Thursday 24th of May | २०७५ जेठ १० बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

​आईजीपीले खनालले देखाए बहादुरी, प्रहरीमा एआईजी कति जना ?, यसरी फसे एसएसपी !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ११ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ११ वैशाख । नेतृत्व फेरिएसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै संगठनमा उत्साह देखिएको छ । खासगरी दुवै प्रहरीमा लामो समयदेखि रिक्त रहेका पदमा बढुवा प्रक्रिया अघि बढेपछि संगठनमा उत्साह देखिएको हो ।

सर्बेन्द्र खनाल नेपाल प्रहरीको आईजीपी भएको एक हप्तामै एक ७३ जना सइको बढुवा सिफारिस भयो । बढुवामा अचम्म के भयो भने आईजी खनालले आफ्ना मान्छेहरु बढुवा लिष्टमा राखेनन् । किनकि उनी सुरुमै विवादमा पर्न चाहेनन् ।

सइको बढुवापछि उनी निकट सई मुनेन्द्र थापाले रिसाएर ‘प्रहरी सेवाबाट बिदा लिएको’ भन्दै फेसबुकमा पोष्ट नै गरे । आफ्ना मान्छेलाई चिढाएर भएपनि उनले नेपाल प्रहरीमा सिष्टम बिगार्न चाहेनन् ।

उनले २०६० साल सम्मका सइलाई मात्र बढुवाको मापदण्डमा पारे । अब एक एकैचोटी करिब १५ सय सिपाहीको बढुवाको तयारी भइरहेको छ ।

सशस्त्र प्रहरीमा पनि शैलेन्द्र खनालले ९ वटा पदमा एकैपटक बढुवा प्रक्रिया अघि बढाएका छन् । सशस्त्रमा लामो समयदेखि आईजिपीको चाकडी गरेर लुट मच्चाउदै आएको गिरोह खनाल आएपछि आतंकित बनेका छन् ।

नेपाल प्रहरीमा दर्जनौं पदहरु रिक्त छन् । त्यसमा उनले कति निष्पक्ष मूल्याङकन गर्न सक्छन् त्यसमा उनको वास्तविक परिक्षण हुने छ । त्यस्तै सरुवामा विगतका आईजिपी जस्तै आफु निकटका लागि अवसर दिन्छन् कि क्षमताको आधारमा जिम्मेवारी दिन्छन् त्यो आगामी दिनले नै देखाउने छ ।

प्रहरीमा एआईजी कति जना ?
एआईजीको टुंगो नलाग्दा नेपाल प्रहरीमा बढुवा प्रक्रिया अबरुद्ध बन्न पुगेको छ । समयमा बढुवा प्रक्रिया लम्बिदा कतिपय दाबेदारहरु अवकाशको मुखमा पुगेका छन् ।

समयमै संघीय प्रहरी ऐनको टुंगो नलाग्दा यस्तो समस्या देखिएको छ ।  संघीय प्रहरी ऐनमै एआईजीको दरबन्दी कायम गरेर बढुवा गरिने गृह मन्त्रालयका अधिकारीहरुको भनाई छ ।

तर, छिटो गर्दा पनि ऐन आउन कम्तीमा एक महिना लाग्ने भएकाले प्रहरीका उच्च पदहरु लामो समयसम्म रिक्त रहने सम्भावना बढेको छ । उनीहरुले नियमावली संशोधन गरेर बढुवा प्रक्रिया अघि बढाउन लबिङ सुरु गरेका छन् ।

डिआईजीहरु उत्तम कार्की, छविलाल जोशी, शरद चन्द, पवन खरेलले असार ३० गते ३० वर्षे सेवा हदका कारण अवकाश पाउँदै छन् । उनीहरु एआईजी भएर अवकाश हुन दौडधुपमा लागेका छन् ।

एआईजीपछिको मारामार डिआईजी बढुवामा हुनेछ । एआईजीको दरबन्दीले डिआईजी बढुवामा कति पद रिक्त रहने भन्ने तय हुन्छ । डिआईजी बढुवामा खासगरी भावी आईजिपीका दाबेदारहरुबीच टक्कर छ ।

अहिलेकै प्रावधानअनुसार २०७६ साल फागुन २६ गते प्रहरीमा नयाँ नेतृत्व चयन हुन्छ । जसमा मुख्यगरी अहिलेका तीन एसएसपी दाबेदार छन्। तारिणीप्रसाद लम्साल, ठाकुर ज्ञवाली र सूर्य प्रसाद उपाध्याय आईजिपीका दाबेदार हुन् । उनीहरुमध्ये अहिले पहिलो नम्बरमा जो बढुवा हुन्छ उही भावी आईजिपीको प्रबल दाबेदार हुने भएकाले डिआईजी बढुवामा तिव्र प्रतिस्पर्धा छ ।

प्रहरीमा एआईजी, डिआईजी जस्ता पदहरु रिक्त रहँदा भद्रगोल अवस्था छ । प्रदेश कार्यालयहरु एसपीको कमाण्डमा चलेका छन् भने सबै विभागहरु निमित्तको भरमा छ ।

उता सशस्त्र प्रहरीमा हचुवाको भरमा एआईजीको दरबन्दी थप्दा अहिले समस्या उत्पन्न भएको छ । बढुवा भएको तीन महिनासम्म ५ एआईजीको पदस्थापन भएको छैन । त्यसकारण नेपाल प्रहरीमा यसपटक व्यक्तिका लागि दरबन्दी सिर्जना गर्ने परिपाटी अन्त्य गर्न लागिएको छ ।

संघीय प्रहरी ऐन अन्तिम चरणमा पुगेकाले यही बेला केही प्रहरी अधिकारीहरु ३० वर्षे सेवा हद हटाउन पनि लबिङमा लागेका छन् ।

यसरी फसे एसएसपी !
३३ किलो सुन तस्करी प्रकरणले प्रहरीमा भुइँचालो  गएको छ । मोरङ, उर्लाबारीका सनम शाक्य हत्या र सो घटनाको अनुसन्धानमा प्रहरीले गरेको लापरबाहीको  छानबिन गर्ने क्रममा धेरै प्रहरी अधिकारीहरुको जागिर संकटमा परेको छ ।

स्वच्छ छविका प्रहरी अधिकृत मानिने अपराध महाशाखाका एसएसपी दिवेश लोहनी प्रत्यक्ष रुपमा संलग्न भएको यो घटनामा पूर्व डिआईजी गोविन्द निरौला समेत पक्राउ परिसकेका छन् । अन्य प्रहरीहरु छानबिनको क्रममा छन् ।

एसएसपी लोहनी जस्ता व्यवसायिक प्रहरी अधिकारी कसरी यो प्रकरणमा फसे धेरैको चासोको विषय बनेको छ । खासमा एसएसपी लोहनी समेत सो प्रकरणमा फसेको खुलेको छ ।

तत्कालिन प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उनलाई फसाएका थिए । अर्यालकै निर्देशनमा सो घटनाको अनुसन्धानमा उनले मोरङमा टिम पठाएको स्रोत बताउँछ । पछि थप अनुसन्धान नगर्न उनलाई अर्यालबाटै दबाब आएको थियो ।

यद्यपी सो प्रकरणमा महाशाखाका डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलले भने चलखेल गरेका थिए ।
सुन तस्करीका नाइके चुडामणि उप्रेतीसँग उनको अर्यालको चिनजान थियो । त्यसकारण उप्रेतीले सो प्रकरणमा आईजिपीलाई नै प्रयोग गरेका थिए । जसकारण अर्याल पनि छानबिनको दायरामा छन् ।

उप्रेतीले धेरै प्रहरी अधिकारीहरुलाई महंगा उपहार दिएर प्रभावमा पार्दे आएका थिए । बाजेको सेकुवा रेष्टुरेन्टमा लगेर भोज खुवाउँथे । भाजेको सेकुवाका मालिक चेतन भण्डारी उप्रेतीका मामा हुन् । तस्करीमा भण्डारीको समेत लगानी रहेको आशंका गरिएको छ,  दृष्टिमा उल्लेख छ ।

सो प्रकरणमा एसएसपीहरु प्रेम चन्द, श्याम खत्री, एसपी बिकाराज खनाल, डिएसपी संजय राउत लगायतको पनि जागिर धरापमा परेको छ । एसपी खनाल नयाँ आईजीपी सर्बेन्द्र खनालका आफन्त हुन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan