Wednesday 15th of August | २०७५ श्रावण ३० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अनलाईन ट्रेडिङले निम्ताएको एउटा समस्या, ठूलो परिमाणमा ब्रोकर कम्पनीमा कार्यरत कर्मचारी कटौती हुुन सक्ने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ९ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौैं, ९ बैशाख । सेयर कारोवारमा अत्याधुनिक प्रविधि भित्रिए संगै ब्रोकर कम्पनीमा कार्यरत कर्मचारीहरु बेरोजगार हुने संभावना बढेर गएको छ ।

अनलाईन कारोवारबाट आम लगानीकर्ताहरुलाई फाईदा पुुग्ने र पुुंजी बजारमा सबैजसोको पहुुंच स्थिापित हुने देखिए पनि ब्रोकर कम्पनीहरुमा कार्यरत कर्मचारीहरुलाई भने यसबाट बेफाईदा पुुग्ने देखिएको छ ।

अहिले नेपालको पुंजी बजारमा ५० वटा ब्रोकर कम्पनीहरुले नियमित कारोवारको लागि अनुुमती पाएका छन् । सो मध्ये झण्डै ४६ वटा ब्रोकर कम्पनीहरुले नियमितरुपमा सेयर खरिद बिक्री कार्य गर्दे आएका छन् । सामान्य अवस्थामा एउटा ब्रोकर कम्पनीमा न्युनतम १० जनाले रोजगारी पाएका छन् ।

तर सेयर बजारमा अत्याधुुनिक प्रविधि भित्रिए संगै ब्रोकर कम्पनीहरुले आफ्ना कर्मचारी कटौती गर्नुुपर्ने देखिएको छ । नेपालमा पनि अहिले इन्टरनेटमार्फत शेयर किनबेच गर्न आदेश दिन सक्ने प्रणालीको अभ्यास सुरु भएको छ ।

क्रिस्टल कञ्चनजंघा सेक्युरिटी प्रालिमा हालै आयोजित समारोहमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले उक्त प्रणाली शुभारम्भ गरेपछि बजारमा नयाँ आयाम आएको हो ।

यसले गर्दा शेयर लगानीकर्ताले शेयर किनबेचका लागि ब्रोकर कार्यालय धाउनुपर्ने झन्झट अब अन्त्य हुनेछ । नेपालमा छिट्टै पूर्ण स्वचालित शेयर किनबेच गर्न आदेश दिन सक्ने प्रणाली नेपालको पुँजी बजारमा भित्रने प्रक्रिया अन्तिम चरणमा रहेको छ ।

देशका विभिन्न शहरमा शाखा खोलेर उनीहरुले सेवाप्रवाह गरिरहेका छन् । नेपालमा करिब रु. १५ अर्बको बजार पुँजीकरण छ । मुलुकको जनसंख्याको पाँच प्रतिशतभन्दा थोरै व्यक्ति पुँजी बजारमा समाहित रहेका छन् ।

यस्तो अवस्थामा दलालबिना नै शेयर किनबेच गर्ने प्रणाली आउने देखिन्छ । अनलाइन प्रणालीबाट धितोपत्र बजार सञ्चालनमा आएपछि दैनिक कारोबार एक अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । चालु आवको पहिलो नौ महिनाको औसत कारोबार ६० देखि ७० करोडको बीचमा छ ।

परम्परागत हस्तलिखित प्रणालीबा कम्प्युटराइज प्रणालीमा जाँदा पनि बजार बढेको थियो । बजार एउटा प्रणालीबाट अर्को प्रणालीमा जाँदा जहिले पनि बढ्न गरेको छ । पुँजी बजार अनलाइन प्रणालीमा गएपछि बजार माग सिर्जना हुने देखिन्छ । हाल काठमाडौं केन्द्रित बजार देशभरका लगानीकर्ताको पहुँचमा जानेछ ।

यसले लगानीकर्ता र शेयर कारोबारको आकार दुवै बढ्ने निश्चित छ । अनलाइन प्रणालीमार्फत शेयर कारोबा र भएपछि लगानीकर्ता शेयर किन्न र बेच्नका लागि ब्रोकर कम्पनी धाउनुपर्दैन ।

लगानीकर्ताले आफ्नै घर वा कार्यालयबाट कम्प्युटर, ल्यापटप र मोबाइलबाटै शेयर किनबेचको अर्डर गर्न सक्नेछन् । हाल भएको सेमी अनलाइन ट्रेडिङ कारोबार त्यपछि पूर्ण रुपमा अनलाइनमा जाँदैछ ।

अनलाइन कारोबार गर्नुअघि लगानीकर्ता र ब्रोकर कम्पनीबीच सम्झौता भने हुनुपर्नेछ । कारोबा र गर्नका लागि बैंक खाता, हितग्राही (डिम्याट) खाता, दैनिक शेयर किनबेच कारोबार रकम र शेयर संख्या वा कारोबारका विषयमा पहिलो सम्झौता भएपछि मात्र शेयर कारोबार गर्न पाइनेछ ।

नेप्सेले आगामी आर्थिक वर्षदेखि लगानीकर्ताले घरमै बसेर शेयर कारोबार गर्न पाउने तयारीका साथ कार्य सम्पादन गरिरहेको छ । सफ्टवेयर निर्माणका लागि वाइको आईटी कम्पनीले काम गरिरहेको छ । यसअघि नेप्सेले कार्तिक २१ देखि नै शेयर कारोबार अनलाइनबाट गर्ने भनेको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan