Tuesday 24th of April | २०७५ बैशाख ११ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्वदेशी कपडा प्रवद्र्धनका लागि प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य लागेमा नेपालको गरिमा बढ्ने

न्यूजअभियान | प्रकाशित मिति : २०७४ चैत ३ शनिबार | Sagar Shrestha
newsabhiyan
newsabhiyan

ललितपुर, ३ चैत, जिल्लाका कपडा उद्योगमा संलग्न व्यवसायीले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य लाग्नुपर्ने बताएका छन् ।

लुभु र बाँडेगाउँका कपडा व्यवसायी संघले शुक्रबार टीकाथलीमा आयोजना गरेको अन्तक्र्रियामा व्यवसायीले नेपाली कपडाले विदेशबाट आयात भएका कपडासँग प्रतिष्पर्धा गर्न गाह्रो भएको बताए ।

ललितपुर उद्योग वाणिज्य संघ २ नं क्षेत्रीय अध्यक्ष जुजुकाजी महर्जन स्वदेशी वस्तुको उपयोग नगर्ने चलनले गर्दा कपडा उद्योगसमेत समस्याग्रस्त बनेको बताउँदै परम्परागतरुपमा कपडा बुन्ने उद्योग सञ्चालन भएकामा अहिले बस्ती घना हुँदा व्यवसायीलाई गाह्रो भएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “कपडा उद्योगको राम्रो सम्भावना भएकाले यसको स्थापना, सञ्चालन र बजारका लागि संसद्को सहयोगको खाँचो छ ।” स्थानीय व्यवसायी सुशील श्रेष्ठले जिल्लालाई कपडा उद्योगको केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद् पम्फा भुसालले जिल्लाको मात्रै नभएर देशको आर्थिक विकासमा कपडा उद्योगले भूमिका खेल्न सक्ने बताउनुभयो । सांसद कृष्णलाल महर्जनले भन्सारमा कपडाभन्दा धागोमा कर बढी तिर्नुपर्ने हुँदा व्यवसायीले सस्तो मूल्यमा कपडा बनाउन नसक्ने बताउनुभयो । सांसद नवराज सिलवालले व्यवसायले दिने रोजगारी र कर नै मुलुकका लागि ठूलो योगदान हुने बताउनुभयो । कार्यक्रममा प्रतिनिधिसभा र प्रदेशसभामा ललितपुर जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदले कपडा उद्योगको समस्या समाधानका लागि लाग्ने प्रतिबद्धता जनाए । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan