Tuesday 24th of April | २०७५ बैशाख ११ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

महन्थलाई उपराष्ट्रपति बनाउँ भन्दा प्रचण्ड बुरुक्क !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण २९ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २९ फागुन । प्रधानमन्त्री एबं एमाले अध्यक्ष केपी ओलीले उपराष्ट्रपतिमा राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको नाम अघि सारे ।

महन्थको नाम सुन्नासाथ  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हुन्न भने पछि वाम भित्र खैलाबैला मच्चिएको छ ।

वाम गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले महन्थको नाममा समर्थन जनाउन नसकिने जवाफ प्रधानमन्त्री ओलीलाई दिएसँगै ओली तनावमा परेकाछन् ।

जसरी हुन्छ महन्थलाई फकाउने अभियानमा लागेका ओली पछिल्लो समय तनावमा परेका हुन् । 

प्रचण्डले वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनलाई नै दोहोरनुपर्ने अडान लिएका छन् । यसअघि ओली–प्रचण्डबीच यसबारेमा सहमति भैसकेको थियो ।

तर, राजपापनि सरकारमा सहभागी हुने तयारी गरेसँगै ओलीले  महन्थलाई यस्तो अफर गरेका हुन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan