Saturday 21st of July | २०७५ श्रावण ५ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गायिका टिकानले खगेन्द्रलाई ‘बाचा कसम’ छोडेपछि हंगामा (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ चैत ५ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । नेपाली सागितिक क्षेत्रमा नेपाली कलालाई सम्मान गर्दै आएको देवी म्युजिक सोलुसनको प्रस्तुतीमा गायक खगेन्द्र पाइजा र गायिका टिका पुनको सुमधुर आवाजमा बाचा कसम गीतको भिडियो म्युजिक नेपाल मार्फत बजारमा आएको छ ।

मायालु प्रेमी प्रेमीकाले मायामा विश्वास घात गरेर अर्कैको आँगनीमा जादाँको पीडालाई गीत मार्फत मार्मिक रुपमा समेटिएको छ ।

अमर रोका मगरको शब्द तथा संगितमा तयार पारिएको भिडियो निकै मार्मिक र कारुणिक प्रकारको रहेको छ । बाचा कसम तोडेर पराईको भएको आफना प्रेमीको सम्झनामा आखाँभरी आशुँको भेल नसुकेको गायिकाले गीतमा भनेकी छन् ।

बैसको आवेगमा परेमा परेका मायालु जोडिलाई गितमा मार्फत दयाको भावहरु गीतमा समेटिएको छ । भिडियोलाई निर्देशन काजिश श्रेष्ठले गरेका हुन् भने छायांकन सागर गौत्तमले गरेका छन् ।

अविनास डिसीले भिडियोलाई सम्पादन गरेका छन् । भिडियोमा चर्चित मोडल विष्णु विक र रमिला आचार्यले अभिनय गरेका छन्।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan