Sunday 16th of December | २०७५ पौष १ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सय वर्ष पुगेकालाई भत्ता भन्दा यस्तो उत्पात !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण २७ आइतबार |
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, २७ फागुन । नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सय वर्ष पुगेका सैनिकलाई मासिक १० हजार भत्ता दिने निर्णय भएको जानकारी दिएका छन् ।

यो सैनिक सेवानीति आमनागरिकमा पनि लागू गर्न केपी ओली सरकारले विचार गरिरहेको र विश्वासको मत लिएपछि आउने विशेष नीति, योजनामा सैनिकको जस्तै बृद्ध भत्ता नीति लागु गरिने जानकारी एक एमाले नेताले बताएका छन् ।

यसअघिको देउवा सरकारले बृद्धभत्तामा उमेर हद घटाएको विषयमा माथापच्ची गरिरहेको सरकारका अर्थमन्त्रीले पुनर्विचार गरिरहेका छन् र नयाँ नीति ल्याउने होमवर्कमा लागिरहेका बेलामा नेपाली सेनाले आफ्नो आन्तरिक नीतिनिर्णय सार्वजनिक गरेको छ ।

यसमा पनि अर्थमन्त्री डा.युवराज खतिवडा रिसाएका छन् । अर्थमन्त्री सरकारले ल्याउनु पूर्व यस्तो निर्णय किन गरेको ? भनेर सरकारले पाउनुपर्ने जस प्रधानसेनापतिले लिएको उनको तर्क छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan