Sunday 16th of December | २०७५ पौष १ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेता भेटवालको स्वास्थ्य अवस्थाबारे प्रम ओलीबाट जानकारी

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण १२ शनिबार | (रासस)
newsabhiyan
newsabhiyan

काठमाडौँ, १२ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले उपचाररत नेकपा (एमाले) का नेता जागृतप्रसाद भेटवालको स्वास्थ्य स्थितिका बारेमा आज जानकारी लिनुभएको छ ।

केही दिनदेखि भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहनु भएका भेटवाललाई आज अस्पतालमा पुगेर प्रधानमन्त्री ओलीले स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।

रगतमा हुने ‘प्लेटिलेट्स’को संख्या अत्यन्तै कम रहेकाले नेता भेटवाल अस्पताल भर्ना हुनुभएको हो । उपचारमा संलग्न चिकित्सकले भेटवालको अवस्थामा क्रमशः सुधार आइरहेको प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्रीले उहाँको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकलाई आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan