Wednesday 19th of September | २०७५ असोज ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

खुमबहादुरलाई झै प्रयोग गर्न खोज्दा देउवालाई दनक !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख १० सोमबार |
newsabhiyan
newsabhiyan

अन्तर समझ, काठमाडौं, १० बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यतिवेला पार्टीभित्र कमजोर बनेका छन् । ईतिहाँसमै यसअघिका कांग्रेस सभापतिहरु देउवाभन्दा कमजोर थिएनन् । देउवा अहिले निरिह बनेका छन् ।

हुन पनि देउवाको 'युज एण्ड थ्रो' थेउरीले काम गर्न छाडेको छ । गएको महाधिबेशनमा प्रभावशाली नेता खुमबहादुर खड्कालाई देउवाले राम्रैसँग प्रयोग गरे । यो आम कांग्रेस कार्यकर्ताले बुझेको कुरो हो । खड्कालाई पाटी उपशभापति बनाउने सर्त सहित देउवाले महाधिबेशन आफ्नो पञ्जामा पारेका थिए ।

खुमबहादुर खड्का स्वर्गिय भएको आज २४ दिन भएको छ । खुमबहादुर खड्कासँग भएका लिखित र मौखिक सहमती उनै देउवालाई जानकारी होला ? त्यसो त देउवा र खड्काको आन्तरिक सहमतीमा अन्य नेता पनि थिए । तर देउवाले धोकामात्र दिए । सहमतीलाई सुकाइदिए । त्यस्तै प्रयोग र भोगबादी सिद्धान्तमा देउवा खुट्टा उचाली उचाली रमाएको अबस्था छ ।

स्थानीय, प्रदेश र केन्द्रिय चुनावमा पार्टीले लज्जास्पद हार व्यहारेपछि देउवाको पाटीभित्र र बाहिरबाट आलोचना भैरहेका छन् । उनको कार्यशैलीको आलोचनासँगै आफू निकट मानिने नेताहरुलेपनि अहिले धमाधम साथ छोडिरहेका छन् ।

देउवालाई यतिवेला पाटी ब्यावस्थापन गर्न निकै तनाब परेको छ । जारी केन्द्रिय कार्य समिति बैठकमापनि उनको विरुद्ध खुलेरै युवादेखि पाका नेताहरुले खरो अभिव्यक्ति दिईरहेका छन् । यसैले पनि थप पुस्ट्याई मिल्छ ।

१३ औं महाधिवेशनमा सभापतिको उम्मेद्धवारी दिँदै गर्दा उनलाई अस्वभाविक साथ र समर्थन जुटेको थियो । कतिसम्म भने कोइराला खेमाका नेता अर्जुननरसिंह केसीले देउवा प्यानलबाट महामन्त्री लडेका थिए । तर, बिडम्ना आज उनै केसी देउवाका कट्टर आलोचक बनेका छन् ।

उनले सार्वजनिक रुपमै देउवाको विरोध गरेका छन् । एक अन्र्तवार्तामा देउवा भूमिगत गिरोहबाट सञ्चालित भएको आरोप केसीले लगाएका थिए । त्यसैगरि पुराना नेता कुलबहादुर गुरुङले त लिखित प्रस्ताव सहित कित्ताकाट गरेको जानकारी दिए ।

अर्का नेता कृष्ण प्रसाद सिटौलापनि यतिवेला देउवाविरुद्ध मोर्चाबन्दी कस्न व्यस्त छन् । उनले देउवालाई जसरीपनि सभापतिबाट हटाउने रणनीति बुनेको कांग्रेस निकट उच्च स्रोतको दाबी छ ।

यता पदाधिकारी मनोनयन गर्न लागेका देउवालाई नेताद्धय विमलेन्द्र निधि र विजयकुमार गच्छदारमध्ये एक जनालेपनि साथ छोड्ने निश्चित छ । देउवाले गच्छदारलाई उपसभापतिमा मनोनित गर्ने तयारी गरेसँगै लामो समयदेखि देउवा क्याम्पमा रहेका निधिपनि रुष्ट बन्ने निश्चित् छ ।

निधिले त यती सम्म पेलेकाछन् आफु भारत निकट ब्यक्ती भएकाले उपशभापति अरु कोहि पनि हुन नसक्ने सम्मको आन्तरिक अभिब्यक्ती दिएको चर्चा कांग्रेस भित्र गरमागर्मी भइरहेको छ ।

नेता रामचन्द्र पौडेल,महामन्त्री शसांक कोइराला ,शेखर कोइराला समेत यति बेला देउवासँग असन्तुष्टि खरहेको अवस्था हो ।

उता, गगन थापाको नेतृत्वमा युवा नेताहरुलेपनि देउवाविरुद्ध मोर्चाबन्दी कसेका छन् । उनीहरु कुनैपनि हालतमा देउवालाई पूरा कार्यकाल सभापति खान नदिने पक्षमा दृढ भएर उभिएका छन् । पार्टीको भातृ संगठनमा पौडेल पक्षका नेताहरुले एकपछि अर्को विजयी हाँसिल गर्न थालेपछि देउवा कमजोर बनेका छन् ।

देउवासँगै सहयात्रा गरेका दोस्रो तहका नेताहरु समेत यतीेबेला त्राहिमाम भएकाछन् । कांग्रेसको साख ओरालोमात्र होइन यहि किसिमको नाताशाह प्रवृती हावी हुदैँ गए कांग्रेस आउँदो १० बर्ष नराम्ररी थला पर्ने छ ।

जसको मार कांग्रेसलाई मात्र होइन आम नागरिक र मुलुकलाई नै पर्ने छ । खुमबहादुरलाई झै अन्य नेतालाई प्रयोग गर्न खोज्दा देउवा यस पटक नराम्ररी पछारिने भएकाछन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan