Tuesday 24th of April | २०७५ बैशाख ११ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ठूला बैंक अराजक बन्दा राष्ट्र बैंक रमिते

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण ३० बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३० फागुन । नेपाल राष्ट्र बैंकको निष्क्रियताका कारण पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा अराजक देखिन थालेको छ ।

बढ्दो तरलताका कारण बैंकहरुले कर्जा प्रवाह गर्न नसकिरहेका बेला बैंकहरुले आफूखुसी ब्याजदर वृद्धि गर्न थालेपछि राष्ट्र बैंकले कुनै हस्तक्षेप नगरेको हुँदा वित्तीय संस्थाहरुले अराजकताको बाटो समात्न पुगेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुमा तरलता उत्पादन भएपछि ब्याजदर वृद्धिमा मनोपोली चल्दासमेत राष्ट्र बैंक नेतृत्वले पहलकदमी लिन नसक्दा समस्या देखिन पुगेको हो ।

पछिल्लो समय वाणिज्य बैंकहरुको छाता संगठ नेपाल बैंकर्स एसोसिएसन र एनआईसी एसिया बैंकबीच ब्याजदरको विषयमा विवाद देखिएपछि बैंकहरुको अराजकता छताछुल्ल हुन पुगेको हो ।

राष्ट्र बैंकसँग कुनै परामर्श नै नलिई बैंकर्स एसोसिएसनले बच तमा ८ र मुद्दतीमा ११ प्रतिशत ब्याज काय गर्ने निर्णय गरेको थियो । तर, एनआईसी एसियाले भने मुद्दतीमा १२ प्रतिशत ब्याज दिने निर्णय गरेपछि एसोसिएसन र उक्त बैंकबीच विवाद चर्किन पुगेको थियो ।

अहिले एसोसिएसन र सो बैंकबीच सहमति भइसकेको छ । तर, यो प्रकरणले बैंकहरुमा तीब्र अराजकता उत्पन्न हुन पुगेको देखिएको छ । तर, बैंकर्स एसोसिएसनले आफूखुसी ब्याजदर तोके पनि त्यस्तो निर्णय बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) को विपरीत रहेका देखिएको छ ।

बैंकहरुले ब्याजदर कायम गर्ने विषयमा राष्ट्र बैंकले स्प्रेड दर तोक्ने गरे पनि यसपटक भने एसोसिएसन आफैंले ब्याजदर बढाएको थियो । जसमा बचतमा ८ र र मुद्दतीमा ११ प्रतिशत तोकेको थियो ।

बाफियालाई मिचेर एसोसिएसनले ब्याजदर वृद्धिमा मनोपोली अपनाए पनि राष्ट्र बैंकले अहिले सम्म त्यस विषयमा केही पनि प्रतिक्रिया जनाएको छैन र आफूखुसी ब्याजदर तोक्ने एसोसिएसनलाई लगाम लगाउनेतिर कुनै कदम चालेको देखिदैन ।

एसोसिएसनले गैरकानुनी काम गरे पनि र सिन्डिकेट लागू गर्न चाहे पनि राष्ट्र बैंक मूकदर्शक बनेर बसिरहेको देखिन्छ । बैंकर्सहरुले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर धमाधम निर्णय गर्न थाले पनि राष्ट्र बैंकले कुनै चासो नदिनु रहस्यमय रहेको बताइन थालिएको छ ।

राष्ट्र बैंकले सबै बैंकहरुलाई बोलाएर ब्याजदरमा एकरुपता ल्याउन निर्देशन दिन सक्ने भए पनि त्यतातिर खासै चासो नदिएको हुँदा समस्या उत्पन्न हुन पुगेको हो । यसैगरी, राष्ट्र बैंकले तोकेको सीमा नाँघेर नबिल बैंकले संस्थागत ब्याजदरमा १४ प्रतिशत पुर्याए पनि अहिलेसम्म कुनै कारबाही हुन सकेको छैन, बुधबारमा उल्लेख छ ।

पछिल्लो समय बैंकहरुमा कसले बढी डिपोजिट तान्ने भन्नेबारे अस्वस्थ प्रतिस्पर्धा चलेपछि राष्ट्र बैंक रमिते बन्नुलाई अर्थपूर्ण रुपमा हेर्न थालिएको छ । राष्ट्र बैंकले चाहेको खण्डमा संस्थागत डिपोजिट कम गरेर ब्यक्तिगत डिपोजिट बढाउनतिर जोड दिन सक्थ्यो । तर, त्यतातिर पनि राष्ट्र बैंकले चासो नदिइरहेको बताइन्छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan