Wednesday 15th of August | २०७५ श्रावण ३० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नयाँ लाइसेन्स लिँदा चालकले यस्तो क्लास लिनुपर्ने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ८ शनिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ८ वैशाख । नयाँ सवारी चालक अनुमति पत्र लिने व्यक्तिलाई सरकारले अनिवार्य रुपमा ट्राफिक नियमको बारेमा कक्षा लिनुपर्ने नियम लागू गर्ने भएको छ ।

सवारी दूर्घटना न्यूनीकरण गर्न र चालकलाई सवारी चलाउँदा जिम्मेवारीवोध गराउने उदेश्यको साथ लाइसेन्स वितरण गर्ने क्रममा अनिवार्यरुपमा कक्षा सञ्चालन गर्ने भएको हो ।

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र लिने व्यक्तिले लिखित र ट्रायल पास गरेपछि लाइसेन्स लिने क्रममा आधा घण्टादेखि एक घण्टाको ट्राफिक जनचेतनासम्बन्धी कक्षा लिने गृहकार्य कगाडि बढाएको छ ।

लाइसेन्स लिइसकेपछि जिम्मेवारीवोध गराउन र सम्भावित सवारी दुर्घटनाबाट जोगाउने उदेश्यका साथ आगामी बर्ष २०७५र०७६ बाट चालकहरुले कक्षा लिनुपर्ने प्रावधान लागू गर्ने गृहकार्य शुरु भएको यातायात व्यवस्था विभागले जनाएको छ । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan