दिएको छ । उत्त कार्यक्रमको कतारमा दोहा वेभ्स र स्टार वल्डले समन्वय गरेको छ । कार्यक्रमका संयोजक धिरेन्द्र पन्तका अनुसार संम्पूर्ण तयारी भइसकेको छ ।

कार्यक्रमको टिकट कतारमा रहेको सम्पूर्ण नेपाली रेष्टुरेन्टहरुमा पाईने जानकारी गराईयो भने एन.आर.एन.ए कतारस‘ग समन्वय गरी नेपाली श्रमिकहरुका लागी सहयोग समेत गरिने जानकारी गराईयो । कार्यक्रममा कतारको प्रतिष्ठित सामाजिक संस्था संध्या ग्रुपको पनि सहकार्य रहेको छ भने कतारका सभ्पूर्ण नेपाली सामाजिक संस्थाहरुस‘ग समेत समन्वय गरीने आयोजकले बतायो ।

कार्यक्रमको मिडिया संयोजक विजय सुवेदी ‘आवाज’ रहनुभएको छ । यो कार्यक्रमलाई भव्य र सव्य रुपमा आयोजना गर्नका लागि आयोजक टिममा धिरेन्द्र पन्त, प्रविना रावल पन्त, उमिद्ध श्रेष्ठ, मनोज केसी, नरेश भट्टराई, भविन तामाङ, रित कुमार श्रेष्ठ, जगेन्द्र गुप्ता, मोहमद ताहिर, सुदर्शन गौतम, खगराज खत्री रहनुभएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan