Monday 19th of November | २०७५ मङ्सिर ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मुस्ताङमा भारतीय पर्यटक बढ्दै

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan
newsabhiyan

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।

भूकम्पका कारण एक महिना ठप्प बनेको यस क्षेत्रमा भारतीय पर्यटकको चहलपहलले पर्यटन व्यवसायी राहतको महसुस गर्न थालेका छन् । बेनी–जोमसोम सडक एक महिना पछि असार ९ गतेदेखि सञ्चालनमा आएपछि सडक र हवाई मार्ग हुँदै यहाँ आउने भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो ।

पोखरा–जोमसोमको हवाई रुटमा अनुकूल मौसमको समयमा दैनिक ४० देखि ५० जनाको हाराहारीमा भारतीय पर्यटक आइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका पर्यटन सहायक बेल पुनले जानकारी दिनुभयो । उहाँका अनुसार, ७६ किलोमिटर बेनी–जोमसोम सडक सञ्चालनमा आएदेखि सडक मार्ग हँुदै जाने भारतीय पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।

कालीगण्डकीको किनार कागबेनीमा स्नान र मुक्तिनाथ मन्दिरमा पूजापाठका लागि वैशाखदेखि असोजसम्म भारतीय पर्यटकको चहलपहल बढी हुने एक्यापले जनाएको छ ।

“पूजापाठका अतिरिक्त घुमघाम, यहाँको कलासंस्कृतिको अध्ययन र प्राकृतिक सुन्दरतामा रमाउन भारतीय पर्यटक आउने गरेका छन्, मुक्तिनाथप्रति उनीहरुको गहिरो विश्वास छ” पर्यटन सहायक पुनले भन्नुभयो ।

अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने मुस्ताङमा भारतीय पछि अमेरिकी र स्विस नागरिक आउने क्रम बढेको छ । उनीहरु खासगरी लोमान्थाङ क्षेत्रको भ्रमणका लागि आउने गरेको एक्यापले जनाएको छ । रासस 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan