Friday 21st of September | २०७५ असोज ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चम्किला पर्यटन उद्यमी अधिकारी, सफलताका एक्लो बिजेता

न्यूजअभियान | प्रकाशित मिति : २०७४ चैत ११ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ११ चैत । व्यवसायमा सबै चम्कन सक्दैनन् । जुनसुकै व्यवसायमा पनि चम्कनको लागि निरन्तर व्यवसायीक लगाव, सक्रियता र आत्माविश्वास हुन आवश्यक छ ।

जो जिन्दगीमा आइपर्ने सानातिना समस्याबाट क्षणभरमै विचलन हुन्छ उ जीवनमा कहिल्यै सफल हुन सक्दैन । जीवनको छोटो समयमा ठूला–ठूला संघर्षलाई जितेर पर्यटन उद्योगमा व्यवसायीक छलाङमा मार्न सफल युवामध्येका एक हुनुुहुन्छ– राजेन्द्र अधिकारी ।

वि.स. २०४३ सालमा माघ १ गते कास्की जिल्लाको डिकुरपोखरीमा बुबा धर्मदत्त अधिकारी र आमा बिष्णुमायाको कोखबाट यस धर्तीमा पाईला टेक्नुभएको अधिकारीको बाल्यकाल मध्यवर्गीय परिवारमा बित्यो । तीन सन्तानमध्ये उहाँ जेठो सुपुत्रको रुपमा जन्मनुभएको थियो ।

बुबा बैदेशीक रोजगार व्यवसायमा सक्रिय हुनुहुन्थ्यो भने आमा कुशल गृहणी हुनुहुन्थ्यो । स्थानिय बिद्यालय श्री परशु प्रा.वि.बाट उहाँको अक्षर शुभारम्भ भयो । त्यहाँ उहाँले कक्षा १ देखि पाँच सम्म अध्ययन गर्नुभयो । कक्षा ६ देखि १० सम्म श्री सिर्जना सामुदायिक बिद्यालयमा अध्ययन गर्नुभएको अधिकारीले त्यहीँबाट प्रवेशीका परिक्षा पास गर्नुभयो ।

बिद्यालयमा पढ्दा मध्ययम वर्गको बिद्यार्थी हुनुहुन्थ्यो । उहाँ अध्ययनमाभन्दा बढी बक्तीत्वकला, हाजिरीजवाफ, खेलकुदजस्ता अतिरीक्त क्रियाकलापहरुमा भाग लिनुहुन्थ्यो र पुरस्कार पनि प्राप्त गर्नुहुन्थ्यो । चतुर र चञ्चलता तथा कामचोर उहाँको बाल्यकालको विशेषता थियो ।

प्रवेशीका पास गरेपछि उहाँले पोखरा राष्ट्रिय उ.मा.विमा अध्ययन गर्नुभयो । नेपालमा नै पर्यटनमा तीन वर्ष अध्ययन गर्नुभएको अधिकारीले त्यसपछि अध्ययनको लागि कतार जानुभयो र त्यहीँबाट पर्यटन विषयमा कतार विश्वविद्यालयबाट मास्टर्स पास गर्नुभयो ।

हुने विरुवाको चिल्लो पात भने झैं उहाँमा पर्यटनमा लाग्ने सोचको विकास बाल्य कालदेखि नै सुरु भएको थियो । आफू पर्यटकीय जिल्लामा जन्मेकाले आफ्नो गाउँमा आउने अधिकांश पर्यटकहरुसँग उहाँ बोल्न र घुलमिल हुन रुचाउनुहुन्थ्यो । जसले गर्दा उहाँलाई पर्यटनमा लाग्न प्रेरणा दियो ।

जब उहाँले कतार विश्वविद्यालयबाट पर्यटनमा मास्टर्स पूरा गर्नुभयो तब उहाँ स्वदेशमा नै केही गर्नुपर्छ भन्ने अठोट लिएर नेपाल फर्कनुभयो । नेपाल फर्केर उहाँले एउटा होलिडेज कम्पनीमा एक वर्ष काम गर्नुभयो । आफ्नो जिम्मेवारीलाई जस्तोसुकै परिस्थितीमा पनि पूरा गर्ने उहाँको बानीले एक वर्षको छोटो अवधिमा उहाँलाई व्यवसायीक परिपक्कता प्रदान ग¥यो ।

त्यसपछि उहाँले वि.स. २०७२ मा निजी रुपमा होमल्याण्ड फन होलिडेज नामक कम्पनी सञ्चालनमा ल्याउनुभयो । आफ्नो व्यवसायलाई फलाउन र फैल्याउन उहाँले अहोरात्र मेहनत गर्नुभयो र स्थापनाको छोटो अवधिमा नै सो कम्पनीले व्यवसायीक विश्वास प्रदान गर्न सफल भएको छ ।

नेपालमा सञ्चालित सो होलिडेज कम्पनीसहित थाईल्याण्डमासमेत होटल सञ्चालन गर्दै आउनुभएको अधिकारी नेपाल एसोसिएसन अफ् टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), हेल्पिङ ह्याण्ड्स ईन्टरनेशनल, दुबई नेपाली समन्वय समिति, एम्नेस्टी ईन्टरनेशनलजस्ता विभिन्न संघसस्थामा आवद्ध हुनुहुन्छ ।

स्वदेशी तथा विदेशी पर्यटक एवं यात्रुहरुलाई गुणस्तरीय र सुरक्षित यात्रा गर्न/गराउन केही दिन अघिदेखि पृथ्वी राजमार्गमा बस सेवा पनि सुरुवात गर्नुभएको छ ।

नेपालको पर्यटन उद्योगमा नयाँ पुस्ताका लगानीकर्ता आकर्षित भइरहेको बेला अधिकारीले होलिडेज, यातायात, होमस्टे, रिसोर्टजस्ता क्षेत्रमा लगानी गरेर स्वदेशमा नै दक्ष जनशक्तिको सदुपयोग गर्ने उदेश्यले धेरैभन्दा धेरै रोजगारीको सिर्जना गरिरहनुभएको छ ।

छोटो समयमा पर्यटन उद्योगमा व्यवसायीक छलाङ मारेर चम्किरहनुभएको अधिकारी पर्यटन व्यवसाय प्रबद्र्धनको क्रममा नेपालको मेचीदेखि महाकालिसम्मको यात्रा गरिसक्नुभएको छ । उहाँ घुमफिरमा पनि उत्तिकै रुचि राख्नुहुन्छ ।

उहाँले अहिलेसम् मभारत, थाइल्याण्ड, मलेसीया, सिंगापुर, दुबई, कतार, ओमन, एमन, भियतनामा, ईजिप्ट, पाकिस्तान, ईण्डोनेसीया लगायतका देशको भ्रमण गरिसक्नुभएको छ । यीमध्ये उहाँलाई नेपालको पाल्पा र विदेशमा ईण्डोनेसीया मन पर्ने गन्तव्यहरु हुन् ।

गृहजिल्ला कास्कीमा पर्यटनका पूर्वाधारहरु जस्तै, बिद्यालय निर्माण, स्वास्थ्य, यातायात, बाटोघोटो निर्माणमा आर्थिक, भौतिक सहयोग गरेर समाजसेवामा सक्रिय अधिकारी आगामी दिनहरुमा पनि त्यसलाई निरन्तरता दिने बताउनुहुन्छ ।

आफ्नो व्यवसायको निरन्तरतासँगै सामाजिक सेवामा पनि सक्रिय रहने उहाँको प्रतिवद्धता छ । पर्यटन उद्योगमा युवा अवस्थामा नै व्यवसायीक रुपमा सफल बन्दै जानुभएको अधिकारीले आगामी दिनमा पर्यटन उद्योगमा थप लगानी गर्दै गुणस्तरीय सेवा प्रदान गर्नुको साथै धेरैभन्दा धेरै रोजगार उपलव्ध गराउँदै जाने बताउनुहुन्छ ।

त्यस्तै, उहाँले आगामी दिनमा पर्यटन उद्योगका विभिन्न क्षेत्रमा लगानी भित्र्याउँदै राज्यको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने संकल्प गर्नुभएको छ । पर्यटन उद्योगमा आकाशमा एक अनुकरणीय युवाको चम्किलो तारा बनेर चम्किरहनुभएको अधिकारी आफ्नो सफलताको हरेक पाईलामा आफ्नी धर्मपत्नी राज्यवती त्रिपाठीको महत्वपूर्ण योगदान रहेको बताउनुहुन्छ ।

छोटो जीवनमा आफूले जेलनेल भोगे पनि कोही कसैको साथ र सहयोग नपाउँदा पनि व्यवसायीक विचलनको सिकार कहिल्यै नभएको उहाँ बताउनुहुन्छ ।

नेकपा एमालेसँग आस्था राख्ने अधिकारी मुलुक नयाँ संघीय गणतन्त्रमा प्रवेश गरेकाले राज्यले पनि नयाँ लगानीकर्ताको मनोवल उच्च हुने प्रकारको कार्यक्रमहरु ल्याउने कुरामा विश्वास रहेको बताउनुहुन्छ ।

स्वदेशमा नै लगानीकर्ताको आकर्षण, असीमित अवसरको उपलव्धता, स्थिर सरकार र समृद्ध नेपाल आफ्नो सपना भएको अधिकारी बताउनुहुन्छ ।
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan