Tuesday 24th of April | २०७५ बैशाख ११ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हल्लीखल्ली मचाउने ज्ञानेन्द्रको पुस्तक, खनालले सोधे ‘पार्टी तपाईको घर हो ?’

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण २८ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २८ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो आत्मवृत्तान्तलाई समेटेर पुस्तक लेखनमा जुटिरहेको सार्वजनिक भएको छ । उनको पटक पटकको स्वदेश तथा विदेश भ्रमणलाई धेरैले राजतन्त्र पुनर्बहाली गराउने अभ्यासका रुपमा हेरे पनि वास्तवमा उनी पुस्तकको प्लेटफर्म जुटाउने सिलसिलामा देश तथा विदेश दौडाहामा रहेको बुझिएको छ ।

दरबारमा काम गर्नेहरु धेरैले पुस्तक लेखेको र ती पुस्तकले दरबारप्रति भ्रम सिर्जना गरेको निचोडका साथ पूर्वराजा शाह आफैं पुस्तक लेखनमा जुटेको अनुमान वरिष्ठ पत्रकार युवराज गौतमको छ । समाचार स्रोतका अनुसार उनको मोटो पुस्तक अधिकांश तयार भइसकेको छ ।

पुस्तकमा नेपाल एकीकरणदेखि शाह वंशले पुर्याएको योगदान, विश्वमा राजतन्त्रको उत्थान र पतन, राजतन्त्र भएका र नभएका देशहरुको विकाससम्बन्धी तुलनात्मक अध्ययन, आफ्नो अनुभावलगायतका शीर्षकमा धेरै खण्ड छन् । दरकारमै बसेर षड्यन्त्र गर्नेहरु, दरबारबाट रकम लिएर बेइमान गर्नेहरुको सूची पनि पूर्वराजा शाहले तयार गरेका छन् । तर पुस्तकमा त्यो सूची समावेश गर्ने वा नगर्ने ?

भन्ने निष्कर्षमा भने उनी पुगेका छैनन् । उनी निकट स्रोत भन्छ–शाहलाई राजसंस्था पुनर्बहाली हुने आशा लागेको छ भने उनले व्यक्रिगत रुपमा कसैलाई इंगित गर्दैनन्, यदि आशा मारेका हुन् भने बेइमान जति कसैलाई बाँकी राख्दैनन् ।

उनी राजतन्त्र पुनर्बहालीप्रति आशावादी छन् वा छैनन् भन्ने कुरा पुस्तक सार्वजनिक भएपछि मात्रै थाहा हुने एकथरीको विश्लेषण छ । तर उनको पुस्तकले करोडौं रुपैयाँ कमाउने कुरा भने निश्चित छ । उनको पुस्तक नेपाली भाषाका अलावा अंग्रेजी र चाइनिज भाषामा समेत प्रकाशित हुने अनुमान वरिष्ठ पत्रकार गौतमको छ ।

शाहसँग केही संगत गर्ने अवसरसमेत पाएका र राजसंस्था पुनर्बहालीको पक्षमा कलम चलाउँदै आएका गौतमले गत शुक्रबार र एक दैनिक पत्रिकामा लेखेका छन्–ज्ञानेन्द्र शाहको पुस्तक प्रकाशित भयो भने एकपल्ट दिल्ली, बेइजिङ, ब्रसेल्स र वासिंगटन डिसीसम्म कम्पन जान सक्छ । उनलाई धोका, दबाब र धम्की दिने विदेशीहरुले समेत सोच्नुपर्ने अवस्था आउँछ । नेपालमा धेरैको मुटुमा ढ्यांग्रो बज्न सक्छ ।

खनालले सोध, पार्टी तपाईको घर हो ?
राष्ट्रपतिको उम्मेदवार चयन गर्न २२ फागुनमा बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको एमाले स्थायी समिति बैठकका सहभागी सबैजसो सदस्यहरुले आफ्ना धारणा राखे पनि वामदेव गौतम भने मौन बसेपछि घटनाको रहस्य खोजी हुन थालेको छ ।

झलनाथ खनाल, माधव नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायतले आफ्ना धारणा राख्दा पनि गौतम भने मौन बस्नुको कारण विस्तारै खुल्न थालेको छ । एमालेभित्र गौतम अहिले पनि केपी ओली पक्षीय नेता भनेर चिनिने भएकाले पनि ओलीले गरेका केही निर्णयमा उनी मौन बस्दै आएका छन् ।

पार्टी अध्यक्षमा ओलीलाई जिताउने योजनाका साथ संसदीय दलको चुनावमा पहिलोपटक ओलीलाई साथ दिएका थिए गौतमले । यसपटक आफू हार्नुको पछाडिको कारण ओली नै भएको ठान्दै आएका गौतमको मौनतालाई ओलीले खतराको संकेतका रुपमा बुझेका छन्, एमाले स्रोतले ब तायो ।

संविधान जारी भएपछि ओलीलाई प्रधानमन्त्री बनाउन पनि गौतम उत्तिकै उत्साहका साथ लागेका थिए । सत्तामा ओली जति माथि पुग्दै जान्थे, ओलीले छाडेको ठाउँ गौतमले पाउने सहमति भएकाले गौतम यसरी ओलीको पक्षमा भिडेका थिए । तर यसपटक गौतम मौन बसेपछि ओलीले अप्ठ्यारो महसुस गरेका छन् ।

प्रतिनिधि सभा निर्वाचनमा बर्दिया १ मा गौतमको पराजय ओली निकटस्थहरुको अन्तर्घातकै कारण भएको हो भन्ने आरोप गौतम र उनी पक्षधरहरुको छ । विगतमा ओली गौतमबीच भएको सहमति ओलीले पालना गरेका त छैनन् नै, आफ्नै पहलमा पुष्पकमल दाहाल प्रचण्ड ओलीसँग निकट भएपछि आफूलाई चटक्कै बिर्सेकोमा गौतम दुःखी बनेका छन् ।

एमाले–माओवादी केन्द्रबीच एकताको पृष्ठभूमिबारे गौतमले बताउँदा उनले आफ्नो भूमिकाको र्चा गर्न स्वाभाविक हो । तर, त्यसलाई ओलीले स्वार्थका लागि भजाएको भनेर गौतमलाई आरोपित गरेका कारण पनि गौतमले ओलीको प्रस्तावमा तत्कालै कुनै प्रतिक्रिया नजाएको स्रोतको दाबी छ ।

संसदीय दलको निर्वाचन, नवौं महाधिवेशन, प्रधानमन्त्री निर्वाचनमा जसरी गौतमले ओलीलाई सहयोग र समर्थन गरे, त्यसप्रति अहिले गौतममा ठूलो पछुतो रहेको एमालेका एक नेताले बताए । यदि बदला लिन सकिँदैन भने सार्वजनिक रुपमा गरिने पश्चातापको राजनीतिमा कुनै अर्थ पनि हुँदैन भनेर राष्ट्रपतिको निर्णय प्रक्रियामा उनी बोल्न सकेनन्, ती नेताले भने ।

पार्टी र राष्ट्रिय राजनीतिमा ओली शक्तिशाली बनिसकेको स्थितिमा गौतमले के नै बदला लिन सक्लान् र भन्नेहरु धेरै भएकोमा यसपटक खनालबाहेक ओलीको विपक्षमा कसैले धारणा राख्न नसकेको एमाले निकट स्रोतले जनाएको छ ।

खनालले आफूलाई राष्ट्रपतिमा सिफारिस नगरेपछि उनले भने यो पार्टी तपाईको घर हो ? गौतमले यतिबेला गर्न सक्ने भनेको ओलीर्लाइ असहयोग मात्र हो । प्रचण्ड नै ओलीको दाहिना भएको स्थितिमा गौतमले गर्ने सहयोगले ओलीलाई फरक पर्दैन, तरुणमा उल्लेख छ ।

त्यसैले ओलीको प्रस्तावको पक्ष विपक्षमा कतै नलाग्ने निर्णयमा गौतम पुगेको स्रोतको दाबी छ । विद्या भण्डारीलाई राष्ट्रपतिमा दोहोर्याउने ओलीको प्रस्तावको विपक्षमा गौतमले मुख नखोले पनि गौतमले भने भित्रभित्रै खनालकै पक्षमा लबिङ गरिरहेको समाचार स्रोतले बताएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan