Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

शहीद घोषणाको मापदण्ड बनाइने

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १२ शनिबार | (रासस)
newsabhiyan

काठमाडौँ, १२ फागनु  : शहीद ऋषिराज देवकोटाको ३७ औँ स्मृति दिवस आज मनाइएको छ ।

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) दुवै पार्टीका काठमाडाँै–सिन्धुली सम्पर्क मञ्चले आज संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा एमालेका महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले शहीद देवकोटाप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा एमाले महासचिव पोखरेलले शहीदकै योगदानले नै मुलुक संघीय गणतन्त्रमा प्रवेश गरेको चर्चा गदै उहाँले अबको सरकारले शहीदको सम्मान गर्ने बताउनुभयो । उहाँले शहीदको मापदण्ड नहुँदा जो सुकै पनि शहीद हुने गरेको भन्दै अबको सरकारले शहीदको बारेमा मापदण्ड बनाउने बताउनुभयो ।

माओवादी केन्द्रका नेता गजुरेलले वास्तविक शहीदको सम्मान हुन नसकेको बताउनुभयो । कार्यक्रममा शहीद देवकोटाका धर्मपत्नी गोमालाई सम्मान गरिएको थियो ।

विसं २०३६ साल फागुन १२ गते देवकोटा भूमिगत अवस्थामा रहेको बेला पक्राउ गरी तत्कालीन राज्य पक्षले हत्या गरेको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan