Thursday 24th of May | २०७५ जेठ १० बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निकारागुवामा भएको आन्दोलनमा मृत्यु हुनेको संख्या २७ पुग्यो

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ११ मंगलबार | (रासस/एएफपी)
newsabhiyan

मानागुवा, ११ वैशाख ।  निकारागुवामा राष्ट्रपतिविरुद्ध भएको आन्दोलनका क्रममा भएका हिंसामा परी मृत्यु हुनेको संख्या कम्तीमा २७ पुगेको छ ।

निकारागुवामा विगत एक हप्तादेखि राष्ट्रपति डानियल ओर्टेगाविरुद्ध भइरहेको आन्दोलनमा हिंसाका घटना हुनथालेका छन् ।

आन्दोलनकारीले ७२ वर्षीय वामपन्थी नेता र उहाँकी श्रीमती तथा उपराष्ट्रपति रोसारिओ मुरिल्लो विरुद्ध चर्को आक्रोस पोखेका छन् ।

आन्दोलनका क्रममा पसल तथा घरहरु तोडफोड लुटपाट हुनुका साथै हिंसात्मक आक्रमण भएका छन् ।

सामाजिक सुरक्षा सुधारसम्बन्धी नयाँ कानूनको विरोधमा सुरु भएको आन्दोलन राष्ट्रपति ओर्टेगाले कानुन फिर्ता लिँदासमेत आन्दोलन रोकिएको छैन ।

सडक आन्दोलनमा विद्यार्थीहरुको सहभागीता बढ्दै गएपछि आन्दोलनकारी, प्रहरी, विभिन्न समूहका बीचमा छुट्टा छुट्टै हानाहान भएका छन् ।

झडपका क्रममा ढुङ्गामुढा, चक्कुलगायतका हतियारको प्रयोग भएको समाचारमा जनाइएको छ ।

अन्य पक्षको घुसपैठ र बहुपक्षीय झडप भएपछि प्रदर्शन कसैको नियन्त्रणभन्दा बाहिर गएपछि थप त्रास फैलिएको छ ।

ओर्टेगाले आन्दोलनकारीलाई वार्तामा आउन पटकपटक आग्रह गरेपनि प्रदर्शनको नेतृत्व गर्दै आएका नेताले भने सरकारले विपक्षीमाथि दमन रोकेपछि मात्रै वार्तामा बस्ने अडान लिएका छन् ।

गत बुधबार पेन्सन र सामाजिक सुरक्षा भत्ता कटौतीको घोषणा सोमबार फिर्ता लिनुभएको थियो । ’आइएनएसएस’ भनि नामाकरण गरिएको उक्त आदेशले मूख्यरुपमा निवृत्तिभरणमा प्रभाव पार्ने बताइएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan