Thursday 24th of May | २०७५ जेठ १० बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विष्णुमति करिडोरमा पाँचसय मिटर सडक विस्तार

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख १२ बुधबार | (रासस)
newsabhiyan

काठमाडौँ, १२ वैशाख ।  नयाँ बसपार्कस्थित विष्णुमति करिडोरमा ५०० मिटर सडक विस्तार गरिएको छ ।

काठमाडौँ महानगरपालिका–२६ मित्रनगर विकास तथा सुधार समिति र ल्होत्से बहुउदेश्यीय प्रालिको संयुक्त पहलमा मित्रनगरदेखि बसपार्क पुलसम्मको करिडोर विस्तार गरिएको हो ।


उक्त बाटो विस्तारसँगै बालाजुदेखि बानियाँटारसम्म करिडोर हुँदै सवारी साधन आगमनमा सहजता हुने काठमाडौँ महानगरपालिका वडा– २६ का अध्यक्ष खेमराज तिवारीले जानकारी दिनुभयो ।

सुन्दर नयाँबसपार्क निर्माणका लागि यो अभियानले महत्वपूर्ण भूमिका खेल्नेछ,”–उहाँले भन्नुभयो, “सडक विभागको सहयोगमा बालाजुदेखि बसपार्कसम्मको करिडोरको बाटोलाई छिट्टै कालोपत्रे गरिने वडाअध्यक्ष तिवारीले बताउनुभयो ।”

मित्रनगर विकास तथा सुधार समितिका अध्यक्ष विष्णु पोखरेलले बाटो अहिले ११ मिटर विस्तार गरिए पनि आगामी दिनमा २० मिटर पु¥याइने लक्ष्यका साथ विस्तार अभियान थालिएको बताउनुभयो । उपत्यकाको बढ्दो सवारीसँगै करिडोरको बाटो विस्तार सवारी आवतजावतमा सहजता हुने अध्यक्ष पोखरेलको भनाइ छ ।

ल्होत्से बहुउदेश्यीय प्रालिका मानव संशोधन प्रमुख पञ्कज मल्लले उक्त करिडोर विस्तारसँगै बालाजुबाट नयाँ बसपार्क आउने सवारी साधन दुई बाटो भएर चल्न सक्ने हुँदा सवारी जाममा सहज हुने बताउनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan