Tuesday 24th of April | २०७५ बैशाख ११ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बेलकोटगढी नगरमा एकैसाथ २५५ सडक विस्तार

न्यूजअभियान | प्रकाशित मिति : २०७४ चैत ६ मंगलबार | rss
newsabhiyan

नुवाकोट, ६ चैत, बेलकोटगढी नगरपालिकाले नगरक्षेत्रको विकासका लागि सडक विस्तार तथा स्तरोन्नतिलाई पहिलो प्राथमिकतामा राखी एकैसाथ २५५ वटा सडक विस्तार गर्ने भएको छ

ग्रामिण भेगबाट नगरपालिका र अन्य कार्यालयसम्म पुग्ने व्यवस्थित सडकको अभाव भएपछि रु आठ करोड बजेट छुट्टाएर एकैसाथ नगरभित्रका २५५ वटा सडक निर्माण अघि बढाउन थालेको नगर प्रमुख राजेन्द्ररमण खनालले बताउनुभयो ।

“नगरपालिका हुँदै कालोपत्रे भएका पासाङलामु मार्ग र गल्छी–देवीघाट सडक सञ्चालनमा छन् ।” उहाँले भन्नुभयो “नगरको केन्द्र तथा मानवबस्तीसम्म पुग्न कठिन भएकाले विकासका अन्य गतिविधि सञ्चालन गर्न नसकिने भएको र जनताबाट समेत सबैभन्दा बढी सडककै माग भएकाले आवश्यकताको अधारमा सडक विस्तारलाई पहिलो प्राथमिकता दिइएको हो ।”

नगरपालिकामार्फत विस्तार एवं स्तरोन्नति गर्न लागिएको सडक चार खण्डमा विभाजन गरिएको छ । राज्य पुनःसंरचनाअन्तर्गत साविकका छ गाविस समावेश गरी १३ वटा वडा मिलेर बनेको यो नगरपालिका प्राकृतिक श्रोत, जल, जमिन, जंगल, सांस्कृतिक सम्पदा एवं धार्मिकस्थलमा धनी मानिन्छ ।
–––
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan