Wednesday 15th of August | २०७५ श्रावण ३० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पर्यटकीय पदमार्ग निर्माण शुरु

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख १० सोमबार | (रासस)
newsabhiyan

बाबियाचौर, म्याग्दी, १० वैशाख । टुक्रे योजना बनाएर बजेटलाई चारोझैँ छर्ने प्रवृतिलाई रघुगंगा गाउँपालिका–१ बेगका जनप्रतिनिधिले चुनौती दिएका छन् ।

चालू आर्थिक वर्षमा वडाका लागि विनियोजन गरेको बजेटलाई बेगका जनप्रतिनिधिले एउटै योजनामा समावेश गरेका छन् । गाउँपालिकाले वडालाई उपलब्ध गराएको रु ४८ लाख बेग बादुक झोलुङ्गे पुलदेखि देउराली जोड्ने पदमार्ग निर्माणमा विनियोजन गरिएको वडाध्यक्ष बिलबहादुर फगामीले बताउनुभयो ।

थोरै बजेटका धेरै टुक्रे योजना बनाउँदा प्रभावकारी र पूरा नहुने तथा जनतालाई भार पर्ने भएपछि एउटै योजनालाई पूर्णता दिने गरी जनप्रतिनिधि र स्थानीयवासीबीच छलफल गरेर पर्याप्त बजेट विनियोजन गरिएको उहाँको भनाइ छ । पुलदेखि देउरालीसम्म एक किलोमिटर पदमार्ग निर्माण गर्ने काम तीव्र रुपमा अघि बढेको छ । हालसम्म ६०० मिटर ढलानसहितको पदमार्ग निर्माण भइसकेको छ । थप ४०० मिटर पदमार्ग निर्माण कार्य यसै महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

यहाँ ३६५.८ मिटर लम्बाइ भएको पुल बने पनि पदमार्ग नहुँदा आवतजावतमा समस्या भएको थियो । आन्तरिक र बाह्य पर्यटक तथा स्थानीयवासीको सुविधालाई मध्यनजर गरेर प्राथमिकताका आधारमा पदमार्ग निर्माण योजना सञ्चालन गरिएको फगामी बताउनुहुन्छ ।

पदमार्ग अभावमा भिरालो पाखोको झाडीको बीचबाट चिप्लो र अप्ठ्यारो घोरेटो बाटो हिँड्नुपर्ने अवस्था थियो । रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बेगका जनप्रतिनिधि र बासिन्दाले विकासका लागि नमूना काम गरेको बताउनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan