Wednesday 15th of August | २०७५ श्रावण ३० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दुई जिल्लाको सवारी दुर्घटनामा मृत्युको विवरण सहित

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख १२ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, १२ बैशाख । ताप्लेजुङ  : पाथिभरा याङवरक गाउँपालिका–१ स्थित भित्री सडकखण्डमा मे.१त ८६३१ नम्बरको ट्याक्टर मंगलबार सडकबाट करीब १ सय मिटर तल खसेर दुर्घटना हुदाँ चालक झापा बुधवारे बस्ने २२ वर्षीय निशन बर्देवाको घटनास्थलमै मृत्यु भएको छ ।

झापा : कन्काई नगरपालिका–१ दुर्गापुरस्थित पूर्वपश्चिम राजमार्गमा ना.७ ख ८०१८ नम्बरको टिपरले मे.१६प ४२०८ नम्बरको स्कुटरलाई मंगलबार ठक्कर दिदाँ स्कुटर चालक धनकुटा देब्रेबास नगरपालिका–४ बस्ने  ४२ वर्षीय राजेश श्रेष्ठ र स्कुटरमा सवार उनकी ३३ वर्षीया श्रीमती पुष्पा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ । 

स्कुटरमा सवार उनीहरुको १६ वर्षीय छोरा रोशन श्रेष्ठ समेत घाइते भएकाले उपचारको लागि बिएण्डसी अस्पतालमा पठाइएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan