Thursday 24th of May | २०७५ जेठ १० बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपालमा भारतिय बाबाका धन्दा ! 'एक रुपैयाँमा कम्प्यूटर शिक्षादेखि मन्दिर प्रवेशमा दश रुपैया'

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ७ शुक्रबार |
newsabhiyan
newsabhiyan

पवित्र शर्मा,काठमाडौं । विभिन्न मुलुकको शक्तिकेन्द्रमा आफुलाई पहुँच राख्न सक्ने चर्चित बाबाको नाम हो पाइलट बाबा ।

कुनै समय नेपालको राजनीतिमा राम्रै प्रभाव पनि थियो भनिन्छ पाइलट बाबाको । भारतमा कांग्रेस आईको शक्ती रहुन्जेल राम्रै उठ बस थियो पाइलट बाबाको ।

क्षमता भएका पाइलट बाबाका भित्रि कर्तुतहरु अनेकौं छन्, यहि अनेकौं कर्तुत मध्ये केही कर्तुत यस्ता छन् की उनले एक रुपैयाँमा कम्प्यूटर शिक्षा दिने भन्दै ठगी गर्नेदेखि नियम विपरित मन्दिर प्रवेशमा पनि दश रुपैयाँसम्म अशुल्ने गरेकाछन् । उनले कानुनी राज्यको उपहास समेत गरेको छन् ।

नेपालको कानुनले कुनैपनि मन्दिर प्रवेशमा शुल्क लिन नपाउने व्यवस्था गरेको भएतापनि पाइलट बाबाले स्थापना गरेको भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिकास्थित घ्याम्पे डाँडामा रहेको सोमनाथ मन्दिर परिसरमा प्रवेश गर्ने भक्तजनहरुसंग उनले दश रुपैयाँ अशुल्दै आएकाछन् ।

पाइलट बाबा अध्यक्ष र संस्थाका उपाध्यक्ष जापानी नागरिक तथा बाबाका शिष्य महामंडलेश्वर केको आइकावा रहेकाछन् । त्यसैगरि बाबा अध्यक्ष रहेको इंटरनेशनल एजुकेशन संस्थाले एक रुपैयाँमा कम्प्यूटर शिक्षा दिने भन्दै पाँच करोड उठाएर ठगी गरेको आरोप समेत लागेको छ ।

पाइलट बाबा अध्यक्ष रहेको उक्त संस्थाका उपाध्यक्ष जापानी नागरिक तथा बाबाका शिष्य महामंडलेश्वर केको आइकावा हुन् । एक रुपैयाँमा कम्प्यूटर शिक्षाको नाममा भारतभरका विभिन्न संस्थाहरुबाट मोटो रकम अशुल्दै हाल उक्त शिक्षा नदिएर ठगी भएको खुलासा भएको हो।

यही विषयमा बाबाका प्रतिकृयाको लागि बुझ्न हाम्र प्रतिनिधी महायोगी पाइलट बाबा ध्यान केन्द्र पुग्दा उनलाई सम्पर्क हुन सकेन् ।  पाइलट बाबा भारतिय हुन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan