Friday 21st of September | २०७५ असोज ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एमालेभित्रै अलोकप्रिय भण्डारी, महराको मन्त्रले प्रचण्ड मन्त्रमुग्ध !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण २७ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २७ फागुन । संविधानले मुलुकको अभिभावक, संविधानको संरक्षकको भूमिका राष्ट्रपतिलाई सुम्पेको छ । तर राष्ट्रपति विद्या भण्डारी संवैधानिक हैसियतसहित कुनै एउटा अमुक पार्टीका तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवार बनेकी छन् ।

अमुक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्दै गर्दा अमुक पार्टीभित्रको पनि एउटा गुटको नेता जस्तो गरी उनीमाथि टिप्पणी हुन थालेको छ । नेकपा एमालेकी पूर्वउपाध्यक्ष रहेकी विद्या भण्डारीले पहिलो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएसँगै एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिइन् ।

तर दोस्रो कार्यकालका लागि एमालेतर्फबाट उम्मेदवार बन्दै गर्दा उनको भूमिका सबै राजनीतिक दलको समर्थन हुनुपर्ने थियो तर पार्टीभित्रै पनि एउटा गुटले स्विकार्न नसक्ने अवस्था पुगेको राजनीति विश्लेषकहरुले बताउन थालेका छन् । राष्ट्रपति उम्मेदवार छान्न झन्डै आठ घण्टा बहस भयो ।

बल्लबल्ल मध्यरातमा भण्डारीका नाममा एमालेमा निर्णय भयो तर सर्वसम्मत हुन सकेन । एमाले उपमहासचिव घनश्याम भुसालले लिखित असहमति जनाए । राष्ट्रपति भण्डारीलाई उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले शीतल निवासमा बसेर पार्टीको गुट चलाउने लाइसेन्स वितरण गर्न नहुने धारणा राखिन् ।

यो सँगै मुख्य विपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति एमालेमुखी भएको आरोप लगाएको छ । राष्ट्रपति विद्या भण्डारीले संविधानभन्दा बाहिर गएर राष्ट्रियसभामा तीन सदस्यको मनोनयनलाई रोकेर नयाँ सरकारलाई बाटो बनाइदिएको तथा राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश नै रोकेर भण्डारी एमालेप्रति अनुग्रहित भएकी थिइन् ।

पहिलो कार्यकालमा विवादित बनेकी भण्डारी दोस्रो कार्यकालका लागि उम्मेदवार बनेसँगै उनी सबैलाई स्वीकार्य हुने अभिभावक बन्नेमा शंका देखिएको राजनीतिक विश्लेषकहरुले बताउन लागेका छन् । अघिल्लो कार्यकालमा विवादित बनेकी भण्डारी दोस्रो कार्यकालमा आफ्नै पार्टीभित्र समेत विवादित बनेपछि उनको अबको भूमिकामा शंका पैदा भएको हो ।

कुनै एउटा पार्टीको गुटले स्वीकार गर्न नसकेको व्यक्ति सिंगो मुलुकले स्वीकार गर्ने कल्पनासमेत गर्न नसकिने राजनीतिक क्षेत्रमा चर्चा हुन थालेको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले विवादका बीच विद्यालाई नै राष्ट्रपतिको उम्मेदवार बनाए ।

तर बहालवाला राष्ट्रपति पार्टीको उम्मेदवार बनेकोसम्म त ठिकै थियो । आम नागरिकले उनले उम्मेदवार बन्दै गर्दा पार्टीको उम्मेदवारको हैसियतमा केही दिनलाई राष्ट्रपति पदबाट राजीनामा दिने अपेक्षा राखेका थिए । तर राष्ट्रपति भण्डारीमा नैतिकताको खडेरी देखियो । उनी एमालेको राष्ट्रपति उम्मेदवारको रुपमा रहँदा बहालवाला राष्ट्रपतिको रुपमा समेत कायमै रहेही छिन् ।

अर्को कुरा भनेको दोस्रो राष्ट्रपति उम्मेदवार बन्दा विद्यादेवी एमालेकी उम्मेदवार थिइन् । त्यसलाई सबैले सहज रुपमा लिएका थिए किनभने उनले राष्ट्रपतिमा निर्वाचित भएपछि एमालेका सबै पदबाट राजीनामा दिँदै साधारण सदस्यसमेत थिइनन् ।

राष्ट्रप्रमुखको हैसियतमा उनी एमालेजनको मात्र नभई आम नागरिकको राष्ट्रपति हुन् । सबैले उनीमाथि भरोसा राख्न सक्छन् । तर दोस्रो कार्यकालको लागि उनले एमाले अध्यक्ष ओलीलाई लिएर मनोनयन गर्न गएदेखि उनी एमालेकी मात्र राष्ट्रपतिको रुपमा देखिएकी छिन् । यो देशकै विडम्वना भएको छ ।

महराको मन्त्रले प्रचण्ड मन्त्रमुग्ध !
माओवादी नेता कृष्णबहादुर महरा संघीय संसद्को सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । सभामुखमा निर्विरोध निर्वाचित भएसँगै माओवादी भित्र उनको पदमुखि चरित्रलाई लिएर विरोध सुरु भएको छ । लाभको पद प्राप्तिका लागि जस्तोसुकै काम गर्न पछि नपर्ने भनेर उनको आलोचना सुरु भएको छ ।

यसअघि चार पटक उपप्रधानमन्त्रीसहित ६ पटक मन्त्री भइसकेका महरालाई फेरि किन सभामुख बनाइयो प्रश्न माओवादीभित्र उठ्न थालेको छ । माओवादीहरुभित्र उनलाई अपारदर्शी, षड्यन्त्रकारी र अन्तर्राष्ट्रिय शक्ति केन्द्रका लागि पालैपालो उपयोगका पात्रका रुपमा व्याख्या गर्न थालिएको छ ।

त्यतिमात्र होइन मन्त्री हुँदा विभिन्न व्यापारीको हितमा काम गरेको आरोप पनि लागेको छ । उनीमाथि व्यापारी अजय सुमार्गीको हितमा काम गरेको आरोप छ । त्यसैगरी माओवादीहरुले उनलाई कहिले प्रचण्डको कित्तामा, कहिले वैद्यको कित्तामा उभिएको र कहिले बेइजिङ त कहिले दिल्लीसँग साइनो गाँसेको आरोपसमेत लाग्दै आएको छ ।

माओवादीभित्र सभामुखमा पार्टीको कुनै औपचारिक समिमितले महराको नाम अनुमोदन नगरेको बताइन्छ । राष्ट्रपति र उपराष्ट्रपति दोहोर्याउने सहमति गरेका वाम गठबन्धनका नेताहरुले महराका लागि सभामुखमा नयाँ व्यक्तिको खोजी गर्ने निणयमा पुगे ।

तर महरालाई पटक पटक लाभको पद दिने प्रचण्डलाई कस्तो बाध्यता हो भन्ने विषय माओवादीभित्रै खोजीको विषय भएको राजनीति विश्लेषकहरुले समेत बताउन थालेका छन् । अहिलेसम्म महरा पाँच पटक सांसद भए । महराको संसद्मा पहिलो उपस्थिति २०४८ मै भएको हो ।

तत्कालीन संयुक्त जनमोर्चाबाट उनी रोल्पाबाट विजयी भएका थिए । जनमोर्चा अहिलेको माओवादी अर्थात् त्यो बेलाको एकता केन्द्र मशालको खुल्ला मोर्चा थियो । त्यतिखेर संयुक्त जनमोर्चाले देशभरबाट जम्मा ९ सिट जितेको थियो । २०६४ र २०७० का दुई संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन जितेर सभासद् भए । गृह जिल्लामा चुनाव लड्न नपाएपछि दाङ झरे, २०७४ मा ।

महराका कारण नै दाङका स्थानीय माओवादी नेताको टिकट खोसियो । अनि २०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्य भएर आए । महराका लागि दाङबाट कुवेर ओली पछाडि हटेका थिए । २०६३ मा बनेको अन्तरिम संसद्मा माओवादीका तर्फबाट कृष्णबहादुर महराले नेतृत्व गरेका थिए ।

शान्ति प्रक्रियापछि माओवादीहरुको नेतृत्व गर्दै सिंहदरबार छिरेका महरालाई त्यसपछि पछाडि फर्कनु परेको छैन । उनका लागि सिंहदरबारको मात्र होइन सत्ता र शत्तिलको ढोका सधैं खुला छ ।

त्यो ढोका खुल्नका लागि प्रचण्डका लागि २४ घण्टा नै लिफ्ट दिएका छन् गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार २०६३ मा महरा संचारमन्त्री भए ।

प्रचण्ड नेतृत्वको सरकार २०६५ मा महरा फेरि संचार मन्त्री भए । यतिमा मात्र उनको रुचि पुगेन र उनी २०६७ मा गृहमन्त्री भए । त्यसपछि उनी प्रचण्ड नेतृत्वको सरकारमा २०७३ मा उपप्रधानसहित अर्थमन्त्री भए ।

सरकार परिवर्तन भयो, देउवा प्रधानमन्त्री भए तर महरा छुटेनन् । उनी फेरि महराले उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मा पाए । देउवा सरकारबाट बिदा भएपछि अहिले सभामुख । 

साधन स्रोत र अवसरको न्यायोचित वितरण नभएको भनेर पटक पटक विवादमा जन्मिए र माओवादी पार्टी पटक पटक फुटेको माओवादीका नेताहरुले बताउन थालेका छन् ।  शान्ति प्रक्रियामा आएदेखि माओवादीमा उनले जस्तो लाभका पद अरु नेताले पाएका छैनन् र भविष्यमा पनि पाउन कठिन छ,  देशान्तरमा उल्लेख छ ।

उनलाई लाभको पदमा सधैं पुर्याउनुपर्ने बाध्यता प्रचण्डमा रहेसम्म अरुले मौका पाउने सम्भावना नभएको ती नेताले बताए । शालीन र भद्र स्वभाव धेरै नबोल्ने नेता महराले प्रचण्डलाई दबाबमा राख्ने तथ्यको भने खोजी हुन जरुरी रहेको पनि माओवादीका नेताहरुले बताउन थालेका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan