Friday 17th of August | २०७५ भदौ १ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तल्लो दर्जाको बढुवा खुल्यो, ७३ सई, इन्सपेक्टरमा आए, ४ सय जवान हवल्दारमा

इन्सपेक्टरको बढुवा पनि छिट्टै

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ८ शनिबार |
newsabhiyan

काठमाडौं, ८ बैशाख । नेपाल प्रहरीमा लामो समयदेखि रोकिएको सईको बढुवा भएको छ। बढुवा सिफारिस समितिले ७३ जना सईहरुको इन्सपेक्टरमा बढुवाका लागि सिफारिस गरेका हुन् । २०६० सालमा सइमा बढुवा भएकाहरुको बढुवा निकालिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

१ हजार ६१ जनामध्ये उत्कृष्ट ७३ जनालाई बढुवाका लागि सिफारिस गरिएको  स्रोतले जनाएको छ ।

राजेन्द्र थापा, भुवनबाबु खड्का, अमृत बस्नेत, रेशम आर्चाय लगायतका सईहरु बढुवा सिफारिस समितिमा परेका छन् ।

बढुवा सिफारिस समितिले आजै जवानबाट हवल्दारका लागि ४०० जनाको नाम टुंगो लगाएको छ । केही दिनभित्रै इन्सपेक्टरबाट डिएसपीको पनि बढुवा हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सर्वेन्द्र खनाल आइजिपीमा नियुक्त भएपछि उनले तल्लो दर्जाको बढुवा जाम खुलाएका हुन् ।

प्रहरी हवल्दार पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको । (जनपद प्रहरी समूहतर्फ) - 

प्रहरी निरीक्षक पदमा बढुवा सिफारिस सूची प्रकाशित गरिएको सम्बन्धमा । (जनपद प्रहरी समूहतर्फ)  (२०७५–०१–०७)


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan