Thursday 24th of May | २०७५ जेठ १० बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मालपोत डिल्लीबजारमा कर्मचारीले कर्मचारी भकुरे

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ७ शुक्रबार |
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, ७ बैशाख । दुई हप्ताअघि धनगढीस्थित मालपोत कार्यालयमा घुस खाए बापतको रकममा भागबण्डा नमिलेर चार कर्मचारीबीच कार्यालयमै मारामार भएको थियो ।

कुरो दिनभरि उठाएको घूस साँझ भागबण्डा गर्दा कसैलाई बढी कसैलाई कम र लिनेले लुकाएको निहुँमा मालपोत कार्यालय डिल्लीबजारस्थित नापी शाखाका कर्मचारीले कर्मचारी भकुरेका छन् ।

सुशासन दिन्छु भनेर प्रधानमन्त्री ओली सिंहदरवारबाट कुर्लिन, सिंहदरवारकै ढोका पल्तिर नापीमा घूस भागबण्डा मिलेन भनेर मारामारको तमासा देखिने । प्रधानमन्त्रीलाई यो तमासा रमाइलै लागेको होला ।

किनभने माओवादीसँग पार्टी एकतामा पनि भागबण्डा, आलोपालोमै कुरा नमिलेर भित्रभित्रै झगडा जो चलिरहेको छ ।

घुस नपाएको झोकमा सन्तोष साहले आफ्नै समकक्षी विनोद देवलाई भकुरेका हुन् । साहले ‘तँ आफू मात्रै खाने ?’ भनेर कुटपिट गर्दा वरपर सबैले देखेका थिए । नापी अधिकृत छन् मगनु दत्त । उनले पछि कार्यकक्षमा लगेर दुबैलाई मिलाए, कराउनेको भाग दिलाए ।

यस्तै समस्या कलंकी, चावहिल, साँखु, टोखा र मनमैजुमा नापी र मालपोत कार्यालयमा पनि चर्कदै गइरहेको छ । ओली सरकारको सुशासन, घूस खाउ, भागबण्डा मिलाउ हुनपुग्यो है ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan