Thursday 24th of May | २०७५ जेठ १० बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाम एकता र फोरम सरकारमा जाने कुरा उस्तै !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ७ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ७ बैशाख । नेकपा एमाले र एकिकृत नेकपा माओवादी बीच बैशाख ९ गते पार्टी एकता गर्ने नेताहरुले बताउँदै आएका भएपनि अहिले तत्काललाई बैशाख ९ गते पार्टी एकता नहुने भएको छ ।

एमालले बैशाख ९ गते नै पार्टी एकता गर्न चाहे पनि माओवादीले विभिन्न कुरा झिकेर आनाकानी गरेका कारण पार्टी एकतामा ढिलाई भएको हो । खासगरी माओवादीले पार्टी एकता गर्दा केन्द्रिय समितिमा बराबरीको हैसियत खोजेपछि दुई पार्टीबीच पार्टी एकतामा ढिलाई भएको हो ।

एमाले अध्यक्ष एवंम प्रधानमन्त्री केपी ओलीको पेलाहा प्रवृत्ति बुझेका प्रचण्डले केन्द्रीय समिति र संसदीय दलमा आफ्नो राम्रो हैसियत नभएमा केपी ओलीले पेलेरै लान्छन् भन्ने विश्लेषण साथ प्रचण्डल पार्टीमा बराबरीको हैसियत खोजेको बुझिएको छ ।

माओवादी केन्द्र एमालेसँग मिल्न त चाहन्छ, तर आफ्नो अस्तित्व र नेताहरुको भविष्य नै असुरक्षित हुनेगरी उ एमालेसँग मिल्न चाहन्न । त्यसैले माओवादी पक्षले भावी दिनमा एमालेले हेप्न थाल्यो भने त्यसबेला पार्टी फुटाउन मिल्ने संख्या सहित एकता गर्न चाहन्छ ।

कुनै पनि पार्टी विभाजित हुन पार्टीको केन्द्रिय समिति र संसदीय दलमा चालीस प्रतिशत पुग्नु पर्ने हुन्छ । यदि चालीस प्रतिशत पुगेन भने फुटेर नयाँ बनेको दलले कानूनी हैसियत प्राप्त गर्दैन ।

अहिले माओवादीले बराबरीको हैसियत भनेर पचास प्रतिशत माग्नुको कारण पनि पचास प्रतिशत हिस्सा मागियो भने चालीस प्रतिशतसम्म पाउन सकिन्छ, यस्तो अवस्थामा भविष्यमा पार्टी फुटाउन चाहेपनि चालीस प्रतिशतको बलमा पार्टी फुटाउन सकिन्छ भने प्रचण्डको विश्लेषण रहने गरेको छ ।

भित्री कुरा प्रचण्डको डर भए पनि बाहिरी कुरा भने उनीहरुले अन्य देखाउने गरेका छन् । खासगरी जनयुद्ध शब्द तथा २१ औं शताब्दीको जनवादकी जनताको बहुदलिय जनवाद जस्ता बिषयमा कुरा मिल्न बाँकी रहेको बताउने गरेका छन् ।

यर्थाथ भने त्यस्तो नरहेको बुझिएको छ । माओवादी पक्षले केन्द्रीय समितिमा चालीस प्रतिशत पाउने अवस्था आएमा अन्य बिषय महाधिवेशनबाट छलफल गरी टुङग्याउने भन्दै उनीहरुले पार्टी एकता प्रक्रिया अगाडी बढाउने निश्चित जस्तै छ ।

प्रतिनिधि सभा,प्रदेश सभा मिलेरै चुनाव लडेका एमाले र माओवादी बिच सरकार गठनमा समेत सहकार्य भएको छ । सरकार गठन पश्चात कतिपय कामहरु केपी ओलीले प्रचण्डसँग सल्लाह नगरी काम गरेपछि प्रचण्ड संशकित बनेको बुझिएको छ, नेपालीपत्रमा उल्लेख छ ।

त्यसैले माओवादीकै कारण पछिल्लो समय एकतामा ढिलाई भएको धेरैको विश्लेषण रहेको छ । जानफकारहरु भन्छन् एमाले र माओवादी बीच पार्टी एकता त हुने भयो तर भविष्यमा फुट्न सक्ने आधारहरु तयार गर्दै एकता गर्न खोजेकोले एकतामा ढिलाई भएको हो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan